वीरगंज, २१ जेठ ।
पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयले जिल्लाको जनसंख्यालाई लक्षित गर्दै तल्लो बर्गका जनता समक्ष विकास निर्माणलाइ पुर्याउनु पर्ने अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको आयोजनामा जिविस पर्साको सभाकक्षमा बुधबार सम्पन्न जिल्ला जनसख्या समन्वय समितिका पदाधिकारीहरुको अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी बजिमयले जिल्लाको जनसख्यालाई वर्ग, क्षेत्र र जातको हिसावमा उचित व्यवस्थापन गरि विकाश निर्माण लगायत चेतनामुलक कार्यक्रम लक्षित बर्ग सम्म पुर्याउनु पर्नेमा जोड दिनुभयो । जिल्ला विकास समिति पर्साका स्थानिय विकास अधिकारी दिनेस चापागाइको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।