नेपालको विकास, आकासको फल

सपना सत्य सावित हुन्छ भनिन्छ तर नेपालमा त्यो दिन कहिल्यै पनि आएन । शान्ति, र स्थिरता कहिल्यै पनि भएन । जति पटक आन्दोलन गरेपनि, संविधान बनेपनि नेताहरुको प्रवृत्ति जस्ताको तस्तै । नेपालको विकासको बारेमा दिनहुँ संचारमाध्यमबाट नयाँ र ठूला कुरा सुनिन्छ तर व्यवहारमा “लथालिंग देशको भताभुंग चाला जस जस्ले सक्ला उस–उसले खाला” भन्ने अवस्था कायम छ ।

नेताहरू असक्षम र भ्रष्ट भएपछि देश र जनताले हदैसम्मको हदैसम्मको दु:ख खेप्नुपर्दो रहेछ । महाभूकम्प र आर्थिक नाकाबन्दीले समेत नेपालका शासक, प्रशासकहरूको भ्रष्ट मानसिकता र खराब प्रवृत्तिमा कुनै प्रभाव पार्न सकेन । देश यथास्थितिबाट मुक्त हुन सकेन ।

नेपालको विकास योजना भनेको कागजमा सीमित प्रतिफल, प्रतिफल केही हात नलाग्ने नलाग्ने “आकासको फल आँखा तरी मर” जस्तै हो आम सर्वसाधारणकालागि । मुठ्ठीभरका जनताहरुलागि यही देशमा देशमा लूटको स्वर्ग छ। नेपालको संविधान २०७२ ले राष्ट्र निर्माणको अभियान ल्याउँछ भनेको त पीडा, कष्ट सिवाय केही नदिने देखियो ।

चुनौती र अवसर छ भन्ने नेताहरूको भाषणले उल्लेखनीय उपलब्धी, सार्थक विकास दिन नसक्ने कस्तो राष्ट्रिय अभिशाप ? जनताका अगाडी निरासा बाहेक आशा छैन । नाफा र नोक्सानको राजनीति गर्ने, आशा र संग्रह नछाड्ने नेताहरु अधिकांशको प्रवृत्तिले गर्दा नेपालमा समस्या बल्झिरहेको हो । समस्याबाट मुक्ति पाउन नेतृत्व असm र इमान्दार हुनु पर्दछ । तुच्छ पार्टीगत र व्यक्तिगत स्वार्थबाट असल नेतृत्वको विकास हुन सक्देन । दलहरुबीच दोषादोष गरेर न संविधानको कार्यान्वयन सकारात्मक ढंगले हुन्छ न सार्थक विकास नै । तेरो–मेरो भनेर अल्झिरहेका नेताहरूले जबसम्म “एक्लै आएको हो, एक्लै जाने हो, लाने केही होइन” भन्ने भावना मनमा राख्दैनन् तबसम्म नेपालमा शान्ति र विकास हुनै सक्दैन । सरकारले मधेशी, आदिवासी, जनजाती सीमान्तकृत लगायत सबै देशवासीलाई भावनात्मक रुपमा एकताको सूत्रमा बाँध्न सक्ने क्षमता नराखेसम्म नेपालको राष्ट्रियता सबल र सफल रहन सक्दैन । नेपाल र भारतबीचको सम्बन्धमा नयाँ आयाम थप्न सकिंदैन ।

आजको दुनियाँ आर्थिक कुटनीतिको हो । भारतसँग विकास साझेदारी नगरेसम्म, चीन र भारतबीच नेपालले कुटनीतिक सन्तुलन राख्न नसकेसम्म नेपाल र नेपालीको भाग्य र भविष्य सुनिश्चित हुन सक्दैन । प्रधानमन्त्री खड्ग प्रसाद ओली जस्ता जोकर र गैर जिम्मेवार प्रधानमन्त्री रहेसम्म देशमा विद्यमान कुनै पनि समस्या समाधान हुन नसक्ने स्पष्ट संकेत भएको छ । राजनीतिका खराब पात्र ओली साबित भएको छ । ओलीलाई प्रधानमन्त्रीबाट हटाएर शान्ति, विकास, सन्तुलन, सहमति समझदारी रोज्ने कि राज्यलाई अवरुद्ध बनाइरहने ?

प्रकाशन मितिः २०७२ माघ २८ गते

SHARE THIS

Author:

Facebook Comment