सचिव खनालमाथि प्रहरी दुब्र्यवहार

बीरगंज /नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव कृष्णउदास खनालमाथि प्रहरी उपरीक्षक धीरज प्रताप सिंहका द्वार पालेले मंगलबार दुब्र्यवहार गरेका छन् ।

पत्रकार धुब्र अधिकारीमाथि भएको दुब्र्यवहारको बिषयमा प्रहरी उपरीक्षक धीरज प्रताप सिंहलाई जानकारी गराइ फर्किएपछि प्रहरी उपरीक्षक सिंहको ढोकामा बस्ने प्रहरी जवानले आफूसंग बिना सोधपुछ नै किन भित्र छिरेको भन्दै हकारेका थिए ।
जवाफमा सचिव खनालले आफू पत्रकार महासंघको सचिव भएको र पत्रकारहरुकै समस्या लिएर प्रहरी उपरीक्षक समक्ष आएको बताउदा समेत द्वार पालेले उल्टै मलाई नसोधी किन प्रहरी उपरीक्षकलाई भेटेको भन्दै हकारेका थिए ।
अध्यक्ष श्याम बंजरा,उपाध्यक्ष धु्रब साह,सहसचिव शेखर छतकुली तथा कोषाध्यक्ष अनुप तिवारी साथमा नै रहेका सचिव खनाल दोश्रो पटक प्रहरी उपरीक्षकको कार्यकक्षमा जांदा उनले दुब्र्यहार गरेको सचिव खनालले बताए । एसपीको कार्यकक्षमा डायर छुटेका कारण लिन जांदा द्वार पालले हकारेको र संगै रहेको प्रहरी निरीक्षक बरुण सिंहले किन ढोकेलाई नसोधी भित्र गरेको भन्दै सचिव खनालसंग सोधेका थिए । सचिवमाथि भएको दुब्र्यवहारको बिषयमा पत्रकार महासंघले गम्भीर रुपमा लिएको अध्यक्ष श्याम बंजराले बताएका छन् ।


SHARE THIS

Author:

Facebook Comment