वीरगंज,
मंसिर २७ ।
आफ्नो वार्षिकोत्सवको अवसर पारेर रेडियो वीरगंजले माइस्थान मन्दिरको मुख्य द्वारमै सांस्कृतिक कार्यक्रमको आयोजना गर्दा गहवा माइ मन्दिरमा साँझको आरतीमा अवरोध भएको छ ।
आरतीको समयमा ठूलो क्षमताका स्पीकरबाट उच्च ध्वनीमा उघ्रेको चोली छ, छुनलाई होइन हेर्न चाहिं पाइन्छ लगायतका गीत बजाइरहँदा सो गहवाा माइको मन्दिरमा अवरोधको अवस्था सिर्जना भएको थियो ।
वीरगंजमा दुईवटा ठूला रंगशाला, कैयौैं सभाहल हुँदाहुँदै माइस्थान मन्दिर अगाडी नै हिन्दू धर्मावलम्बीको आस्थामाथि असर पर्ने गरी कार्यक्रम संचालन गरिएको देख्दा स्थानीय वुद्धजीवी वर्गहरु आक्रोशित भएका छन् ।
एउटा संचारमाध्यम जस्तो संस्थाले अरुको अधिकार र आस्थाको ख्यालै नगरी कार्यक्रम संचालन गर्नु दुःखद हो, स्थानीय रामेश्वर कार्कीले बताए ।
माइस्थान मन्दिर र त्यस अगाडीको ठाउँ धार्मिक स्थल भएकोले मन्दिरको पूजापाठमा अवरोध हुने गरी कुनै पनि कार्यक्रम गर्न नहुने वुद्धिजिवीहरुको तर्क रहेको छ ।
स्थानीय प्रहरी प्र
शासनले पनि सार्वजनिक बाटो, धार्मिक स्थललगायतमा अरुको आस्थामाथि असर हुनेगरी कार्यक्रम संचालन गर्न दिनुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।