बार्षिक उत्सवको अवसरमा रेडियो वीरगंजद्वारा श्रष्टा सम्मान तथा श्रोता मिलन कार्यक्रम सम्पन्न

वीरगंज, २१ मंसिर
मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जको १२ औँ बार्षिकोत्सव कार्यक्रम अन्तरगत आज दोश्रो दिन श्रष्टा उमाशंकर द्धिवेदीलाई सम्मान गरेको छ । आज रेडियो परिसरमा आयोजित एक कार्यक्रममा भोजपुरी भाषा तथा साहित्यमा योगदान पु¥याउनु भएका साहित्यकार उमाशंकर द्विवेदिलाइ सम्मान गरिएको हो । रेडियोका कार्यकारी निर्देशक धुव्र साहको अध्यक्षतामा भएको कार्यक्रममानेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य समेत रहनु भएका द्विवेदीलाई वरिष्ठ प्रहरी उपरिक्षक  मनोज न्यौपाने, प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडी र वरिष्ठ पत्रकार जगदिश शर्माले संयुक्त रुपमा दोसल्ला ओढाई सम्मान पत्र र नगद सहित सम्मान गर्नुभएको हो । कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार जगदीश शर्माले पत्रकारिता गर्ने संस्थाले श्रष्टालाई सम्मान गर्नु सराहीनय कार्य भन्दै रेडियो विरगंजको प्रंशसाा गर्नुभयो । कार्यक्रममा प्राध्यापक इन्द्र भट्टराईले सम्मानित स्रष्टा द्धिवेदीको व्यक्तित्व तथा कृतिको बारेमा चर्चा गर्नु भयो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडी, अञ्चल प्रहरी कार्यालय नारायणी विरगंजका वरिष्ठ प्रहरी उपरिक्षक मनोज न्यौपाने, सशस्त्र प्रहरी उपरिक्षक भिमबहादुर थापा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा मध्यमाञ्चल संयोजक शितल महतोलगायतले रेडियो विरगंज र भाषा साहित्यका विषयमा धारणा राख्नु भएको थियो । यसैगरि आजै सम्पन्न  श्रोता मिलन  कार्यक्रम अन्तर्गत रेडियो वीरगंजको विभिन्न कार्यक्रममा बर्ष भरि सहभागिता जनाउने मध्ये तीन जना श्रोतालाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा रेडियोको स्थापनाकाल देखिकै श्रोता विमलेन्द्र विकल, नेपाल भारत मेत्रि श्रोता संघका मनोहर उपाध्याय र नेपाल विहार रेडियो श्रोता संघका अध्यक्ष हरेन्द्र यादव रहनु भएको छ ।  रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साह, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम वञ्जाराले श्रोताहरुको सम्मान गर्नु भएको थियो ।  यस्तै रेडियोको वार्षिक उत्सवको साता व्यापी  कार्यक्रम भोली २२ गते बाराको कलैयामा रहेको अमृता अनाथ आश्रमका बालबालिकालाई जाडोको लुगा तथा खाद्यान्न सहयोग गर्ने , २३ गते बारा र पर्सामा घरदैलोमै पुगेर श्रोताहरुको भावना बुझ्ने तथा २७ गते अन्तिम दिन बृहत सास्कृतिक कार्यक्रम आयोजना गरिने कार्यक्रम रहेको छ । बार्षिक उत्सवको अन्तिम दिन मंसिर २७ गते वीरगंजको माइस्थान मन्दिर अगाडि मध्यान्ह १२ बजे देखि शुरु हुने खुला बृहत सास्कृतिक कार्यक्रममा नेपालका चर्चित गायक, गायीका तथा हास्यकलाकारहरुले आआफ्नो प्रस्तुति दिने छन् । कार्यक्रममा ईन्दिरा जोशी, कोमल ओली, कमल खत्री, हेमन्त शर्मा, सन्जु अमात्य, स्थानिय कलाकार सुनिल पण्डीत, लगायतले पनि प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचारः

SHARE THIS

Author:

Facebook Comment