१३ औं वडा अधिवेशनः वडा नं. १० मा सर्वसम्मति

क्राइमचेक प्रतिनिधः
वीरगंज ।
नेपाली कााग्रेसको १३ औं महाधिवेशन अन्तगर्तत भएको वीरगंज उप महानगरपालिका वडा नं. १० को १३ औं वडा अधिवेशनले सर्वसम्मतिले रितेश कुमार गुप्तालाई बुथ सभापतिमा चयन गर्दै सम्पन्न भएको छ ।

नेपाली कााग्रेसका सक्रिय सदस्यहरुको उपस्थितिमा सम्पन्न उक्त भेलाले बुथ सभापति, क्षेत्रीय प्रतिनिधि, तथा महिला प्रतिनिधिसमेत गरी ६ जनालाई चयन गरिएको बुथ सभापति रितेश गुप्ताले जानकारी गराउनु भयो ।

त्यस्तै चयन भएका अन्य क्षेत्रीय प्रतिनिधिमा इश्वरभक्त श्रेष्ठ, प्रेमशंकर सिंह, छोटेलाल कहार, रवीन्द्र ठाकुर रहेका छन् भने महिला प्रतिनिधिमा बिन्दु थापा रहनु भएको छ ।
सो बैठक रितेश गुप्ताको सभापतित्वमा सम्पन्न भएको थियो ।


SHARE THIS

Author:

Facebook Comment