रिमक्रिमको रहस्यमय मृत्युप्रति महिला आयोगको चासो, प्रशासनको मौनता


वीरगंज, बाराको सिमरा गढिमाई नगरपालिका  पिपरा वडा नं. ४ निवासी श्याम गुप्ताकी श्रीमति भारत बिहार पुर्वीचम्पारण तुरकौलिया थाना सिमरा बाजारकी रिमझिम गुप्ताको गत जेष्ठ २५ गते रहस्यमय निधन भएको थियो ।
रिमझिमका दाजु राजेश कुमारले राष्ट्रिय महिला आयोगमा रहस्मय मृत्यु भएको आशंकामा उजुरी गर्दा आयोगका प्रतिनिधिहरुद्धारा २ दिन देखि घण्ना स्थलमा पुगी श्याम गुप्ताका परिवारजन, इलाका प्रहरी कार्यालय सिमरा, जिल्ला प्रहरी कार्यालय बारा, जिल्ला प्रशासन कार्यालय बारा, उपचार भएको ठाउ नेश्नल मेडिकल कलेज, वीरगंज हेल्थ केयर हस्पिटल लगायत नारायणी उपक्षेत्रिय अस्पतालमा पुगी सत्यतथ्यको लागि छानिबिन प्रक्रिया अगाडि बढाइएको आज आयोगले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
मधेसी पत्रकार समाज पर्साद्धारा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय महिला आयोगका सदस्य उर्मिला देवी विश्वकर्मा, आयोगका कानुन अधिकृत बिरेन्द्र केसीले रिमझिमका श्रीमान श्याम गुप्ता, ससुरा बिनोद गुप्ता, बिनोद गुप्ताका जेठि बुहारी कविता गुप्ता, रिमझिमका नन्द सुनिता गुप्तासंग सोधपुछ गर्दा रिमझिमले बिना कारण बिस खाएको बताएका पनि स्थानिय बासी तथा प्रहरी प्रशासनसंग बुझदा बिगत केहि दिन देखि मानसिक तनाव दिदै आएको कारण र श्रीमान संग विवाद हुंदा बाध्य भई विस सेवन गरेको तथ्य बुझिन आएको आयेगकी सदस्य विश्वकर्माले पत्रकार सम्मेलनमा बताइन । मृत्यु भएको १० दिन बिति सक्दा पनि प्रहरीले हाल सम्म मुद्धा पनि दर्ता नगरेको र इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक कुमार विक्रम थापा, प्रहरी उपरिक्षक इश्वर बाबु कार्की, प्रमुख जिल्ला अधिकारी पशुराम अर्यालसंग घटनाका दोषिलाई हाल सम्म पक्राउ नगरिनुको कारण सोधदा हाल उनिहरु कामक्रियामा बसेकोले पक्राउ नगरिएको बताएका थिए । जुन कानुुन विपरित रहेको र धार्मिक आडमा दोषिलाई पक्राउ नगरी एकलौटि रुपमा केटि पक्षलाई नै पिडा दिइरहेको बताए । कानुनमा कुनै पनि अपराधिक गतिविधिमा संलग्न भएको व्यक्तिलाई धार्मिक परम्परा देखाई पक्राउ नगरिनुले पुलीस प्रशासनले घण्टालाई दबाउन खोजेको आयोगका कानुन अधिकृत बिरेन्द्र केसीले आरोप समेत लगाएका थिए । बिहेमा ३५ तोला सुन, ६० लाख बराबरको ३ कठ्ठा जग्गा, १६ लाख भारु रुपैया गरी करिब १ करोड बराबरको दाइजो दिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । मधेसी पत्रकार समाजका अध्यक्ष संतोष पटेलले कार्यक्रमको सहजीकरण गरेका थिए ।


SHARE THIS

Author:

Facebook Comment