वीरगंज, २१ जेठ ।
हत्या अभियोगमा फरार रहेका एक अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । पर्साको अपरपटि गाविस ६ निवासि ३० बर्षिय नवल सहनिको हत्या अभियोगमा फरार रहादै आएका सोहि ठाउा निवासि दिपा भन्ने दिपक सहनि मलाहलाई भारतिय प्रहरीको सहयोगमा पर्सा प्रहरीले मंगलबार राति पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरी टोलिले भारतिय प्रहरीको समन्वयमा जिल्लाको भिषुवा ९ बाट सहनिलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक धिरज प्रताप सिंहले जानकारी दिनुभयो । अमरपट्टी ६ निवासि ३० बर्षिय मृतक नवल सहनीकी श्रीमती प्रमिला देवी र दिपक सहनी मलाह बिच अबैध प्रेम सम्बन्ध रहेको र सोही प्रेम सम्बन्धको कारण दुवै जनामिलेर गत फागुन २७ गते विहान आफनै घरमा नवल सहनीलाई घाटी थिची हत्या गरेका थिए । हत्या पछि प्रहरीले मृतककी श्रीमती प्रमिला देविलाई पक्राउ गरेको थियो भने अभियुक्त दिपक फरार रहादै आएका थिए । प्रमिला देविलाइ जिल्ला अदालतले गत चैत्र २३ गते पुर्पक्षका लागि जेल चलान गरिसकेको छ । यता हत्यामा संलग्न दिपक संग प्रहरीले ८१ हजार नगद रुपैयाा समेत बरामद गरेको र निजलाई थप कारवाहिका लागि आवश्यक प्रकृया अगाडि बढाइएको प्रहरी उपरिक्षक सिंहले बताउनुभयो ।