अबैध बिद्यालय बन्द गराउन नेबिसंघ तात्यो

वीरगंज, २१ जेठ ।
               शिक्षा नियमावलि विपरित सन्चालनमा रहेको अबैध विद्यालय तत्काल बन्द गर्नु पर्ने लगायतका ५ बुादे माग सहित नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखि क्याम्पस इकाइ समितिले बुधबार पर्साका प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा अबैध रुपमा सन्चालनमा रहेका विद्यालयलाई कारवाहि गर्नु पर्ने, नियमावलि अनुसार सस्थागत विद्यालयले पनि छात्रबृत्ति प्रदान गर्नु पर्ने, कक्षा अनुमति भन्दा बढी सन्चालनमा रहेका विद्यालयलाइ तुरुन्त कारवाहि गर्नु पर्ने, विद्यालय अनुगमनका लागि सरोकारवाला सवैलाई समेटेर समिति गठन गर्नुपर्ने, शिक्षक अनमति पत्र प्राप्त गरेका शिक्षकलाई मात्र पठन पाठनमा संलग्न गराउनपर्ने लगायत विभिन्न ५ बुादे माग समेटिएको छ ।
 इकाइ समितिका कार्यवाहक अध्यक्ष बद्रिनारायण तिवारी र विद्यार्थी नेता सुधिर पटेलको नेतृत्वमा गएको टोलिले प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयलाइ ज्ञापन पत्र बुझाउादै आफुहरुको माग २४ घण्टा भित्र पुरा नभए सम्पूर्ण शैक्षिक सस्थाका लेखाशाखामा अनिश्चितकालिन तालाबन्दि गरेर आन्दोलनमा उत्रिने चेतावनि दिइएको छ ।


SHARE THIS

Author:

Facebook Comment