अबैध डेढ किलो सुन पक्राउ

चितवन–
मकवानपुर प्रहरीले अवैध रुपमा डेढ किलो सुन ल्याएको आशंकामा बुधबार बिहान सवेरै एक जनालाई पक्राउ गरेको छ । हेटौंडाबाट पथलैया जाँदै गरेको बा ३ ख ४७४६ नम्बरको यात्रु बस चेक जाँचगर्ने क्रममा सो बसमा रहेका रौतहट जिल्ला गौर नगरपालिका–१३ बस्ने ३० वर्षका अर्जुन सिंहको साथमा सो परिमाणको सुन फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।
एक किलोको एउटा सिंगो र एउटा आधा टुक्रा भएको अवस्थामा सुन फेला परेको फोटो मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ । इलाकाप्रहरी कार्यालय हेटौंडा पशुपतिनगरको टोलीले रातमाटेमा चेक जाँचगर्दा सुन भेटाएको प्रहरीको भनाइ छ । बिहानपौने चार बजे प्रहरीले गाडी खानतलासी गरेको मकवानपुर प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै मंगलबार साँझ सात बजे रातमाटेमै प्रहरीले लागू औषधसहित एक जनालाई पक्राउ गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । ना १ ज ५२७० नम्बरको यात्रु बस खानतलास गर्दा हेटौंडा–४ का ३९ वर्षीय सन्तोष गुप्ताको साथबाट लागू औषध डाइजेपाम २४ एम्पुल, ब्युप्रिनोफिम २५ एम्पुल र फेनार्गन २४ एम्पुल फेला परेको थियो । बस बीरगञ्जबाट हेटौंडा आउँदै थियो ।

मकवानपुर प्रहरीले अवैध काठ कारोबारमा लागेका दुई जनालाई पक्राउ गरेको छ । मकवानपुर गढी गाविसको तीनघारे वनबाट सालको पाँच क्युफिट चिरान काठ ल्याएको आरोपमा प्रहरीले गढी गाविस– ८ का महेस स्यानताङ र सञ्जय लोप्चनलाई सोमबार रातीनौ बजे पक्राउ गरेको थियो। दुवैजनालाई मंगलबार जिल्ला वन कार्यालय बुझाएको प्रहरीको भनाइ छ ।
- nagarik news

SHARE THIS

Author:

Facebook Comment