पर्बत प्रहरि दूवारा नक्कली फेशबुकको माध्यम बाट अश्लिल म्यासेज गर्ने युबती पक्राउ

पर्वत ५ बैशाख २०७३  ।
अरुको नाममा नक्कली फेसबुक खोली अश्लिन सन्देश प्रवाह गर्नुको साथै फोटो समेत अपलोड गरी चरित्र हत्या गर्ने पर्वतकी एक छात्रा प्रहरीको फन्दामा परेकी छिन् । जिल्लाको खौलालाकुरी गाविस वार्ड नं. १ चनौटे घर भई अन्नपुर्ण उच्च मावि कार्कीनेटामा अध्ययनरत १९ बर्षिया सारदा कुँवरलाई प्रहरीले विधुतिय कारोवार अन्तर्गतको केही सार्वजनिक अपराध अन्र्तगत पक्राउ गरी कारवाहिको प्रकृया अगाडी बढाएको छ ।
निज शारदा कँवरले करिव १ वर्ष अगाडिवाट जिल्ला पर्वत पाङराङ गाविस ७ बस्ने वर्ष २० की कुश्मा कुमारीको फोटो राखी ‘सोनि काली सुसिला’ नामको नक्कली फेसवबुक एकाउन्ट खोली संचालन गर्दै आईरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरीका अनुसार उक्त फेसवुक एकाउन्टवाट बिभिन्न व्यक्तिहरुसंग कुश्मा कुमारी वनी अश्लिल कुरा गर्दै आईरहेको र बिभिन्न समयमा पिडित कुश्मा कुमारीको तस्विरहरुलाई परिचित तथा अपरिचित व्यक्तिहरु संग जोडेर नकारात्मक सन्देशहरु अपलोड गर्नुको साथै म्यासेजमा धम्काउने कार्य समेत गर्दे आएकी थिइन् । प्रहरीका अनुसार पिडित कुश्मा कुमारीले गत चैत्र २८ गते जिल्ला प्रहरी कार्यालयमा सत्य तथ्य खोजी गरी उक्त फेसवुक संचालन गर्ने व्यक्ति लाई आवश्यक कारवाही गरी पाउनुको साथै र आफुलाई मानसिक र पारिवारिक तनाववाट मुक्त गराई न्याय पाउँ भनी उजुरी दर्ता गराएकी थिइन् । पिडितको उजुरी पछि कार्यालयका प्रहरी निरीक्षक दिपक पातलिको कमाण्डमा अनुसन्धान टोली खटिई कार्यालयमा रहेका प्रबिधिको प्रयोग गरि अपराधि सम्म पुग्न सफल भएको थियो । सोहि अनुसन्धानको आधारमा शुक्रवार गते उक्त घटनामा संग्लन रहेको आंशकामा निज शारदा कुवरलाई पक्राउ गरी कार्यालमा ल्याई थप आवश्यक अनुसन्धान गर्दै जाँदा उक्त घटनामा निज शारदा कुवर नै संलग्नता रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार निज शारदा कुँवरले जिल्लाको पर्वत थापाठाना वस्ने सुवर्ण पौडेललाई विगत १ बर्ष देखी मन पराईराखेको र सुवर्ण र पिडित कुश्मा कुमारी नजिकको साथि रहेको हुनाले आफुलाई ति दुई जनाको सम्वन्धलाई विगार्ने तथा वदलाको भावनाले उत्प्रेरित भई निजहरुको सम्वन्धमा फाटो ल्याउने र कुश्मा कुमारीलाई समाजमा हेर्ने दृष्टिमा नै वदनाम गराउने उदेश्यले उक्त कार्य गरेको पुष्टि भएको छ । फेसवुक जस्तो सामाजिक संजालमा कसैको चरित्रसंग रहेर निजहरुको व्यक्तिगत, सामाजिक तथा पारिवारिक तनावका विच रहन वाध्य वनाएको हुँदा निज शारदा कुँवरलाई थप अनुसन्धानको लागी विधुतिय कारोवार संचालन अन्तर्गत केही सार्वजनिक अपराध मुदा दर्ता गरी आवश्यक थप अपराध अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ -
साभार  dhaulagiri online

SHARE THIS

Author:

Facebook Comment