प्रशान्त महासागर
आजपनि मेरो सहरको सवालमा मनभित्र एकदमै चिसो हावा पसेको छ । कतै ती हावा मेरो हितमा नहुनु हो त म बिरामी नै हुन्छु होला । मैले दिनरात अस्पतालको चक्कर काट्नु पर्ने होला । अनि समयकै बोलीझंै विभिन्न परीक्षणहरु गराउनु पर्ने हुन्छु र रोग एउटा परिक्षण अर्कै हुनुका साथै बिलहरुको सकिनसकिभर्पाई बुझाई आफुलाई कैदी जीवनबाटमुक्त गराउनु पर्ने हुन्छ । अब कैदीकै सवालमा कुन अर्थबाट म कैदी भन्दा त नीतिहरु पहिचानमा कुनै ल्याउन नसक्नु र त्यसको प्रयोगमा आफ्नो जीवनहरु अड्किनु पनि एक अर्थमा कैदी जीवन नै हो भने सजाय त जहाँतहीं–पाइलापिच्छे फुलेकै छ कतै कर दस्तुर त कतै हर्जानाहरु जीवनले हर मोडमा विनाकाम या भनौं उपलब्धी बेगर पनि तिर्दै जीवन खर्चिनुको बाध्यता त छँदैछन् भने त्यसकै घिसाहामा जीवन हुुनु अबको दिनमा अर्को थप सुख नै मानौं किनभने दु:खको मौसम सक्नु भनेको नेपालीको इतिहासबाट निशानी मेटिनु नै हो ।
नेपालीहरु शान्त छन् भने दु:ख उतपादन गर्नमा नम्बर १ मै अग्रसर छन् भन्ने कुरामा हालका पाइलाका दोबहरुले छर्लङ्गै देखाउँछन् भने ती कुरा सत्य नै हुन् भन्न आफुलाई सदा क्रियाशील तुल्याउन दौडबाजीहरु बेमतलबलागी परेका पनि हामीले महशुस गर्न सक्छौं र देखासिकीको रंगमा आफ्नो पहिचानलाई मेटाई पहिचानलाई स्वार्थसिद्धकै बाटो बनाउन पनि नोपलीहरु अग्रसर नै छन् भन्न म पछि हट्ने छैन पनि । र हामी नेपालीसँग समय धेरै छन भने काम थोरै त्यही भएर पनि विभिन्न किस्तायुक्त जीवन जिउन फुर्सद पाइएको पनि म महशुस गर्दैछु जसले उन्नतिभन्दा बेंसि कुनै समुदायमा सन्तुष्टि देखिन्छन् भने कुनै समुदायमा भागदौडको मौहल प्रतिपादनभएको पनि देख्न सक्छौं । यसले पनि कुनै ठाउँ विकासलाई भन्दा ज्यादा अविकासलाई नै टेवा पुर्याएको सहजै अड्कल गर्न सकिन्छ । ती त्यस्ता जीवनहरु या भनौं समुदायहरुले समाज उत्थानमा भन्दा बेंसि व्यक्ति स्वार्थका कार्यक्रमहरु नै सृजित गरिरहेका हुन्छन् जसले गर्दा आज मेरो सहर एकातिर छ भने सहरभित्र छिर्नेहरु अर्कोतिर छन् र सहरकै मान्छेहरु पनि आफ्नो जिम्मेवारीबाट पन्छिनु अर्को एक नमूना नै हुन् ।
आज सहर कोलाहलमा भएपनि ऊ एक्लो छ । फोहर छ । दुषित छ । दूर्गन्धित छ । संस्कार र पहिचानको मामिलामा सबै ती पुरातात्विक केवल फोटो बनेको अवस्था छ कुनै घुमघामको चिनारी भएको अवस्था छ भने संरक्षणको कुरामा यो सरकारको जिम्मा हो भन्दै सहर पस्नेहरुकै बोलीसँग सहरवासीहरुकै पनि बोली भएका छन् । जसले गर्दा आज मेरो वागमती रोएको छ मेरो विष्णुमती चिच्याएको छ भने ढलको बलमा बग्न ती दुबै दिदीबहिनी बाध्य भएको कुरालाई सबैले देखे पनि नदेखेको नाटक मञ्चन आफुमा प्रत्यारोपण गरि सबै बाँचेकाछन् । र सहर भित्रिनेहरुले त्यसको जिम्मा लिन्छ र लिनुपर्छ भन्ने हेक्का नराखी जथाभावी फोहरहरु उत्पादन गर्नु साथै गाउँ त्यागी सहरकै मोहमा अझ भनौ रमझममा आफन्तका सर्वश्व हरणगरि बस्नुले पनि देखाउँछन् भने व्यक्ति विकासमै जोडमा लागीनुले पनि तथ्य र सिद्धान्तएउटै हुन भनी पुष्टि हुन आउँछ ।
र विकास भन्दै गगनचुमी महलहरु वास्तविक अर्थ मात्यो कोही पनि सहरवासीको लागि आवश्यक महल पनि होईन भने त्यसले सहरको छविमा कालो दाग लागेकोलाई कसैले विकास र उन्नति भन्छ भने त्यो विकास आम नेपालीहरुको जीवनमा आवश्यक नभएको सत्यता पनि हो । र सहरवासीहरुको पहिचान पनि स्वयम् सहरवासीहरुले नै मेटाएका हुन् । कुनै बेला कसैले काठमाण्डौंलाई सानो युरोप भनि वर्णन गरेको कुरा अहिले आएर त्यो होईन भन्ने पुष्टि हुँदा नि यहाँका वासिन्दाहरुलाई त्यसको कुनै चिन्ता छैन साथसाथै कयौ मन्दिरहरु, देवालयहरु जिर्ण हुँदै जाँदानि स्थानीयहरुलाई आर्थिक अभाव हुनु तथा कार्यहरु सम्पन्न नहुनुले पनि मेरो मुटुभित्र चिसो पस्दै गएको हो । त्यस्तै जात्रा पर्वहरु पनि स्थानीयतवरले सञ्चालन हुन नसक्नु, सँस्कृतिहरुले बामे सर्ने कार्यबाट अगाडि नबढ्नुले पनि सबै जना व्यक्तिगत स्वार्थबाट मात्र लुटपुट भयो भन्ने प्रष्ट देखाउन थालेकाछन् भने समस्याका रुपमा पानीको अभावहुनु तथा अन्य स्वास्थ्यमा सबै पक्षले खेलवाड गरेका छन भन्ने आमतवरले बुझ्न सकिने अवस्था यथावत छन् नै । त्यस्तै शिक्षाको मामिलामा पनि सरकारी स्कूलहरु धराशाय हुनुले पनि मेरो सहरको चिन्ता अब कसैलाई छैन भन्ने बुझ्न सकिन्छ । र बनेका बाटाहरु नबनिंदा नि बनाउनै पर्छ भनी पहल कसैले नगर्नु साथसाथै सरकारी अस्पतालहरु लापरवाहीहुनु पनि अब काठमाण्डौ कसैको रहरको सहर मात्र हो भन्ने पनि छर्लङ्ग हुँदै गई रहेको प्रष्ट हुन्छ भने बाटो भन्दा बेंसि गाडि हुनुको अर्थ काठमाण्डौं वासीहरुलाई केही फरक छैन जति सक्छ त्यति नै भित्र्याउनु भन्नु नै हो ।
र यहाँ हुने अपराधहरुलाई सबैले बेवास्ता गर्नाले पनि अब काठमाण्डौ मात्र कमाउने भाँडो हो सबैले महशुस गरिसकेको अवस्था छ । जे जसरी हुन्छ आफु बन्ने चाहे त्यो तल्लो स्तरको होस् चाहे माथिल्लो स्तरको सबैको एउटै उद्देश्य भएको छ । ठगेर हुन्छ या लुटेर हुन्छ आफुहरु कसरी सम्पन्न हुने सिद्धान्तबाट सबै विभूषित भएका छन जसको सानो नमूना भन्नु नै कंक्रिटको जङ्गल बन्नुले प्रष्टएका तिरबाट गर्छन् भने अर्कोतिरबाट भन्नुको अर्थ राजनैतिक हस्तिहरु गुन्द्रुकझै यतै खाँडिनु र कामकुरो केही नहुनु साथै कालो बजारी तथा अपराधले पूर्णतया श्रेय पाउनुले पनि देखाउँछन् । र चारैतिर लुट हुनु तर कोही पनि बोल्न नसक्नु भन्नुको अर्थ नै अब काठमाण्डौंबाट पशुपतिनाथ हराउनु नै हो भने धर्महरु लुटकै मन्त्रबाट विभूषित हुँदै गयो भनी पनि बुझ्न सकिन्छ । यस्तो अवस्थामा मेरो काठमाण्डौंको कसलाई लाग्छ चिन्ता ? खानपाएकै छ, लाउन पाएकै छ, बस्न पाएकै छ । न अस्पतालको चिन्ता छ न त शिक्षाकै, न रोजगारी भन्दै बारी जोत्नुपर्छ न त आफन्तको पीर मर्कासँग नै जुध्नुपर्छ । यी यस्तै सुखहरुले आज काठमाण्डौं छिर्ने मात्र होईन स्वयम् काठमाण्डौं वासीहरु पनि लुटि रहेकाछन् चाहे त्यो लुट्ने पेशा शिक्षा होस् चाहे स्वास्थ्य संस्था नै किन नहोस् । चोह पानी नआउने खानेपानी संस्थान नै हो चाहे अवस्थित ढल निकास नै किन नहोस् तर सबैलाई संस्था तथा निकायहरुले नराम्ररी लुटिरहेका छन् भने त्यही क्रम सबैले सबैलाई लादिरहेकाछन् । झन अहिले अवस्थामा त रोजगारी भन्दै नेपाली मानव बेचविखनको प्रथा नै काठमाण्डौंमा व्यापक चलेको अनि सप्रिएको खेती हुँदै गएको छ भने देश स्वयम् पनि त्यही पेशाबाट चलेको छ । त्यसैले जो जहाँको जस्तोसुकै भएपनि सर्वप्रथम त्यहाँको माया गरौं । जन्मथलो र जन्मसँग मोह बढे पछि मान्छेहरु थप जिम्मेवारी बहन गर्ने शक्ति दैवले प्रदान गर्छन भन्नेमा म विश्वास राख्दछु । र भैंसी दिनहुँ नुहाउँदैमा गाई हुँदैन भन्दै आफ्नो विचारलाई शुद्ध र स्वच्छ बनाई देशप्रति समर्पित हुँदै सबै धर्म, जात, पेशा आदीइत्यादीबाट नै संस्कार र सँस्कृतिको उत्थानगर्दै जाँदा नै वागमती र विष्णुमती सफा हुन्छ भन्ने कुरालाई आत्मामनन गरेको छु साथै काठमाण्डौ चिन्तनभन्नु नै पूरै देशको चिन्तन हो भन्दै सक्दो सचेतता अपनाऔं भन्ने अपिल पनि गर्नु चाहन्छु ।
prashantsharmila2@gmail.com
प्रकाशन मितिः२०७२ माघ २१ गते बिहीवार