स्वचालित हतियार सहित ईन्जिनियर पक्राउ

सप्तरी
हान-मंगलवार दिउँसो सप्तरी प्रहरीले स्वचालित पेस्तोल सहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने राजविराज ७ का विपिन झा(२३) रहेको जिल्ला प्रहरी कार्यालय राजविराजका डिएसपि दानबहादुर कार्कीले जानकारी दिए।
पारीबाट हतियार लिएर सखडा राजविराज सडक खण्ड हुँदै राजबिराजतर्फ आईरहेका झालाई सप्तरी प्रहरीले विसनपुर चौकबाट पक्राउ गरेको कार्कीले बताए। स ६ प १६९२ नम्बरको मोटरसाईकलमा सवार झाको साथबाट प्रहरीले एक थान स्वचालित पेस्तोल बरामद गरेको कार्कीले जानकारी दिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट झा कमप्युटर ईन्जिनियर रहेको कार्की बताए। उनलाई हातहतियार तथा खरखजाना मुद्धामा म्याद थप गरि कारबाही अगाडि बढाइएको कार्कीले जनाए।
-

SHARE THIS

Author:

Facebook Comment