– रामपुकार राउत
रौतहट ७ मंसिर ।
जिल्ला प्रशासन कार्यालय रौतहटको भवन निर्माण कार्य करीब एक महिनादेखि अलपत्र परेको छ । जिल्ला प्रशासन कार्यालय भवन निर्मानका लागी शहरी विकास मन्त्रालयबाट स्वायल टेस्ट भई टेण्डर भई सकेको छ । २ करोड ८ लाख ८० हजार २ सय ६१ पैसाको लागतमा प्रशासन कार्यालय रौतहटको तीन तल्ले भवनका लागि प्रहरी निकाय तथा भवन निर्माण विभाग डिभिजन कार्यालय पर्सा बिरगंज र भवन निर्मानको ठेक्का पाएका निर्माण कम्पनी थेगिम कन्शट्रक्शन प्रा.लि. बीच २०७१ असोज २२ गते सम्झौता भएको थियो । सदरमुकाम गौरको मुख्य स्थानमा रहेको ब्यारक फिल्ड मैदानमा सो कार्यालयको भवन निर्माण भए बेला बेलामा र्ओली राख्ने हेलिकप्टर लैण्डिङ्ग तथा आमसभा लगायतका कार्यक्रमका लागी ठाँउको अभाव हुने भन्दै केहि राजनितीक कर्मीले प्रमुख जिल्ला अधिकारी मदन भुजेल समक्ष प्रस्ताव राख्दा निर्माण कार्य रोकिन गएको हो ।
प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भवन निर्माण कार्य केहि स्थानीय नेताहरुको आग्रहमा मौखिक रुपमा आफूले रोकेको स्वीकारेका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटको भवन निर्माण कार्य रोकिएको बारे गृह मन्त्रालयलाई जानकारी नभएको मन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद ढकालले बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालयको भवनको निर्माण कार्य रोकिएको कारण सहित गृह मन्त्रालयलाई लिखित जानकारी गराउनु पर्ने भए पनि प्रमुख जिल्ला अधिकारीले यो विषयमा मन्त्रालयलाई कुनै किसिमको जानकारी नगराएको प्रवक्ता लक्ष्मी प्रसाद ढकालले बताउनु भयो । भवन निर्माण रोक्काको विषयमा मन्त्रालयलाई कुनै जानकारी नरहेको विषयमा प्रजिअ भुजेललाई सोध्दा आफुले मन्त्रालयलाई जानकारी गराई सकेको तथा यस्ता विषयमा मन्त्रालयको प्रवक्तालाई केहि थाहा हुने नगरेको प्रतिक्रिया दिए ।
निर्माण कार्य रोक्काका लागी निर्माण कम्पनीलाई जिल्ला प्रशासन कार्यालयले कुनै किसिमको लिखित आदेश नदिई केहि स्थानिय नेताको ईसारामा मौखिक रुपमै निर्माण कार्य रोक्न लगाईएकोे ठेकेदारको गुणासो रहेको छ । हाल जिल्ला प्रशासन कार्यालय जिल्ला विकास समितीको प्राङ्गगमा जिर्ण अवस्थामा रहेको जिविसको भवनमा संचालन भईरहेको छ । हाल संचालनमा रहेकै जग्गामा जिल्ला प्रशासनको नया भवन निर्माण हुनुपर्छ भन्ने केहि स्थानिय नेताहरुको मांग रहेको छ भने सो जग्गा हाल सम्म जिल्ला विकास समितीको नाममा समेत नभई व्यक्तिको नाममा रहेकोले सो जग्गामा नया भवन बनाउने अवस्था नरहेको निर्माण कम्पनीले बताएको छ ।
जिल्ला प्रशासन कार्यालयको नाममा रहेको ब्यारक मैदानमै जिल्ला प्रशासन कार्यालयको भवन निर्माण हुनुपर्ने स्थानियको मांग रहेको छ । ब्यारक मैदानमा जिल्ला प्रशासनको भवन निर्माण गराउन तथा प्रजिअले निर्माण कार्यमा बाधा पु¥याएकोले छानबीन गरी कारवाहीका लागी स्थानियले असोज २९ गते प्रधानमन्त्री सुशिल कोईराला लाई रौतहट आएको बेला ज्ञापन पत्र समेत बुझाएका थिए ।
हाल जिल्ला विकास समितीको कार्यालय र जिल्ला प्रशासन कार्यालय एकै ठाउमा हुँदा सेवाग्राहीहरुको अत्याधिक भिडभाड हुने गरेकोले जिल्ला प्रहरी कार्यालय संगै रहेको ब्यारक मैदानमा जिल्ला प्रशासन कार्यालयको नया भवन निर्माण भए जिल्ला भरीका सेवाग्राहीलाई सजिलो हुने भएकोले ब्यारक मैदानमै भवन निर्माण हुनु पर्ने नेपाली कांग्रेसका महा समिती सदस्य देवी प्रसाद तिम्लसिना को मांग रहेको छ ।
जिल्ला विकास समितीको जग्गा जिविसको नाममा नआई सकेकोले सो स्थानमा जिल्ला प्रशासनको भवन निर्माण गरीनु अनुचित रहेको र केहि विकास विरोधी राजनितीज्ञले व्यक्तिगत स्वार्थका लागी विभिन्न बखेडा खडा गरी विकास निर्माणमा बाधा पु¥याउने प्रयास गरेको भन्दै सरकारले गरेको निर्णय बमोजिम निर्माण कार्य गराउन पुर्वमन्त्री तथा काग्रेसका केन्द्रिय सदस्य मो.अफताब आलमले प्रजिअ भुजेललाई आग्रह गरे ।
नेपाल सरकारले गरेको निर्णय सर्वमान्य रहेको भन्दै ठेक्का भईसकेकोले जनभावना विपरीत विकास निर्माणको कार्यमा व्यक्तिगत स्वार्थको राजनिती गर्नु अशोभनिय रहेकोले भवन निर्माणका लागी ब्यारक मैदान सबै भन्दा राम्रो स्थान रहेको रौतहट क्षेत्र नं ५ का सभाषद जितेन्द्र यादव सुनिलले बताए ।
वर्षाै देखिको प्रयास पश्चात हुन लागेको भवन निर्माणमा अवरोध खडा नगर्न सबैलाई आग्रह गर्दै ब्यारक मैदानको जग्गा जिल्ला प्रशासनको नाममा रहेकोले सो जग्गामै भवन बन्नुपर्छ भन्ने एमालेका सभाषद वंशीधर मिश्रको धारणा रहेको छ ।