भ्रष्टाचारीलाई रकम मात्रै चाहियो

बीरगंज /यातायात व्यवस्था कार्यालयका कर्मचारीले जस्तो सुकै कार्य गर्नको लागि रकम नै माग्ने गरेका छन । सवारी अनुमति पत्रमा व्यापक भ्रष्टाचार अनियमितता गरेर कमाउन  सफल भएका यातायात कार्यालयका कर्मचारीले सानो भन्दा सानो कामको लागि रकम माग्ने गरेकोले सेवाग्राही निकै पिडीत हुन पुगेको छ । नेपाल सरकारको नोकर भएर सर्वसाधारण जनताको पक्षमा काम गर्न अलिकति पनि इमानदारीता न देखाएर रकम मागी दुख दिने गरेकाले त्यस्ता कर्मचारीको नै विगबिगीले गर्दा बसको र· परिवर्तन गर्नको लागि पनि भ्रष्ट कर्मचारीलाई रकम बुझाउनु पर्ने बाध्यता नै रहेको छ । समासचार शुत्रका अनुसार बस धनीले आफनो बसको र· परिवर्तन गर्नको लागि निवेदन दिदा यातायात कार्यालयका कर्मचारीले रु. ५ हजार दिएमा मात्रै र· परिवर्तन गरिएको सिफासिर गरिने दवाव बस धनीलाई दिएकाले कार्यालयमा भ्रष्ट कर्मचारीको कति मनोपलि रहदै आइरहेको छ भन्ने जोसुकैपनि भन्न सक्छ । आफनै बसको रु· परिवर्तन गर्न निवेदन दिदा कर्मचारीले पहिले नै रकम माग्ने गरेकाले बस धनी निकै पिडीत भएका छन । 

SHARE THIS

Author:

Facebook Comment