– बिम्मी शर्मा/
वीरगंज/ १६, १७ वर्षको अल्लारे उमेरमा शँकर क्षेत्रीले करिब ४५ वर्षअघि वीरगंजको माईस्थान मन्दिरको पछाडि रोटी तरकारीको सानो पसल थापेका थिए । ५० रुपैंया खर्च गरेर खोलिएको त्यो पसलबाट शँकरले अहिलेसम्म ५० लाख भन्दा बढीको आम्दानी गरिसकेका छन् । ६० वर्षीय शँकर विगत कोट्याउँंदै भन्छन् ‘त्योबेला वीरगंज जेरी, कचौडी र भूजा पकौडीको पसलले भरिएको थियो, रोटीको पसल कसैले नखोलेकोले मैले यसैबाट आफ्नो जीविकाको शुरुवात गरें ।’ वीरगंजमा उनलाई सबैले रोटी वाला शँकर को नामले चिन्दछन् । हँसिला शँकर अगाडि थप्छन् ‘मेरो पूरै यूवाअवस्था रोटी बेल्न र पकाउनमा नै खर्च भयो’ उनले पकाएको रोटी खान वीरगंज काम विशेषले आएकाहरु छाड्दैनन् । हेटौंडा, नारायणघाट र काठमाण्डौं देखिका मान्छेहरु यहाँ आएका बेला शँकरको रोटीपसलमा आउंछन् ।
त्योबेला २० रुपैंयाका कोठा भाडामा लिएर रोटी पसल खोल्दा भोग्नुपरेको सास्ती शंकरकी श्रीमती सीता क्षेत्री सम्झदैं भन्छिन् ‘त्यो बेला दिनभरिमा १० वटा रोटीपनि बिक्री हुन्थेन, कहिलेकाँही भोकभोकै सुत्नु पर्दथ्यो ।’ अधिकाँश पहाडिया मूलका वीरगञ्जेलीहरु उतिबेला रोटी मन पराउथेनन् । तर शँकरले हरेश खाएनन् र सादा अनि आलू भरेको स्वादिष्ट रोटी र तरकारीको स्वादले तानिएर मान्छे आउन थाले । अहिले त धेरैले साँझ उनकै रोटी पसलबाट किनेर लगेर राति खानाको रुपमा खान्छन् । बिहान ३ बजेदेखि साँझ ७ बजेसम्म अनवरत खटिएर शँकरले दिनभरिमा सयौंको पेट भर्छन । उनी भन्छन् ‘एकदिनमा १२ किलो पिठो खपत हुन्छ डेढसय भन्दा बढीले यहीं खाने वा प्याक गरेर लैजान्छन् । ’ उनी सादाको ५ र आलू भरेको रोटीको १० रुपैंया लिन्छन् भने तरकारी सित्तैमा पाईन्छ ।
ललितपुर मूल घर भएका शंकरका बुवा वीरगंजका एक प्रसिद्ध उद्योगीको घरमा चौकीदारीको काम गर्दथे । सानैमा उताबाट यता आएका शंकर फेरि फर्केर गएनन् । उसो त ६ कक्षासम्म पढेका शंकरलाई बैंकमा पिउनको जागिर नपाएको हैन, तर उनले सानै भएपनि आफ्नै ब्यवसाय गर्न मन गरे । जसको परिणाम उनको त्यो रोटी पसल हो जसको स्वाद नलिएका कमै छन् । मन्दिरको छेउ भएको हुनाले दशैंमा शँकरलाई भ्याई नभ्याई हुन्छ । यो बेला रोटी तरकारीको बिक्री दोब्बर भन्दा बढी बिक्री हुने बताउंछन शँकर ‘दशैं तिहारमा त दिनको ३० किलोसम्मको पिठोको रोटी पाक्छ ।’
चार छोराछोरीका बुवा शँकरले दुईटी छोरीको घरजम गराईसकेका छन् भने जेठो छोराले बिबिएस गरेर आफ्नै सहकारी खोलेका छन् । कान्छो छोरा पनि क्याम्पसमा अध्ययन गर्दैछन् । दुबै छोरालाई यही रोटी बेचेर कमाएको पैसाले मोटरसाईकल किनिदिएकोमा सन्तुष्टी व्यक्त गर्दै उनी भन्छन् ‘छोराहरुले रहर गरे, आफुले आफ्नो बेलामा नसकेपनि यही रोटीको आम्दानीले ५ लाखमा दुबैलाई किनिदिए ।’
यही रोटीको कमाईले शँकरले वीरगंज र ललितपुरमा गरेर ४ ठाउंमा घरघडेरी जोडिसकेकाछन् । उनले मासिक २० रुपैंयामा भाडामा लिएर चलाएको रोटीको पसलभाडा अहिले ५ हजार पुगिसकेको छ । त्यही घरमाथि अलग भाडा लिएर बस्ने उनी सजिलोकालागि त्यहाँ बसेको बताउंछन् । छुट्टै घर बनाएर बस्न सक्ने सामथ्र्य भएपनि माईस्थान टोलसंग उनलाई बिछट्टै माया बसेको छ । मान्छेको कल्यागँ मल्यागँ र ओहोर दोहोरका बीच बस्ने बानी भईसकेको शँकर ४५ वर्षअघिको समय सम्झिदैं भन्छन् ‘त्योबेला त यहाँ साँझ पर्यो कि सुनसान हुन्थ्यो, यस्तो चहलपहल कहाँ हुनु नी ।’
छोराहरुले राम्रो बन्दोबस्त गरिसके, आम्दानीको अन्य श्रोत बनिसकेकोले उनलाई छोराले अब यो रातदिन आगोमा बस्ने काम नगर्न भन्छन् । पढेलेखेका छोराहरुलाई आफ्ना साथीभाइ माझ बाउले रोटी पकाईरहेको देख्दा र पाहुनाको अगाडि लाजमर्दो हुन्छ शायद त्यसैले उनीहरु अब यो काम छाडेर घर मै बस्न आग्रह गर्ने गरेको शँकर बताउंछन् । तर ४५ वर्षदेखि अहोरात्र आगोमा खटिएर कालो हुनुको साटो आगोमा खारिएर निख्खर बनेको सुन जस्तो खाईलाग्दा गोरा शँकर अन्तयमा भन्छन ‘जुन रोटीले मलाई यत्रो सम्पति दियो, वीरगंजेलीहरु माझ चिनायो त्यसलाई कसरी छाड्न सक्छु ? म हात खुट्टा चलुन्जेल यही रोटी पकाएर भोकाहरुको पेट भर्नेछु ।’ प्रकाशित मितिः२०७१ असार ५ गते बिहीवार