गौतममाविमा चित्रकला प्रतियोगिता

वीरगंज, जेष्ठ २१ पर्सा
विश्व वातावरण दिवस २०१४ को अवसरमा गौतम माध्यमिक विद्यालयका विद्यार्थीहरुविच चित्रकला प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगितामा विद्यार्थीहरुले वातावरण जोगाउनलाई वन विनास, हरिया रुख विरुवाहरु जथाभावी काट्नु हुन्न, वन विनास भए वातावरण नै प्रदुषित हुने लगायतको बारेमा विद्यालयको पर्खालमा सन्देशमूलक चित्रहरु कोरिरहेका छन् । कक्षाः ७, ९ र १० का विद्यार्थीहरुले आइतवारदेखि नै आ–आफ्नो चित्र सर्वोत्कृट वनाउन लागि परेको शिक्षक एलविन रेन्जरले बताउनुभएको छ । चित्रकला प्रदर्शनीमा विद्यार्थीहरुले लगनका साथ चित्र वनाइरहका छन् । भने चित्रकला प्रदर्शनीमा उत्कृष्ट प्रथम, द्वितीय र तृतीयलाई विहिवार दिउसो २ः०० वजे कार्यक्रमका विच पुरस्कृत गर्ने विद्यालयले जनाएको छ । चित्रकला प्रतियोगितामा कक्षा ७ की महिमा साह, ९ ‘क’ का राजन पुरी, ‘ख’ का रोसन साह, ‘ग’ का सवजान आलम, र ‘डि’ का घनश्याम दास, त्यसैगरी कक्षा १० ‘क’ का आर्यन जोशी, ‘ख’ का अजय सर्मा, ‘ग’ का मोहित साह, र ‘घ’ का रोसनी साह लगयतका समूहहरुले भाग लिएका छन् ।
चित्रकला प्रतियोगितामा सहभागीहरुमध्ये सर्वोत्कृष्ट क्रमशः प्रथम, द्वितीय र तृतीय चित्रहरुलाई पुरस्कार दिइने गौतम माध्यमिक विद्यालयले जनाएको छ । 

SHARE THIS

Author:

Facebook Comment