यतिखेर जताततै देशलाई भत्काउने कार्य मात्र जारी छ । राज्यको पुनर्संरचना भनेको भएको भत्काउनु, नयाँ निर्मार्ण गर्न नसक्नु नै हो त ? प्राचीन स्मारकहरू हिन्दू र बौद्धहरुको आस्थाका केन्द्रका रुपमा रहेकालाई महाभूकम्पले धक्का दियो । महाभूकम्पबाट बचेको कुरालाई नयाँ संविधान जारीपछिको राजनीतिक र कुटनीति परिस्थितिले तहसनहस संहार गर्ने कार्य जारी छ । नेपाल विश्वको अद्वितीय । अनुपम प्रकृतिक एवं सांस्कृतिक सम्पदाको केन्द्रको रुपमा रहेको मुलुक हो । पर्यटन, जलविद्युत, कृषिलाई पहिलो प्राथमिकता दिएर यसको विकास र प्रवद्र्धनमा केन्द्रित हुने हो भने नेपाल विश्वका समृद्ध राष्ट्रहरुको हाराहारीमा पुग्ने छ ।
विश्वले प्राकृतिक सुन्दर देश नेपालमाथि आँखा गाडेका छन् । नेपालबाट विश्वका पर्यटक हौसिएका छन् । नेपालको कुशासन र अकुशल नेतृत्व नेपालको विकासको बाधक बनेको छ । नेपालको अर्थतन्त्रमा आमूल परिवर्तन गर्ने प्रवल संभावना छ तर कौवालाई बेल पाक्यो हर्ष न विस्मातको अवस्था छ ।
अनेकताबीचको एकता नेपालको मौलिक पहिचान भत्काउने कार्यले देशको विकास होला त ? हिमाल, पहाड, तराई मधेशको सर्वाङ्गिन विकास नै नेपाल र नेपालीको विकास हो ।
(प्रकाशन मितिः२०७२ माघ २१ गते बिहीवार)