क्राइमचेक प्रतिनिधि/
वीरगंज/गत हप्ता अर्थात जेठ महिनामा एउटा खबरले वीरगंजको बजारलाई राम्रै तताएको थियो ।
सेवाग्रही जनताहरुको अत्यधिक चाप रहने कार्यालयहरु मध्येको एक अर्थात जिल्ला मालपोत कार्यालय पर्सामा कर्मचारीको मनपरीले हुने गरेको अनियमितता र भ्रष्टाचार सम्बन्धमा प्रकाशित समाचार र एउटा पत्रिकाले प्रकाशित गरेको समाचारको खण्डन अर्को पत्रिकामा प्रकाशन भएपछि निकै चर्चा परिचर्चाको विषय बनिरह्यो ।
हुन राजनीतिक संक्रमणको फाइदा उठाउँदै पर्साका सरकारी कार्यालयका कर्मचारीहरुले पदीय दायित्त्व विपरित गएर भ्रष्टाचार गर्नु र सेवाग्रहीको काम प्रभावित गर्नु पर्सावासीकालागि कुनै नौलो विषय नभएपछि मालपोतमा पनि भ्रष्टाचार हुँदो रहेछ भन्ने कुरा नपत्याउने कुरै भएन ।
पर्सा जिल्ला लगायतको क्षेत्रमा एउटा अर्को पनि के चर्चा हुने गरेको छ भने कसैको पक्षमा समाचार प्रकाशित गरिएको छ भने फलानो पत्रकारले पैसा खाएर उसको सपोर्टमा समाचार लेख्यो र कसैको विरोधमा समाचार आयो भने उसले पैसा मागेको थियो दिएन अनि समाचार छाप्यो । सत्यतथ्य लेख्ने सञ्चारकर्मी जहिले पनि बदनाम हुँदै आएका छन् ।
यसै सन्दर्भमा गत जेठमा वीरगंजमा एउटा अनलाइन पत्रिकाको उद्घाटनका एकजना न्यायमूर्तिले भनेका थिए, ‘पर्साका कर्मचारीहरू भ्रष्टाचारी छन् भन्ने मनोरोगबाट यहाँका सञ्चारकर्मीहरू ग्रस्त छन् ।’
सम्माननीय न्यायमूर्तीको उक्त अभिव्यक्ति पर्साका कार्यालयमा हुने अनियमिततालाई मलजल गर्ने हिसाबले पनि प्रेरित रहेको चर्चा पनि चलेको थियो ।
त्यसैगरी गत जेठ महिनामै दुईवटा सरकारी कार्यालयमा उपभोक्ताले पाउने सेवामा ढिलाई पछि तनावपूर्ण अवस्थाको सिर्जना भएर कार्यालयमा तोडफोड र कर्मचारीलाई कालोमोसो समेत दलिएको थियो ।
कर्मचारीलाई कालोमोसो दलेर तोडफोड गर्नु कानुनविरोधी काम भएपनि आफूले पाउने सेवा निर्धारित शुल्क तिरेर नपाउने छाँटकाँट देखेपछि आक्रोशित सेवाग्रहीहरूले त्यस्तो कदम उठाउन बाध्य भएको बताए थिए ।
अब प्रसँग आउँछ जिल्ला मालपोत कार्यालय पर्सामा हुने गरेको अनियमितता र भ्रष्टाचारको । त्यो कार्यालयमा विगत २५ वर्षदेखि कार्यरत अधिकृति किरण उपाध्यायको कार्यशैली कसैसँग लुकेको छैन । जग्गा दलाल र लेखनदासहरूसँग कमिसनका आधारमा जग्गाको कम मूल्याड्ढन गर्ने, जिउँदो व्यक्तिलाई मरेको भन्दै एउटा व्यक्तिको जग्गा अर्कोको नाममा नामसारी गरिदिने, सरकारी स्वामित्व तथा गुठीका जग्गा व्यक्तिको नाममा गरेर अकूत सम्पत्ति आर्जन गर्न सफल किरण उपाध्यायको अनियमितताको चर्चा जति गरेपनि कमै हुनेछ ।
गत महिना स्थानीय पत्रिकामा आफूविरुद्ध प्रकाशित समाचारको विषयलाई लिएर उपाध्यायले पत्रिकाले जति समाचार प्रकाशित गरेपनि आफूलाई कसैले कुनै पनि कारवाही गर्न नसक्ने भनेर आफ्ना नजिकका मानिसहरूलाई ढुक्क हुन आग्रह गरेका थिए ।
हुन पनि पटक–पटक सरुवा भएर पनि पैसा र पावरको आधारमा विगत २५ वर्षदेखि जिल्ला मालपोत कार्यालयमै टिक्न सक्ने हुत्ती सबैमा हुन सक्दैेन तर भ्रष्टाचारीहरू विरुद्ध निकै सक्रिय रुपमा कार्य गर्दै आएको अख्तियार दुरुपयो अनुसन्धानको आँखा पर्सा मालपोत कार्यालयमा किन नपुगेको हो भन्ने आशंकाले पनि विभिन्न प्रश्नहरू तेर्सिएको ।
आपूविरुद्ध समाचार प्रकाशित नगर्न केही सञ्चारकर्मीहरूलाई मिलाउँदैमा, स्थानीय समाचारपत्रमा भ्रष्टाचार विरुद्ध समाचार नआउँदैमा अख्तियार चुप लागेर बस्छ कि सुक्ष्म रुपमा छानबिन गरी कारवाही प्रक्रिया अगाडी बढाउछ यो भने चासोको विषय बनेको छ ।