–निशा खनाल अर्याल
हिमालले सबैको मनलाई लोभ्याउने संसारको सब भन्दा उच्च भूमि नेपालको सगरमाथा धर्तीको शिर देवताको वास स्थान भएको सुन्दर भूमि नेपाल ! त्यति मात्र नभएर अमर आत्माहरु यस भूमिमा आफ्नो मातृभूमि सम्झदै झर्ने गर्दथे स्वछन्द झरना भइ . त्यस्तै अनुरुप यो माटोमा सीता, जनक, बुद्ध, पृथिवी जस्ताले जन्म लिए जस्तै यो भूमिमा तीर्थमाधब देवकोटा अर्थात् महाकवी लक्ष्मीप्रसाद देवकोटाले पनि यसै नेपाल भूमिमा जन्म लिन पुगे /
पिता तिलमाधव देवकोटा र माता अमरराज्यलक्ष्मी देवी देवकोटाका १३ जना सन्तान मध्य छ भाइ छोराहरू र सात जना छोरीहरु मध्येका लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा थिए । उनको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौ, डिल्लीबजारमा भएको थियो भने उनको न्वारानको नाउँ तीर्थमाधव देवकोटा जुराइएको भएता पनि लक्ष्मीपूजाको दिन जन्म भएको हुँदा उनलाई लक्ष्मीको प्रसाद भनेर "लक्ष्मीप्रसाद” नामबाट बोलाउनाले उनको नाम नै लक्ष्मीप्रसाद देवकोटा रहन गयो र उनी त्यही नाम वाट चर्तित हुदै संसारभर प्रसिद्ध भए / देवकोटाले जन्म लिएदेखि नै उनका घरमा अनेकौ किसिमका पीडा, दुख, गरिबी, कष्टहरूले पीडित घरको भित्रको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो तर पनि घरले गरिबीको रेखालाई नाघ्न नसकेता पनि उनी सानै देखि भन्ने गर्दथे, ‘म अङ्ग्रेजी पढ्छु अनि आफू जान्ने भएपछी अरुलाई टयुसन पठाई पैसा कमाउँछु यस्ता सानै देखि साहसी, लगनशील र दृढ विश्वास भएका उनी धनले गरिबी भएता पनि मनको ठुलो धनि उनको विचारधारा थियो तर उनी जन्म देखि नै रोगी रहेछन । जे होश उनका पिता पनि साहित्यमा रुची भएका , कविताहरु लेख्ने गर्नाले आफ्नै माता र पिताको कवितालाई पढेर सार्ने उस्तै कपि गरे झैँ गरि लेख्ने गर्नाले उनि भित्र साहित्यको रस पलाउदै पानीले निथ्रुक्क भिजे झैँ साहित्यको रसमा भिज्दै चुर्लुम्म भए पछी पिताको पण्डित बनाउने छोरा प्रतिको रहर भएता पनि देवकोटा पढाईमा अति नै चंख भएकाले सबै परिवारले पण्डित नबनाउने भनि विरोध गर्नाले उनलाई अंग्रेजी पठाउन दरवार स्कुलमा भर्ना गर्न पुगे उनले बाल्यकालमा नै पिता अमरकोश घोक्नुका साथै स्तोत्रमाला पढी सकाएका थिए ।
देवकोटाले स्कुल जाने क्रममा आफ्ना साथीहरुलाई मिठा मिठा आफुले रचेका कविताहरु सुनाउने गर्ने क्रममा उनका केहि साथीले के त्यो कविता यिनले नै लेखेका हुन् त् ? भन्ने प्रश्न गर्दै स्विकार्दैनथे । यसै क्रममा एक दिन क्लासका सबै विद्यार्थीले मिलोमत्तो गरि उनको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए । लक्ष्मी प्रसाद देवकोटाले पनि सबै विद्यार्थीको सामु क्लासमै बसेर एउटा कविता लेखेर सुनाए मर्म स्पर्शी कविताले सबैको मनलाई पगालिदियो त्यस्तो क्षन भरमै गहन कविता सुनाउदाको घडी शिक्षकहरूले उनलाई खुशी हुदै " ‘कोपिलाउँदो कवि’को दर्जा र सम्मान दिए । यसरी सागरमा नुहाए झैँ साहित्यमा सानै देखि चुर्लुम्म भएका उनका साहित्य प्रति अमृत रसको पान गराउने गुरु आफ्नै पिता र कविशिरोमणि लेखनाथ पौडयालका प्रेणा सम्म बटुलिएका देवकोटा साहित्यमा बालक मै जवानमा घोर्ले देखिए झैँ गरि उनि साहित्यमा छिप्पिँदै गई वर्डर्स्वर्थ र सेली जस्ता पाश्चात्य कविहरूका प्रभावमा पनि चाडै पौडन थाले ।
त्यसै क्रममा देवकोटाले दस वर्ष नपुगी कविता लेख्ने क्रममा त्यो बेला आफ्नी जेठी भाउजू सोमकुमारीको पिडा र व्यथामा चुर्लुम्म डुबेर ‘"म त अभागी पो भएँ’" शिर्षकमा मार्मिक कविता लेख्नका थिए भन्ने कुरा इतिहासको रुपमा साछी नै छन् ।
म निधक्कले भन्न सक्छु यी लक्ष्मी प्रसाद देवकोटा अजर अमर आत्मा हुन् किन कि उनले भनेका छन् एउटा पंति यहाहरु माझ "के श्रिंगार गुलाबलाई कमलैलाई म धोउँ किन ?" गुलाबलाई अझ राम्रो पार्नका लागि सिङारी रहनु पर्दैन रे ! त्यस्तै आफैमा एक स्वच्छ 'कमल' लाई पनि धोइ-पखाली गरिरहनु पर्दैन अरे ! देवकोटा उनी आफैले भनेका ती 'गुलाब' र 'कमल' उनी आफै हुन् भन्दा पनि अब कुनै अत्युक्ति हुँदैन ।
उनीभित्रको प्रतिभा र चेतनाले टम्म भरिएका जसले सबै नेपालीहरुको मन मस्तिष्कमा पसेर उनले आफुभित्र भएको सारा ज्ञान अरुलाई दिए र छताछुल्ल गरी संसारभरि छरे जसले गर्दा नेपाली विधाको विविध ढुकुटीभरि पुग्यो त्यसैले यी ज्ञानवेत्ता कविका पनि कवि उनी महाकवि हुन् जसलाई हामीले देशमा गर्व औ शानले पुकार्द्छौ / त्यस्तै क्रममा देवकोटा महत्वाकांक्षी एक लगनशील युवा भएकोले प्रजातन्त्रपछि राजा त्रिभुवनले सल्लाहकार सभाको सदस्यमा उनलाई मनोनीत गरे । त्यसको निरन्तरता राजा महेन्द्रले पनि देवकोटाको सो पदलाई दिए ।
देवकोटा त्रिभुवन विश्वविद्यालयको स्थापनासँगसँगै सो विश्वविद्यालयको कमिसनको सदस्यमा मनोनीत सम्म हुन् पुगे । त्यसपछि उनैको हस्ताक्षरमा विश्वविद्यालयको रूपरेखा तयार गरियो । महेन्द्रको चान्सरलरसिपमा देवकोटा पनि नेपाल एकेडेमीको सदस्य हुन् गएँ । डा.के.आई. सिंहको प्रधानमन्त्रित्वमा गठित मन्त्रिपरिषद्मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री पनि बनं पुगे । ११० दिनसम्म मन्त्री भएका बेला पनि उनले नेपाल राष्ट्रभरिका स्कुल र कलेजहरूमा नेपाली भाषामा पढाइ हुने व्यवस्था मिलाए ।
नेपाली भाषासाहित्यमा देवकोटा रूमानी प्रवृत्तिलेखनका श्रीगणेश भए । साथै नेपाली भाषासाहित्यलाई अङ्ग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्यावउने काम पनि देवकोटाबाट नै भएको थियो ।
यस्ता महाकवी देवकोटा भित्र करुणा र चरम मायाँ भएका 'दुखि र पीडाले भरिएको लाचार व्यक्तिको अनुहारमा खुशी हेर्न चाहने उनले " विवश ,लाचार भै अरुको भनाइले ग्रस्त भएका माग्ने को अनुहारमा खुशीले गद्गद् भएको हेर्न "अरुले दश पैसा दिदा उनले पचास रुपैयाँ दिएर ' त्यो माग्नेको अनुहारको खुशी हेर्न आफु टाडा ओझेल परि बसेर रमाएको हेर्न चाहन्थे , उनीहरुको अनुहारमा झल्किएको खुशीले उनि कविता लेख्दथे त्यसै क्रममा उनले भिखारी, यात्री नामक कविता पनि लेखे ! साच्चै उनि असल स्वभाव तथा दार्शनिक भएकाले आफुमा भएको कलालाई साहित्यमा सरस ढंगवाट बहरी दिए उनको रचनाले के वालक, के बृद्ध,के युवा युवती ,तथा प्रौढ सबैलाई उनीहरुकै आ-आफ्नै स्वभावमा रमाउने गरि साहित्यको सिर्जना गरे फलस्वरूप नेपालीका ढुकढुकी बनेर आफ्नै जीवन संगिनी संगको कथा र व्यथामा डुबी मुना मदन , लुनी , भिखारी, सुनको बिहान, यात्री जस्ता धेरै गहन मन छुने कविताहरु नेपालीको प्रितिका गीत सर्वाधि गुन्जि यसै भित्र नेपालीहरुको आत्मा रमाउने गर्दछ, ति मध्यका पनि मुना मदनका कहानी झ्याउरे गीति छन्दमा भएको र निक्कै चेतना मर्म स्पर्शी रुपी भएको हुनाले विश्व भरि रहेका नेपालीको जिब्रोमा अमृत रसको स्वाद बनेर झुन्डिन पुगेका छन भने नेपाली साहित्यको सर्वाधिकार बिक्री भएको पुस्तक पनि यही नै हो ! यसमा दुख ,शुख,पिर,पिडा,ब्यथा,चिन्ता आदिमा आफ्नै जीवनसंग आधारित कथा र ब्यथा पोखेर लेखिएका यस भित्रका मुना मदनका उच्चारण हुने हरफहरुले मनलाई आनन्दित तुल्याउनुको साथै भड्कि रहेका युवा पिडीलाई चेतना पनि दिई रहेको हुन्छ ,"उनले भनेका छोटो अंश यहा राख्न उचित लाग्यो " हातका मैला सुनका थैला के गर्नु धनले ? साग र सिस्नु खाएर बस्नु आनन्द मनले !" हो यस्ता धेरै चेतना स्वरूप श्लोकले मानबको मन मष्तिस्कमा पसेकाछन उनी," त्यस्तै यात्री कविता वाट उनले देवी र देवता भाकेर आफु ठुलो बन्ने र अाडम्बरलाइ नै धर्म ठान्ने सबैलाई झक्झकाउने कोशिश गर्दै भने " फर्क फर्क हे जाऊ समाऊ मानिसहरुको पाउ, मल्हम लगाऊ आर्तहरुको चहर्याइ रहेको घाउ, मानिस भै ईश्वरको त्यो दिव्य मुहार हँसाउ । आफ्नै मन भित्रको चेतना जगाउन उनले यसरी प्रस्तुत गरेका श्लोक अति सरानीय मात्र नभै एक सुनौलो सुर्यको प्रकाश बनेर चम्की रहेको छ । जातिपातिको रुढीले ग्रस्त समाजलाई बाटो देखाउदै भने- "मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन ।" त्यसरी नै श्रमलाई सम्मान गर्दै भने- "चुम्दछ ईश्वर काम सुनौला गरिरहेका हात ।"
सबैभन्दा ठूलो कुरो त देवकोटाले नेपाली कवितामा क्रान्ति नै ल्याए । षड् दर्शनको जालोमा बाँधिएको जीवनको दुरुह परिभाषालाई कति सजिलो गरी भनिदिए उनले:-
“चर्खामा विधिले विचित्र ढंगले काते सुनौला कुरा
चोला मानिसको खडा हुन गयो बुन्दा त्यही तानमा
मैलो भैकन भार भूकन बनी उध्रेरजाला भनी
स्वर्गैतर्फ उडी सुनैसुन हुने गाना बन्यो जीवनी ….”
त्यसरी नै जिन्दगीले दुर्लभ रूपमा मात्रै प्राप्त गर्न सक्ने आनन्दका क्षणहरुलाई सम्बोधन गर्दै, अझ त्यसैको प्रकृतिलाई विश्लेषण गर्दै भने :-
"न वा त्यो चरी हो, न वा त्यो परी हो
न वा कृष्णको मोहनी माधुरी हो
कि वा विश्व-सौन्दर्यको चातुरी हो
यसै कान पियूषले नै भरी भो ।"
त्यसरी नै राणातन्त्रको विरुद्धमा वि सं २००५ मै 'पहाडी पुकार'मा गर्जिए :
“ज्यानै पो जाओस् प्राणै पो जाओस् पर्वाह गर्दैनौ
मानिसलाई चाहिने हक नलिइ छाड्दैनौ
मर्नु त एक दिन अवश्यै पर्छ पशुझै नजिउँ
मानिस हौं भने मानिस झै जिउँ मानिसको हक लिउँ……”
२००७ मा प्रजातन्त्र त आयो तर त्यस्ले केही गर्न सकेन । जनता निरास भए । जनताको त्यो बेलाको निरासा र लबस्तरा नेताको दम्भी चरित्रलाई देवकोटाले गरेको चित्रण आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ . जस्तो कि –
"नवाफी, रवाफी, कवाफी छ नेता
बिलासी, गिलासी, सुवासी विजेता
प्रजातन्त्रको ढ्वाङ रित्तो करायो
जमाना अनौठो नयाँ आज आयो ।"
त्यस्तै नेपाली साहित्यका सम्पूर्ण विधाहरु जस्तै निबन्ध, महाकाव्य, कथा, कविता, नियात्रा, प्रबन्ध, डायरी, भाषा, दर्शन, क्रान्तिकारी विचार आदि सम्पूर्ण चेतनाका उन्नायक नै देवकोटा नै हुन् । अाइसल्यान्डमा सर्प खोज्नु परे जस्तै स्थितिमा रहेको नेपाली महाकाव्य फाँटलाई उनी एक्लैले शाकुन्तल, सुलोचना, वनकुसुम, प्रमिथस, महाराणाप्रताप, प्रिथ्वीराज चौहान जस्ता महाकाव्यहरु दिएर हराभरा परिदिए । पुष्कर शमशेरले होच्याएर भनेको एउटा वाक्य मनमा बिझेपछि १० दिनमा महाकाव्य लेख्न सक्छु भन्ने प्रतिज्ञा गरेका देवकोटाले आखिर १० दिनकै कार्यालय समयमा सुलोचना लेखिसिध्याए । त्यति मात्र होइन, राणाको तुजुगलाई काव्यभित्रैबाट समेत फट्कार्न भ्याए :
"म तिम्रो कात्तिके हैन भान्से बाहुन हैन म
म मेरै घरको राजा झोपडी नै भए पनि ।"
पछि त देवकोटाको प्रतिभा र सामर्थ्यसँग इर्श्या गर्दै नाट्यसम्राट बालकृष्ण समले समेत भगवानलाई गाली गर्दै लेखे :-
"दुखीको घरमा मात्र तेरो बास हुने भए
हे ईश्वर दया राखी मलाई अझ दु:ख दे" !
कविता र खण्डकाव्यका त गड्गडाउदो खहरे र शान्त समुद्र दुबै थिए देवकोटा । त्यति छोटो जीवनकालमा मुनामदन, कुन्जिनी, कृषिवाला, गाइने गीत, दुष्यन्त-शकुन्तला भेट, पुतली, भिखारी, राजाकुमार प्रभाकर, रावण-जटायु युद्ध, लक्ष्मी गीति संग्रह, लक्ष्मी कविता संग्रह, लूनी, सीताहरण, सुनको विहान, म्हेन्दु, महाकवि देवकोटाका कविता जस्ता अनमोल कृतिहरु नेपाली साहित्यको भण्डारमा थन्क्याइदिएका छन् महाकविले ।
नेपाली निबन्धका त सम्पूर्ण सार नै हुन् देवकोटा । उनको लक्ष्मी निबन्ध संग्रह जत्तिको वजनदार कृति नेपाली साहित्यबागमा अझै पनि फुलिसकेको छ जस्तो लाग्दैन। उनका विविध विधाका सिर्जनाहरु, ढकमक्क हुने गरी देशभित्र फुलेका छन मगमग गर्दै ! साच्चै भन्नु पर्दा महाकवि लक्ष्मीप्रसाद देवकोटा नै एउटा नयाँ युगको नेपालमा सिर्जना गरे उनको धारलाई स्वछन्दवादी धारा भन्ने पनि गरिन्छ भने यस्तै प्रवृतिमा आधारित भएर साहित्य रुची राखी लेख्न चाहनेहरु अनगन्ती यिनका शिष्यहरु हुन् पुगे ! देवकोटाले शुरुमा साइन्सवाट आइ एस्सी गरेता पनि स्नातकमा कलातर्फ र अंग्रेजीमा साहित्यमा मास्टर्स गर्ने अत्याधिक रुँची हुँदा हुँदै पनि उनले एडमिसन नपाए पछी कानुनमा स्तानतक गरेका यिनले मर्म, दर्शन, संस्कृति , समाज र पहाडी जनजीवनका वारेमा पोखेका चेतनाहरु र नेपालकै वनपाखा,पहरा,लेंक,वेशी,गाँउघर, शहर,तथा कुना काप्चा सबैतिर मात्र हैन विश्वभरि नै उनी गीतका लहरमा धर्मदेखि लिएर चेतना रुपी किरण बनी चमक्दै विणाको धुन गुन्जिदै मन्दिरमा बज्ने घण्टाको टंन टन आवाजमा शान्तिका धुन बनी घन्की रहेका छन ! त्यस्तै त्यस युगका नेताले पचास बर्ष भित्र सहित्यै मात्रै नभएर राणाकालीन अवस्थाको दर्दनाक सामाजिक बिकृति र कुशासनलाई व्यंगको गदै अधि बढ्ने उनी अद्धितीय कवि हुन् यिनको ज्ञान चक्षु (ज्ञान को तेस्रो आँखा) अति नै विशाल रुपमा रहेको छ ! आमा, बुवा, दुइ भाइ छोरा र छोरीको असामयिक निधन र गरिबीका कारण आफुले ट्यूशन पठाई परिवार धानेका र त्यस्तै अनेकौ पीडाले छट्पटीएर मानसिक संस्थामा समेत बस्नु परेको अबस्थामा यिनले क्यान्सर जस्तो धातक शत्रु रोगले आक्रमण गर्दा पनि रतिभर विचलित नभै आफु भित्रको पीडालाई घुट घुट पिई नेपाली समाजलाई उनले अमृतका झरना वार्साउदै साहित्य मार्फत ज्ञानका ज्योति सर्वत छरी रहे जसरी बिहानी उदाउने सुर्यले संसार भरि छर्दछ ! हो यस्ता महापुरुष ,महाकवी लक्ष्मी प्रसाद देवकोटा प्रति हामीले गर्व गर्नु पर्छ भन्ने मलाई लाग्दछ । किन भने वार्डसवर्थ, शेली, रबिन्द्रनाथ टेगोर, कालीदास, तुलसीदास कोसंग उनको तुलना गरौ ?
महापण्डित राहुल सांक्रित्यायनको यो भनाइ यहाँ स्मरण गर्नु सान्दर्भिक हुनेछ, उनले भनेका छन्: भारतका प्रसाद, पन्त र निराला तीनै जना बराबर नेपालका एउटै देवकोटा हुन् । कवि माघ, भारवि, दण्डी सबै अंग्रेजी, संस्कृत, बंगाली, हिन्दी, भाषाका कविहरुका सम्सति स्वरूप यिनलाई देख्दछु तर तुलना गर्न असमर्थ छु ! त्यसैले लाग्छ सिर्जनाका फूलवारीको साच्चै नै उनी फूलहरु फुलाउने यिनै पो सृष्टि हुन् कि ? वा उनी साच्चै नै मनुष्य जन्मका देवता हुन् ? क्यान्सरको असीम पीडाले आर्यघाटमा छट्पटाउदै "मलाई विष दिनोस्" भनेर माग्न विवश हुनु पर्दा पनि जीवनलाई सधैं सकारात्मक पाटोबाट हेर्ने दन्त्य-कथाका नायक जस्ता लाग्ने देवकोटा भन्ने गर्थे :
"गरीब भन्छौ सुखको म झै धनी
मिल्दैन संसारभरि कतै पनि"
मेरो आत्मालाई साहित्यको फूल बनाई यिनैका चरणमा अर्पण गर्न मन लाग्छ ,मेरो अन्तर मनको साहित्य भावना र साहित्य प्रतिको तृष्णाहरु यिनी बाटै सिर्जना गरिएका सारा ज्ञानका रस पिएर म् हरपल रमाउन चाहन्छु भन्दै मेरा कलम रुपी मसिले उनि प्रति श्रद्धा सुमन अर्पण गर्दछु !
हजारौं तारका भन्दा चम्किलो चन्द्र भैदिने
साहित्याकाशका यज्ञ मेघ हौ तिमी वर्सने
तिम्रा दुख्ख र आँसुका प्रेरणात्मक कथाहरु
श्रद्धान्जली यो अर्पिन्छु पोखाइ भावनाहरु ….
(सप्तरी जिल्लाको राजविराज जन्मघर भएकी अर्याल वैदेशिक रोजगारीको क्रममा हाल इजरायलमा बस्दै आउनुभएको छ ।)
हिमालले सबैको मनलाई लोभ्याउने संसारको सब भन्दा उच्च भूमि नेपालको सगरमाथा धर्तीको शिर देवताको वास स्थान भएको सुन्दर भूमि नेपाल ! त्यति मात्र नभएर अमर आत्माहरु यस भूमिमा आफ्नो मातृभूमि सम्झदै झर्ने गर्दथे स्वछन्द झरना भइ . त्यस्तै अनुरुप यो माटोमा सीता, जनक, बुद्ध, पृथिवी जस्ताले जन्म लिए जस्तै यो भूमिमा तीर्थमाधब देवकोटा अर्थात् महाकवी लक्ष्मीप्रसाद देवकोटाले पनि यसै नेपाल भूमिमा जन्म लिन पुगे /
पिता तिलमाधव देवकोटा र माता अमरराज्यलक्ष्मी देवी देवकोटाका १३ जना सन्तान मध्य छ भाइ छोराहरू र सात जना छोरीहरु मध्येका लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा थिए । उनको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौ, डिल्लीबजारमा भएको थियो भने उनको न्वारानको नाउँ तीर्थमाधव देवकोटा जुराइएको भएता पनि लक्ष्मीपूजाको दिन जन्म भएको हुँदा उनलाई लक्ष्मीको प्रसाद भनेर "लक्ष्मीप्रसाद” नामबाट बोलाउनाले उनको नाम नै लक्ष्मीप्रसाद देवकोटा रहन गयो र उनी त्यही नाम वाट चर्तित हुदै संसारभर प्रसिद्ध भए / देवकोटाले जन्म लिएदेखि नै उनका घरमा अनेकौ किसिमका पीडा, दुख, गरिबी, कष्टहरूले पीडित घरको भित्रको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो तर पनि घरले गरिबीको रेखालाई नाघ्न नसकेता पनि उनी सानै देखि भन्ने गर्दथे, ‘म अङ्ग्रेजी पढ्छु अनि आफू जान्ने भएपछी अरुलाई टयुसन पठाई पैसा कमाउँछु यस्ता सानै देखि साहसी, लगनशील र दृढ विश्वास भएका उनी धनले गरिबी भएता पनि मनको ठुलो धनि उनको विचारधारा थियो तर उनी जन्म देखि नै रोगी रहेछन । जे होश उनका पिता पनि साहित्यमा रुची भएका , कविताहरु लेख्ने गर्नाले आफ्नै माता र पिताको कवितालाई पढेर सार्ने उस्तै कपि गरे झैँ गरि लेख्ने गर्नाले उनि भित्र साहित्यको रस पलाउदै पानीले निथ्रुक्क भिजे झैँ साहित्यको रसमा भिज्दै चुर्लुम्म भए पछी पिताको पण्डित बनाउने छोरा प्रतिको रहर भएता पनि देवकोटा पढाईमा अति नै चंख भएकाले सबै परिवारले पण्डित नबनाउने भनि विरोध गर्नाले उनलाई अंग्रेजी पठाउन दरवार स्कुलमा भर्ना गर्न पुगे उनले बाल्यकालमा नै पिता अमरकोश घोक्नुका साथै स्तोत्रमाला पढी सकाएका थिए ।
देवकोटाले स्कुल जाने क्रममा आफ्ना साथीहरुलाई मिठा मिठा आफुले रचेका कविताहरु सुनाउने गर्ने क्रममा उनका केहि साथीले के त्यो कविता यिनले नै लेखेका हुन् त् ? भन्ने प्रश्न गर्दै स्विकार्दैनथे । यसै क्रममा एक दिन क्लासका सबै विद्यार्थीले मिलोमत्तो गरि उनको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए । लक्ष्मी प्रसाद देवकोटाले पनि सबै विद्यार्थीको सामु क्लासमै बसेर एउटा कविता लेखेर सुनाए मर्म स्पर्शी कविताले सबैको मनलाई पगालिदियो त्यस्तो क्षन भरमै गहन कविता सुनाउदाको घडी शिक्षकहरूले उनलाई खुशी हुदै " ‘कोपिलाउँदो कवि’को दर्जा र सम्मान दिए । यसरी सागरमा नुहाए झैँ साहित्यमा सानै देखि चुर्लुम्म भएका उनका साहित्य प्रति अमृत रसको पान गराउने गुरु आफ्नै पिता र कविशिरोमणि लेखनाथ पौडयालका प्रेणा सम्म बटुलिएका देवकोटा साहित्यमा बालक मै जवानमा घोर्ले देखिए झैँ गरि उनि साहित्यमा छिप्पिँदै गई वर्डर्स्वर्थ र सेली जस्ता पाश्चात्य कविहरूका प्रभावमा पनि चाडै पौडन थाले ।
त्यसै क्रममा देवकोटाले दस वर्ष नपुगी कविता लेख्ने क्रममा त्यो बेला आफ्नी जेठी भाउजू सोमकुमारीको पिडा र व्यथामा चुर्लुम्म डुबेर ‘"म त अभागी पो भएँ’" शिर्षकमा मार्मिक कविता लेख्नका थिए भन्ने कुरा इतिहासको रुपमा साछी नै छन् ।
म निधक्कले भन्न सक्छु यी लक्ष्मी प्रसाद देवकोटा अजर अमर आत्मा हुन् किन कि उनले भनेका छन् एउटा पंति यहाहरु माझ "के श्रिंगार गुलाबलाई कमलैलाई म धोउँ किन ?" गुलाबलाई अझ राम्रो पार्नका लागि सिङारी रहनु पर्दैन रे ! त्यस्तै आफैमा एक स्वच्छ 'कमल' लाई पनि धोइ-पखाली गरिरहनु पर्दैन अरे ! देवकोटा उनी आफैले भनेका ती 'गुलाब' र 'कमल' उनी आफै हुन् भन्दा पनि अब कुनै अत्युक्ति हुँदैन ।
उनीभित्रको प्रतिभा र चेतनाले टम्म भरिएका जसले सबै नेपालीहरुको मन मस्तिष्कमा पसेर उनले आफुभित्र भएको सारा ज्ञान अरुलाई दिए र छताछुल्ल गरी संसारभरि छरे जसले गर्दा नेपाली विधाको विविध ढुकुटीभरि पुग्यो त्यसैले यी ज्ञानवेत्ता कविका पनि कवि उनी महाकवि हुन् जसलाई हामीले देशमा गर्व औ शानले पुकार्द्छौ / त्यस्तै क्रममा देवकोटा महत्वाकांक्षी एक लगनशील युवा भएकोले प्रजातन्त्रपछि राजा त्रिभुवनले सल्लाहकार सभाको सदस्यमा उनलाई मनोनीत गरे । त्यसको निरन्तरता राजा महेन्द्रले पनि देवकोटाको सो पदलाई दिए ।
देवकोटा त्रिभुवन विश्वविद्यालयको स्थापनासँगसँगै सो विश्वविद्यालयको कमिसनको सदस्यमा मनोनीत सम्म हुन् पुगे । त्यसपछि उनैको हस्ताक्षरमा विश्वविद्यालयको रूपरेखा तयार गरियो । महेन्द्रको चान्सरलरसिपमा देवकोटा पनि नेपाल एकेडेमीको सदस्य हुन् गएँ । डा.के.आई. सिंहको प्रधानमन्त्रित्वमा गठित मन्त्रिपरिषद्मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री पनि बनं पुगे । ११० दिनसम्म मन्त्री भएका बेला पनि उनले नेपाल राष्ट्रभरिका स्कुल र कलेजहरूमा नेपाली भाषामा पढाइ हुने व्यवस्था मिलाए ।
नेपाली भाषासाहित्यमा देवकोटा रूमानी प्रवृत्तिलेखनका श्रीगणेश भए । साथै नेपाली भाषासाहित्यलाई अङ्ग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्यावउने काम पनि देवकोटाबाट नै भएको थियो ।
यस्ता महाकवी देवकोटा भित्र करुणा र चरम मायाँ भएका 'दुखि र पीडाले भरिएको लाचार व्यक्तिको अनुहारमा खुशी हेर्न चाहने उनले " विवश ,लाचार भै अरुको भनाइले ग्रस्त भएका माग्ने को अनुहारमा खुशीले गद्गद् भएको हेर्न "अरुले दश पैसा दिदा उनले पचास रुपैयाँ दिएर ' त्यो माग्नेको अनुहारको खुशी हेर्न आफु टाडा ओझेल परि बसेर रमाएको हेर्न चाहन्थे , उनीहरुको अनुहारमा झल्किएको खुशीले उनि कविता लेख्दथे त्यसै क्रममा उनले भिखारी, यात्री नामक कविता पनि लेखे ! साच्चै उनि असल स्वभाव तथा दार्शनिक भएकाले आफुमा भएको कलालाई साहित्यमा सरस ढंगवाट बहरी दिए उनको रचनाले के वालक, के बृद्ध,के युवा युवती ,तथा प्रौढ सबैलाई उनीहरुकै आ-आफ्नै स्वभावमा रमाउने गरि साहित्यको सिर्जना गरे फलस्वरूप नेपालीका ढुकढुकी बनेर आफ्नै जीवन संगिनी संगको कथा र व्यथामा डुबी मुना मदन , लुनी , भिखारी, सुनको बिहान, यात्री जस्ता धेरै गहन मन छुने कविताहरु नेपालीको प्रितिका गीत सर्वाधि गुन्जि यसै भित्र नेपालीहरुको आत्मा रमाउने गर्दछ, ति मध्यका पनि मुना मदनका कहानी झ्याउरे गीति छन्दमा भएको र निक्कै चेतना मर्म स्पर्शी रुपी भएको हुनाले विश्व भरि रहेका नेपालीको जिब्रोमा अमृत रसको स्वाद बनेर झुन्डिन पुगेका छन भने नेपाली साहित्यको सर्वाधिकार बिक्री भएको पुस्तक पनि यही नै हो ! यसमा दुख ,शुख,पिर,पिडा,ब्यथा,चिन्ता आदिमा आफ्नै जीवनसंग आधारित कथा र ब्यथा पोखेर लेखिएका यस भित्रका मुना मदनका उच्चारण हुने हरफहरुले मनलाई आनन्दित तुल्याउनुको साथै भड्कि रहेका युवा पिडीलाई चेतना पनि दिई रहेको हुन्छ ,"उनले भनेका छोटो अंश यहा राख्न उचित लाग्यो " हातका मैला सुनका थैला के गर्नु धनले ? साग र सिस्नु खाएर बस्नु आनन्द मनले !" हो यस्ता धेरै चेतना स्वरूप श्लोकले मानबको मन मष्तिस्कमा पसेकाछन उनी," त्यस्तै यात्री कविता वाट उनले देवी र देवता भाकेर आफु ठुलो बन्ने र अाडम्बरलाइ नै धर्म ठान्ने सबैलाई झक्झकाउने कोशिश गर्दै भने " फर्क फर्क हे जाऊ समाऊ मानिसहरुको पाउ, मल्हम लगाऊ आर्तहरुको चहर्याइ रहेको घाउ, मानिस भै ईश्वरको त्यो दिव्य मुहार हँसाउ । आफ्नै मन भित्रको चेतना जगाउन उनले यसरी प्रस्तुत गरेका श्लोक अति सरानीय मात्र नभै एक सुनौलो सुर्यको प्रकाश बनेर चम्की रहेको छ । जातिपातिको रुढीले ग्रस्त समाजलाई बाटो देखाउदै भने- "मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन ।" त्यसरी नै श्रमलाई सम्मान गर्दै भने- "चुम्दछ ईश्वर काम सुनौला गरिरहेका हात ।"
सबैभन्दा ठूलो कुरो त देवकोटाले नेपाली कवितामा क्रान्ति नै ल्याए । षड् दर्शनको जालोमा बाँधिएको जीवनको दुरुह परिभाषालाई कति सजिलो गरी भनिदिए उनले:-
“चर्खामा विधिले विचित्र ढंगले काते सुनौला कुरा
चोला मानिसको खडा हुन गयो बुन्दा त्यही तानमा
मैलो भैकन भार भूकन बनी उध्रेरजाला भनी
स्वर्गैतर्फ उडी सुनैसुन हुने गाना बन्यो जीवनी ….”
त्यसरी नै जिन्दगीले दुर्लभ रूपमा मात्रै प्राप्त गर्न सक्ने आनन्दका क्षणहरुलाई सम्बोधन गर्दै, अझ त्यसैको प्रकृतिलाई विश्लेषण गर्दै भने :-
"न वा त्यो चरी हो, न वा त्यो परी हो
न वा कृष्णको मोहनी माधुरी हो
कि वा विश्व-सौन्दर्यको चातुरी हो
यसै कान पियूषले नै भरी भो ।"
त्यसरी नै राणातन्त्रको विरुद्धमा वि सं २००५ मै 'पहाडी पुकार'मा गर्जिए :
“ज्यानै पो जाओस् प्राणै पो जाओस् पर्वाह गर्दैनौ
मानिसलाई चाहिने हक नलिइ छाड्दैनौ
मर्नु त एक दिन अवश्यै पर्छ पशुझै नजिउँ
मानिस हौं भने मानिस झै जिउँ मानिसको हक लिउँ……”
२००७ मा प्रजातन्त्र त आयो तर त्यस्ले केही गर्न सकेन । जनता निरास भए । जनताको त्यो बेलाको निरासा र लबस्तरा नेताको दम्भी चरित्रलाई देवकोटाले गरेको चित्रण आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ . जस्तो कि –
"नवाफी, रवाफी, कवाफी छ नेता
बिलासी, गिलासी, सुवासी विजेता
प्रजातन्त्रको ढ्वाङ रित्तो करायो
जमाना अनौठो नयाँ आज आयो ।"
त्यस्तै नेपाली साहित्यका सम्पूर्ण विधाहरु जस्तै निबन्ध, महाकाव्य, कथा, कविता, नियात्रा, प्रबन्ध, डायरी, भाषा, दर्शन, क्रान्तिकारी विचार आदि सम्पूर्ण चेतनाका उन्नायक नै देवकोटा नै हुन् । अाइसल्यान्डमा सर्प खोज्नु परे जस्तै स्थितिमा रहेको नेपाली महाकाव्य फाँटलाई उनी एक्लैले शाकुन्तल, सुलोचना, वनकुसुम, प्रमिथस, महाराणाप्रताप, प्रिथ्वीराज चौहान जस्ता महाकाव्यहरु दिएर हराभरा परिदिए । पुष्कर शमशेरले होच्याएर भनेको एउटा वाक्य मनमा बिझेपछि १० दिनमा महाकाव्य लेख्न सक्छु भन्ने प्रतिज्ञा गरेका देवकोटाले आखिर १० दिनकै कार्यालय समयमा सुलोचना लेखिसिध्याए । त्यति मात्र होइन, राणाको तुजुगलाई काव्यभित्रैबाट समेत फट्कार्न भ्याए :
"म तिम्रो कात्तिके हैन भान्से बाहुन हैन म
म मेरै घरको राजा झोपडी नै भए पनि ।"
पछि त देवकोटाको प्रतिभा र सामर्थ्यसँग इर्श्या गर्दै नाट्यसम्राट बालकृष्ण समले समेत भगवानलाई गाली गर्दै लेखे :-
"दुखीको घरमा मात्र तेरो बास हुने भए
हे ईश्वर दया राखी मलाई अझ दु:ख दे" !
कविता र खण्डकाव्यका त गड्गडाउदो खहरे र शान्त समुद्र दुबै थिए देवकोटा । त्यति छोटो जीवनकालमा मुनामदन, कुन्जिनी, कृषिवाला, गाइने गीत, दुष्यन्त-शकुन्तला भेट, पुतली, भिखारी, राजाकुमार प्रभाकर, रावण-जटायु युद्ध, लक्ष्मी गीति संग्रह, लक्ष्मी कविता संग्रह, लूनी, सीताहरण, सुनको विहान, म्हेन्दु, महाकवि देवकोटाका कविता जस्ता अनमोल कृतिहरु नेपाली साहित्यको भण्डारमा थन्क्याइदिएका छन् महाकविले ।
नेपाली निबन्धका त सम्पूर्ण सार नै हुन् देवकोटा । उनको लक्ष्मी निबन्ध संग्रह जत्तिको वजनदार कृति नेपाली साहित्यबागमा अझै पनि फुलिसकेको छ जस्तो लाग्दैन। उनका विविध विधाका सिर्जनाहरु, ढकमक्क हुने गरी देशभित्र फुलेका छन मगमग गर्दै ! साच्चै भन्नु पर्दा महाकवि लक्ष्मीप्रसाद देवकोटा नै एउटा नयाँ युगको नेपालमा सिर्जना गरे उनको धारलाई स्वछन्दवादी धारा भन्ने पनि गरिन्छ भने यस्तै प्रवृतिमा आधारित भएर साहित्य रुची राखी लेख्न चाहनेहरु अनगन्ती यिनका शिष्यहरु हुन् पुगे ! देवकोटाले शुरुमा साइन्सवाट आइ एस्सी गरेता पनि स्नातकमा कलातर्फ र अंग्रेजीमा साहित्यमा मास्टर्स गर्ने अत्याधिक रुँची हुँदा हुँदै पनि उनले एडमिसन नपाए पछी कानुनमा स्तानतक गरेका यिनले मर्म, दर्शन, संस्कृति , समाज र पहाडी जनजीवनका वारेमा पोखेका चेतनाहरु र नेपालकै वनपाखा,पहरा,लेंक,वेशी,गाँउघर,