कालो बजारीमा संलग्न २ ब्यापारी पक्राउ

कपिलवस्तु
कालो बजारीमा संलग्न जिल्लाका २ व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। पेट्रोलियम पदार्थ तथा ग्यासको कालो बजारी गरेको भन्दै तौलिहवाका २ जना व्यवसायीलाई पक्राउ गरिएको हो।

प्रहरीले बिजगौरीका पेट्रोल ब्यापारी कमलेश बरई र ग्यास ब्यापारी मोहोम्मद जमा मुसलमानलाई पक्राउ गरेको जनाएको छ। जन गुनासोका आधारमा अनुगमनपछि प्रहरीले ती दुई ब्यपारीलाई पक्रेको थियो। प्रहरीले तौलेश्वर महादेव आयल स्टोरका संचालक कमलेश बरईलाई बढी मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गरेको आरोपमा पक्राउ गरी थुनामा राखेको छ। पक्राउ परेका बरईले खुद्रा व्यवसायीसँग मिलेर बढी मूल्यमा डिजल तथा पेट्रोलको कारोवार गरेको प्रहरीले जनाएको छ। बरईलाई प्रहरीले कालो बजारी ऐन अन्र्तगत मुद्दा दायर गरी जिल्ला प्रहरी कार्यालयमा थुनामा राखेको छ।

यसै गरी तौलिहवा आनन्दवागस्थित ग्यास ब्यापारी मोहम्मद जमा मुसलमानलाई १ हजार ४ सय मुल्यको खाना पकाउने सिलिण्डरलाई १ हजार ५ सय रुपैयाँमा बिक्री गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका मोहम्मद जमा मुसलमानलाई प्रहरीले एक दिन थुनामा राखी तारेखमा छाडेको छ।

मोहम्मद जमाले खुलेयाम बढी मूल्यमा ग्यास सिलिण्डर बिक्री वितरण गर्दै आएको जन गुनासो बढी पछि स्थानीय प्रशासनले यस्तो कारवाही अघि बढाएको हो। जिल्लामा कालो बजारी नियन्त्रणका लागि शन्य सहनशीलता अपनाइने प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरेले बताइन्। सर्वसधारणहरुले कालो बजारी, अनियमितता, भ्रष्टाचारलगायत सुशासनलाई चुनौती दिने कुनै पनि विषयमा कुनै गुनासो भए सिधै आँफूलाई सम्पर्क गर्न प्रजिअ घिमिरेले नागरिकहरुलाई आग्रह गरेकी छिन्।
nagariknews

SHARE THIS

Author:

Facebook Comment