भगवानद्वारा धर्मको स्थापना गर्न सिकौं

– प्रशान्त महासागर

सिद्धान्त धेरै छन् भने धर्म सबै सिद्धान्तको एक नै हो । जहाा पापलाई पाप नै भनिएको छ भने पुण्यलाई अर्को कुनै नाउा दिई व्याख्या चाहिं गरिएको छैन् र सञ्चालकहरुको तोडमोडमा रुपहरु दिईएका कुरालाई, अर्थ अर्कैमा रुपान्तरित गरेको कुरालाई हामीले धर्ममा जोडि नामाङ्कन मात्र गर्दै हिडेका छौं । फलत यहाा एकै रुपका नाम अनेक भएका हुन् भने एकबाट अर्को जुधाउने स्वार्थ जुर्मुराएका हुन् । यो कुरालाई हामीले बुझ्नुपर्छ नै । र मलाई लाग्छ बााच्नुको केही सार सिद्ध पनि हुन्छ नै यदि बुझिएर केही पाइला अगाडि सार्न सकेको खण्डमा ।

त्यस्तै भगवान्को सम्बन्धमा पनि नबुझिएका कुरा धेरै छन् । कथाहरुले सबै यथार्थतालाई परापूर्व कालसाग जोड्न लग्छन् भने हालको अवस्थासाग एक अर्कोमा तुलना गर्दा केही केही कुराले पनि भगवान् भन्ने एक शक्तिलाई शब्दसाग आबद्ध गराउादै लगेको म अनुभव गर्दैछु । कसैले चेतवनीलाई भगवान्को रुपमा पूजापाठसाग जोडेको देखिन्छ भने कसैले आस्थालाई नै भगवान् हो सम्म पनि भनिदै लगेको छ । आस्था एक विश्वासबाट प्रज्वलित दिप पनि हो जस्लाई शायदै कुनै कुराले तोड्ने सामथ्र्य राख्थ्यो होला या भनौं निभाउने कुरा अगाडि अग्रसर हुन्थ्यो होला । र आस्थाकै कुरामा जब त्यसको रंग अन्धविश्वासले सिचिंन्छन् तब त्यहाा भगवान्को बोलमा आफ्नो नै सर्वस्व हुने छन् नै । अनि विवाद र विध्वंसहरुका वीउहरु पनि त्यहीबाट नै शेचन भएको कुरा सम्झिन नसक्नु कुनै ठूलो होईन पनि । यस्ता रक्त प्यासी कुराहरु सबै सिद्धान्तमा छन् तर धर्म बुझिएको खण्डमा त्यो निर्मूल हुन्छ नै किनभने न त्यहाा तेरो कुरा छ न त मेरो नै । एकसाग दुई हुने कुनै व्याख्यालाई त्यहाा कुनै तवरले विश्लेषण गरिएका छैनन् पनि । र त्यही कुरा आज विश्वबाट तीव्र गतिमा विलिन हुादै गई रहेको छ भन्नुको अर्थ सिद्धान्त शास्त्रले पूर्णरुपले धर्मलाई निल्नु पनि हो, अहम् क्रोधले मानवीय जीवनमा उच्च स्थान पाउनु हासिल गर्नु हो । यो भन्नु भगवान्लाई चुनौती दिनु हो भने जीवनमा भगवान्विरुद्ध आफ्ना कदमहरुलाई दरो बनाउादै लग्नु हो । र सफा शब्दमा अनुशरण गर्नु हो, सम्मानलाई अपहेलना गर्नु हो । हामी मानव हौं भन्ने कुरालाई हामीले जानेबुझेका भन्दा नि बढि प्रयोगमा ल्याउनु तर सम्मान गर्न बिर्सिनु साथै अपमानलाई अनुशरणमा ल्याउनु जस्ले प्रतिस्थित हुनुपर्ने कतिपय कुराहरु विवादमै अल्झि रहनु मुख्य कारण हो । त्यस्ता विवादहरुले गर्दा मानव जीवनमा प्रयोग हुने धेरै कुरामा शब्दकै चलखेल बढि भएको देखिन्छन् भने एक शब्दबाट अर्को शब्दमा शासन गर्ने हावी अझै पनि जिउादै छन् नै । र ती हावी दाबी सिद्धान्तले सधैं परिवर्तन चाहे पनि हुने खानेले मात्र भोगचलनमा उपयोग गर्न पाउाछन् अभाव हुनेको जीवनमा एक घुट पानी पनि नसिब भने हुने छैनन् । यसले पनि सिद्धान्तलाई दोषीमा मान्न छोडेर परिवर्तनको गलत बाटोमा कदम चाल्न तत्पर हुन्छन् भन्नुको अर्थ धर्म भन्दै शब्द परिवर्तनलाई जीवनमा बढि भन्दा बढि मान्यता दिई आफुलाई अर्को शब्दमा समर्पित गर्न मानव प्रजाति अग्रसर हुन्छन् । र हिजो जो आस्थामा थिए आज ऊ सम्मानतिर लम्केन्छ तर पाउने भन्ने कुरा शुन्य नै हो । यस्ता यस्ता कुरालाई शास्त्र सिद्धान्तमा रुपान्तरित गर्दै जाने  सिकले गर्दा आज विश्व अशान्त भएको हो । जबसम्म विश्व अशान्त  बनिरहन्छ तबसम्म भोग खोजी रहन्छन् भने रक्त पिचासहरु मुकुट ओढेर मानव सभ्यताको संरक्षक हुा भन्न पछि पर्ने छैनन् । त्यसैले जो जहाा जस्तो सुकै अवस्थाको भाषायुक्त प्राणी छन् तिनीहरुले धर्म र भगवान्को वास्तविकतालाई बुझेर मानव बन्नतिर अग्रसर होऔं भन्न म रुचाउाछु । यहाा मानवको अर्थ बोल्न जानेको अवस्थालाई भनिएको होईन ।

र मर्ने बाटोहरु धेरै छन्, कारणहरु धेरै छैन । ती धेरैमा पनि थोरै अझै भनौं एक नै कारण किन नहोस् तर बााच्ने त्यो हुनुपर्‍यो । आफ्नो जीवनको पूरा लक्ष्य सबैको त्यही हुनुपर्‍यो ता कि मलाई देख्दा मैले तिम्रो आाखामा मेरो लागि घृणा नदेखियोस् । आपसी सद्भाव, सम्मान एकले अर्कोलाई दिने बाटोहरु हामी बनाउन सिकौं र त्यही सिकमा नै भगवान् हुने कुरालाई भित्री आत्मा देखि मनन गरौं । र भगवान् कहाा छ भन्ने कुरालाई आफ्नै बोलीको शब्द शब्दमै छ भन्ने कुरालाई पनि राम्ररी बुझौं । धर्म त एक नै हो, यताउता खोज्ने कष्ट गर्नै पर्दैन पनि ।

अन्तमा, धर्मद्वारा भगवान्को खोज होईन, भगवान्द्वारा धर्मलाई स्थापित गर्न नै बााच्न अथाह प्रयास मानव चोला ओढेकाहरुले गर्नुपर्छ भन्ने कुरा नै म विश्वस्त छु नै । साथै जो खराबको गरिन्छ त्यही नै प्रेत आत्मा हो, भगवान् विपरित सोच पनि त्यही हो ।

prashantsharmila2@gmail.com

SHARE THIS

Author:

Facebook Comment