विश्वकै नमुना देश !

–सन्तोष भुषाल

सामान्यतया बिश्वब्यापी मान्यता र प्रचलनलाइ हेर्दा राजतन्त्र सहितको प्रजातान्त्रिक साशन व्यवस्थामा राष्ट्राध्यक्षको पदावधि उसको मृत्यु नहुँदासम्म वा उसले स्वेक्षाले पद नछोडेसम्मलाई हुनेगर्दछ भने प्रधानमन्त्रीको पधवाधि पदमा आशिन भएकै दिन निश्चित हुनेगर्दछ ।
अनि प्रजातान्त्रिक गणतन्त्त्रात्मक साशन व्यवस्थामा राष्ट्राध्यक्ष र प्रधानमन्त्री दुबैको पदावधि पदमा आशिन भएकै दिन निश्चित हुनेगर्दछ । विश्वमा केहि यस्ता मुलुकहरु पनि छन् जहाँ राजतन्त्र नभएतापनि राष्ट्राध्यक्षको पदावधि अनिश्चित छ र उनीहरु नै कार्यकारिणी छन् । ति देशहरुलाई चाहिं अप्रजातान्त्रिक भनेर भन्ने गरिएको छ । तर विश्वमा एउटा यस्तो नमुना देशपनि छ जुन देशको साशन व्यवस्थालाई गणतन्त्रात्मक मात्र होइन प्रजातान्त्रिक/लोकतान्त्रिक पनि भनिन्छ, तर राष्ट्राध्यक्ष र प्रधानमन्त्री दुबैको पदावधि निश्चित गरिएको छैन । त्यो देश नेपाल हो ।

राष्ट्राध्यक्षको पदमा रहेका रामबरण त एक वर्ष अघि नै संबिधान सभाबाट संबिधान जारि नहुँदासम्मका राष्ट्राध्यक्ष बनाइएका हुन् । तर अहिले प्रधानमन्त्रीको पदमा रहेका सुशील कोइराला पनि संबिधान बनेपछि राजिनामा दिन्छु भन्दैछन् । यसको अर्थ हुन्छ उनि संबिधान सभाले संबिधान जारि नगर्दा सम्मलाई प्रधानमन्त्रीको पदमा रहनेछन् । जुन कुरा भर्खर हुनपनि सक्छ र कहिल्यै नहुनपनि सक्छ । त्यसैले यो अनिश्चित छ ।

१७ बर्षसम्म जनताको भोट हाल्ने अधिकार खोसेर टिके प्रतिनिधिमार्फत स्थानीय निकाय चलाउनेहरु र आफ्नो पदको कुनै निश्चित अवधि नतोक्नेहरुको साशनलाई समेत गणतान्त्रत्मक/लोकतान्त्रिक/प्रजातान्त्रिक व्यवस्थाको उपमा दिइएको देश नेपाल बाहेक विश्वमा अरु कुनै भएको जस्तो लाग्दैन ।
त्यसैले त यो देश विश्वकै नमुना देश हो ।

सन्तोष भुषालको  फेसबुक पेज बाट साभार


SHARE THIS

Author:

Facebook Comment