संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र आजको आवश्यकता

मिन बहादुर थापा
कमसेकम आफ्नो मातृभूमि नेपाललाई त संसार भरि नै विश्वमा एक सनातन हिन्दु राष्ट्र भनेर चिनुन् । यति मात्रै वर्तमान अवस्था मा मेरो, तिम्रो, हाम्रो, उनको सबको मनमा भए पुग्छ । यो नेपाल राष्ट्रको पहिचान हो । हामी लाइ कहिँकतै विदेशमा यो जात त्यो जात भनेर चिन्दैनन् देख्ने  बित्तिकै तपाई नेपाली हो ? अझै पनि नेपाल विश्वमा एक मात्र हिन्दु राष्ट्र होइन र ? भनेर प्रश्न गर्ने गर्छन् त्यो बेला स्वाभिमानी प्रत्येक नेपालीको गर्वले छाती फुल्छ । त्यसपछि मात्रै बुद्ध जन्मेको, सगरमाथा, हिमालयको देश, नेपाल कसले निर्माण गर्यो ?
तपाईको देशमा संबैधानिक राजतन्त्र छ होइन ? भनेर जिज्ञासा राख्ने गर्छन् । म यस्ता घटना परि घटनामा धेरै पट परेको छु । सबै  प्रश्नको जवाफ यस यस भनेर दिने गरेको छु । नेपाललाई यसरी नै अन्तरराष्ट्रिय रंग मंचमा चिन्दा रहेछन् । किन र केका लागि हामी यो अहिलेको वर्तमान धर्म निरपेक्ष संघीय गणतन्त्र राज्य व्यवस्था फस्यौ ? एक पटक सबै नेपालीले आफ्नो छातीमा हात राखेर सोच्ने बेला आएको छ ।

कि त यो व्यवस्था आउने बितिकै नेपाल र नेपालीले शान्ति र प्रगतिका दिन देख्न पाउनु सक्नु पथ्र्यो, तर दुर्भाग्य ! यसो हुन सकेन । जुन दिनदेखि नेपालमा यो धर्म निरपेक्ष संघीय गणतान्त्रिक राज्य व्यवस्था स्थापना भयो कुनै तेस्तो एक दिन मात्रै पनि नेपाली जनताले अनुभव गर्न पाएन जुन दिन शुभ दिन र शान्ति होस्  । महंगी, अशान्ति, असुरक्षामा आम नेपाली बाध्य भएर बाँच्न विवस छन् । सबै गणतन्त्रवादी दलका नेता र तिनका अरौटे भरौटे सबै भ्रष्टाचारमा लिप्त छन् । कुनै सरकार अहिले सम्म चोखो छैनन् । दिनहुँ नेपाल जनता कुनै न कुनै बहानामा मारिएका छन् । बलात्कार र असुली बढ्दो छ । खै त नेपाली जनताले के पाए ? गाँस, बास, कपास कहाँ छ ? भ्रस्टचारी नेताहरुको नाता गोता र उनैको घर मा ?

एउटा कुरा नेपाली जनताले पक्कै पाए त्यो के हो भने म मधेशी, ऊ पहाडे, त्यो हिमाली, मेरो जात, उसको जात नेपाली नेपाली बीच बिभाजन । राष्ट्रको सबै क्षेत्रमा बिदेशीको हस्तक्षेप अनि बिदेशी धर्म को प्रभाव । हिजोका दिनमा विशेष अवस्थामा दरबारले नेपाल को राजनीतिमा केहि समयका लागि हस्तक्षेप गथ्र्यो भने आज प्रत्येक दिन सबै राजनैतिक दलका नेताले बोल्ने गरेको कुरामा र नेपाल सरकारका सबै निर्णयमा दिल्ली देखि सात समुन्द्र पारीका राजनैतिक शक्तिहरुले हस्तक्षेप गरेर राष्ट्रलाइ अनिर्णय को बन्दि बनाएका छन् ।
आज हाम्रो सम्प्रभुत्ता, स्वाधिनता र स्वतन्त्रता कहाँ गयो ? के हामीले यसैकालागि संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र फालेका हौं ? होइनौ भने प्रत्येक राजनैतिक दलका आम सर्वसाधारण कार्यकर्ता र शुभ चिन्तकले अब आफ्ना दलका नेतालाई राष्ट्रियताका बारेमा प्रश्न गर्ने बेला आएको छ । भन्नुस् दल र राज्य व्यवस्था भन्दा ठुलो राष्ट्र हो यो धर्म निरपेक्ष संघीय राज्य व्यवस्थाले राष्ट्रमा बिभाजन ल्याई सक्यो त्यसैले राष्ट्र बचाउनका  लागि बहुदलिय शासन व्यवस्था अन्तर्गत हिन्दुराष्ट्र र संबैधानिक राजतन्त्र आजको अपरिहार्यता हो भनि हामी सबैले आज देखि नै राजनैतिक दलको दास मानसिकताबाट मुक्त हौ आखिर तपाईले के पाउनु भए को छ र ? पाउने त नेताका नाता गोता अरौटे भरौटेले पाएका छन् । सबैले एकपटक हिन्दु राष्ट्र नेपाल भनेर मूल मन्त्र जपौं । राष्ट्रको पहिचान नै मेरो हाम्रो सबै को पहिचान हो । जय मातृभूमि नेपाल ।

प्रकाशन मितिः२०७२ माघ २१ गते बिहीबार

SHARE THIS

Author:

Facebook Comment