नक्कली नागरिकताकै आधारमा कामकाज

वीरगंज/एक व्यक्तिले नक्कली नागरिकताकै आधारमा विभिन्न सरकारी निकायमा कामकाज गर्ने गरेको रहस्य खुलेको छ ।
वीरगंज उपमहानगरपालिका वडा नं. २ को ठेगाना उल्लेख गरेर ३४३०२२–२/४५५ नाप्रप नं. उल्लेख भएको दिनेश कुमार गुप्ताको नाममा जारी भएको नागरिकता प्रमाण पत्रमा नेपाल सरकारको छाप र नागरिकता प्रदान गर्ने अधिकृतको पद सहितको
छाप समेत नलागेको नागरिकता फेला परेको हो ।
गुप्ताले नक्कली नागकिरताकै आधारमा जग्गा खरिद विक्रिका साथै विभिन्न कारोबार गर्ने गरेका छन् ।
यस दैनिकलाई प्राप्त समाचार अनुसार भारत बिहारको मलाही निवासी सत्यनारायण प्रसादका छोरा दिनेश कुमार गुप्ताले झुठो विवरण पेश गरी २०६३ सालमा खटेका नागरिकता टोलिबाट रकमको भरमा हतारमा नागरिकता प्रमाण पत्र लिन सफल भए पनि नेपाल सरकारको स्टाम्प र प्रमाण पत्र दिने अधिकारीको हैसियत अर्थात पद सहितको छाप उल्लेख हुनुपर्ने भए पनि सो नभएको फेला परेको छ ।
नागकिरता प्राप्त गर्ने गुप्ताले समेत प्रमाण पत्रमा हस्ताक्षर र औठा छाप लगाएका छैनन् ।
वीरगंज उपमहानगरपालिका वडा नं. १९ स्थित नगवामा रहेको जय श्री लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिका मुख्य संचालक रामलाला सिंह फरार प्रकरणमा गुप्ताको समेत संलग्नता देखिए पछि उत्पन्न विवाद पश्चात् गुप्ताको नागरिकता नक्कली भएको रहस्य खुलेको हो ।
सहकारी संस्थामा फरार सिंह की श्रीमती रंजना सिंह र गुप्ता की श्रीमती मनिता देवी कलवार समेत संचालक समितिमा रहेको र सिंहको घर जग्गा ऋण वापत रु. २५ लाख दिएर गुप्ताले नामसारी समेत गराएको रहस्य खुले पछि खोजतलासका क्रममा गुप्ताको नागरिकता नक्कली भएको रहस्य खुलेको स्थानीयवासीले बताएका छन् ।
जय श्री लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिका पिडित बचतकर्ताहरुले रामलाला सिंहलाई फरार गराउनुमा प्रमोद पटेलको संलग्नता रहेको भन्ने हल्ला निराधार भएको बताएका छन् ।
उनीहरुले सिंहलाई फरार गराउनुमा गुप्ताकै प्रत्यक्ष संलग्नता रहेको आरोप समेत पिडितहरुले लगाएका छन् ।
पछिल्लो १० वर्ष देखि नेपाल स्थित वीरगंज उपमहानगरपालिका वडा नं. १९ स्थित नगवामा डेरा गरी
बस्दै आएका गुप्ता २०६३ साल नागरिकता टोलीबाट वीउमनपा वडा नं. २ मा जन्म भएको भनि झुठो विवरण पेश गरी नेपाली नागरिकता लिन सफल भएका हुन् ।
वीउमनपा वडा नं. २ स्थितमा गुप्ता वा उनका परिवारका कुनै सदस्यले कहि कतै डेरा समेत लिएर बसेको भन्ने लेखा जोखा नरहेको स्थानीयवासीहरुको भनाइ छ ।
श्रोतका अनुसार गुप्ताको नक्कली नागरिकता एवं नक्कली जन्म स्थानको सम्बन्धमा उनका परिवारिक जानकारी प्राप्त व्यक्तिले कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिने तैयारीमा जुटेका छन् । 

SHARE THIS

Author:

Facebook Comment