माओवादी जनयुद्ध, ट्राटस्किवादी बिचारको प्रभाव र डा. भट्टराई

–भिम खनाल

विषय प्रवेश अगाडि केही सैदान्तिक बहस प्रस्तुत गर्न गराैं,  एक दशक लामाे जनयुद्द कैयाै मानबिय क्षति कैयाै बेपता राज्य काे अरबाै सम्पति तहश नहस बनाएकाे माअाैबादि नेतृत्व तह जनयुद्द बारेकाे अाैचित्य पुष्टि नगरि यतिबेला विभिन्न तह तप्कामा बिभाजित छ । अाश्चर्य जनक त के भने विभिन्न बर्ग रुपान्तरणकाे सपना देखाउँदै जनबादी क्रान्तिकाे नाटक रचेकाे माओबादी लाखाैं युबाहरुलाई गाेरु बनाएर जाेताएपछि अयाेग्यता काे बिल्ला भिराएर संसार भरका जुठेल्ना चम्काउन लखेट्याैं अफसाेच ! नेतृत्व तह भने मज्जाले पुँजिपति बर्गमा रुपान्तरण भएकाे छ ।

हुनत यश युगमा यस्ता पात्र र प्रबिति देखिनु खासै नाैलाे कुरा रहेन कुनै यउटा यस्ताे समय पनि थियाे जहाँ दक्षिण एशिया कै राजनैतिक बजारमा डा. बाबुराम भट्टराई र प्रचण्ड कै अनाबश्य बहस चलाईन्थ्यो ।  हरेक चिया पसल देखि भट्टि पसल सम्म चर्चा काे पात्र बनेका तिनै प्रचण्ड–बाबुराम कसरी गुमगाम बन्ने अबस्थामा छन या त के कारण ले लाेप हुने अबस्थामा छन ? किन तुहाईयाे जनबादि क्रान्ति ? के कम्न्युस्टहरु सत्ता या शक्तिकाे लागि घात प्रतिघात छलकपट या एकअर्का बिरुद्ध दुस्प्रचार गरिरहन्छन ?  या त षडयन्त्र द्वारा पनि क्रान्ति सफल हुन्छ भन्ने मान्यता हाे ?

एक दशक लामाे जनयुद्ध सिर्फ सत्ता प्राप्तिकै लागि थियाे या भनाै विभिन्न बर्ग संघर्षकाे लागि लड्नु पर्ने माओवादी किन जातिबाद काे अहम सिद्धान्त बाेकेर क्षेत्रिय राजनिति मा ध्रुवीकृत भयाे ?  याे हिसाब समयले जरुर माग्नेछ र नेत्रृत्व तह ले जबाफ दिनै पर्ने छ ।

विषय प्रबेश गराैं, दाेस्राे विश्व युद्ध पछि पुँजिवाद र समाजवाद बीचकाे विवादले अन्तर्राष्ट्रिय  राजनैतिक धरातलमा व्यापक उथल पुथलकाे रुप लियाे पुँजिबाद र समाजबादी मुलुकहरु युद्धले ध्वस्त भएका स्थानकाे निर्माण र विश्व सान्ति समन्धि अा–अाफ्नाे धारणा प्रस्तुत गरे ठिक यसै समयमा विश्व क्रान्ति र पुँजीबादसँग सङ्घर्ष नभए समन्नयकाे नीति लिंदै ट्राटस्किवाद उत्पन्न भयाे । विश्वयुद्ध पछि पुँजीवादी मुलुककाे नेतृत्व गरिरहेकाे अमेरिका हरेक मुलुकलाई अार्थिक रिण सहायता उपलब्ध गराउने निर्णय गर्याै र केही मुलुकमाथि राजनैतिक सर्त अगाडि सार्यो । समाजबादी क्रान्तिकाे नेत्रृत्व गरिरहेका स्टालिन तथा उनका समर्थकहरु उक्त साम्राज्यबादी ऋण सहयता अस्विकारकाे नीति लिएका थिए भने युगाेस्लाभियाकाे तत्कालिन नेता मार्सल टिटाेले उक्त सहयाेग स्विकार्दै विश्व अार्थिक सुत्रमा बाधिएकाे तथा समाजबाद र पुँजिबाद बिच कुनै अन्तर नरहेकाे जस्ता बिचारहरु प्रस्तुत गरे यहि नै ट्राटस्किवाद पुष्टि हुन अाउँछ । ट्राटस्किबादीहरु पुँजिबाद युद्धग्रस्त क्षेत्रमा प्रवेश गर्न चाहान्छ अार्थिक भेद कम गर्न सहयाेग गर्छ जस्ता भ्रम हरु फैलाउदै थिए भने समाजबादकाे नेतृ्त्व गरिरहेका लेलिन हिंस्रक पुँजिबाद नै साम्राज्यबादकाे रुप रहेकाे बिचार प्रस्तुत गरे स्टालिनहरु लेलिनकाे धरातलमा उभिदै साम्राज्यबाद अार्थिक सहायताकाे नाममा समाज वाद भित्र घुस्न चाहान्छ यदि पसिहाल्याै भने विश्व समाज बादि क्रान्ति ध्वस्त हुने अडान लिएका थिए । नभन्दै ट्राटस्कि बादि बिचार धारा अबलम्बन गरेकाे युगाेस्लाभिया लगायत मुलुक हरुमा अार्थिक सहायताकाे नाममा साम्राज्य वाद प्रबेस गर्याै बहुरास्टिय कम्पनि हरु ले तिब्रता लिए पुजिबाद काे बिकास भयाे र पुजिबाद ले उक्त मुलुकमाथि हिंस्रक रुप लिन थाल्यो ।

साम्राज्यबाद नबउपनिबेशबादी रुप लिंदै उक्त मुलुकहरुमाथि नाङ्गाे नाच प्रदर्शन गर्याै र साम्राज्यबादी र ट्राटस्किबादीहरु बीच कायम रहेकाे कुटनितिले राजनैतिक रुप लिन कति समय लागेन । यहाँनेर दक्षिण यसियामा ट्राटस्किबाद काे सुरुवात गर्ने भारतिय नेता एम यश राए तथा श्रीलंकामा ट्राटस्किबादीहरुकाे उच्छृङ्खल राजनीति बारे बहस नगराैं सन १८८४ मा स्टालिन र लेलिन बिचारधाराकाे तीब्र अालाेचना गर्दै रिमकाे नेत्रृत्वमा नयाँ क्रान्तिकारी अान्दाेलनकाे स्थापना भयाे जसले पछि ट्राटस्किबादी सिद्धान्त अबलम्बन गर्याै रिमले बिस्वका प्रतिक्रियावादीहरुकाे समन्ध पुँजिबाद र साम्राज्यबाद सङ्ग रहेकाे प्रतिक्रिया बादीहरुले चलाईरहेकाे शत्ता जनताकाे क्रान्तिद्वारा ढाल्न खाेजेमा पुँजिबाद स्वतः प्रतिक्रियावादीहरुकाे संरक्षणमा लाग्ने तथा सङ्घर्स साम्राज्यबादसँग हैन मुलुक कै प्रतिकृयावादीहरुसँग गर्नुपर्छ प्रतिक्रियावादीहरु साफ हुनासाथ साम्राज्यबाद घुँडा टेक्न बाध्य हुने जस्ता भ्रमित बिचार धारा प्रस्तुत गरे अफसाेच अाफु भने सदैब प्रितिक्रियाबादी साम्राज्यबादी तथा पुँजीबादीकाे तालमा वरिपरि नाचिरहे ।

नेपालकाे माओवादी अान्दाेलनमा रिमकाे ट्राटस्किबादी बिचारकाे प्रभाब परेकाे यथार्थता हामी देख्न सक्छाै माओवादी नेतृत्व तह बाहिर नाटकीय ढाँचामा विस्तारवादी तथा साम्राज्यवाद र पुँजीवादकाे बिरुद्धमा सिंह गर्जन हुने तर अाफुहरुचाहिं मज्जाले बिस्तारबादीहरुकाे दरबार भित्र साम्राज्यबादी मुलुकमा उत्पादित माछाकाे चटनीसँग भाेड्का दबाउने तथ्य हाम्रा अगाडि छ । घाेषित रुपमा माओवाद कतै रिम काे ट्रटस्किवादी विचारधारा स्विकारेकाे नदेखिएतापनि तत्कालिन माओवादी नेता हाल नयाशक्तिका संयाेजक डा. भट्टराईले पटक पटक सपनामा भ्रमित हुँदै ट्राटस्किवादकाे अाैचित्य बारे बिचार प्रस्तुत गर्ने गरेका छन् ।

श्रीलंकाकाे ट्राटस्किवाद उत्श्रिङ्खल राजनितिमा प्रवश गर्दै हाल जातिवादमा धुर्बिक्रित रहेकाे सन्दर्भमा नेपालकाे माअाैवादी अान्दाेलन पनि बर्गकाे काे राजनितिलाईलात हान्दै अाधुनिक जातिबादलाई महत्व दिई क्षेत्रिय राजनितिमा धुर्बिक्रित हुँदै पतनकाे बाटाे अनुशरण गरिरहेकाे तथ्य हाम्राे अगाडि छ। डा‍. भट्टराई अाफ्नाे बाैद्धिक क्षमताकाे व्यापार गर्न माहिर मानिन्छन् । जनयुद्द ताका बाहिरि सतह मा प्रचण्डपथ हाबि देखियता पनि डा. भट्टराईले विभिन्न बाह्य शक्ति तथा दिल्ली दरबार काे अाडमा प्रचण्डलाई नचाएकाे बर्तमानमा पुष्टी हुन अाउँछ ट्राटस्किवादी चिन्तनबाट ग्रस्त भट्टराई साेहि नीति अपनाउँदै देशमा बिस्तारबाद साम्राज्यबाद तथा पूँजीवादलाई सहज रुपमा वातावरण बनाइदिने गृहकार्यमा भरपुर जुटेका छन ।

मुलुकमा पूँजीवादकाे प्रबेशसँगै दिगाे बिकास तथा अार्थिक समृद्धिले व्यापक रुप लिने भ्रम उनमा हाबी छ अफसाेच बिस्तारवादी साम्राज्यवादीहरुकाे प्रबेश निकट भबिस्यमा नबउपनिबेसवादी रुप लिंदै पूँजीवाद हिंस्रक रुपमा प्रस्तुत हुने कुरा काे मुल्याङ्कन कहि कतै चुकेका छन हाल डा भट्टराई लगायत केही पात्रहरु नेपालमा द्वन्द्वकाे खेती गर्न चाहन्छन्  किनकि हाम्राे मुलुकमा विस्तारवादी तथा साम्राज्यवादकाे प्रवेश सहज अवश्य छैन ।

विभिन्न जातजाति धर्म भाषा माथि नमिठाे प्रहार गर्ने विभिन्न समुदाय उचालेर राज्य बिरुद्द अान्दाेलन गर्न लगाउने राज्य बिरुद्ध अनावश्यक अफवाह फैलाउने अलग राज्य माग्न उक्साउने जस्ता कार्य यसकै उपज हुन् ।

– इकोशीन्यूज 

SHARE THIS

Author:

Facebook Comment