दुई महिनाअघि हराएकी बालिकाको ऊदार

भीमदत्तनगर— माइती नेपाल कान्चनपुरले दुई महिना अघि हराएकी एक बालिकाको उद्धार गरेको छ ।

१२ वर्षकी ती बालिकालाई भारतको हिमाञ्चल प्रदेशबाट उद्धार गरिएको माइति नेपालले जनाएको छ ।  भीमदत्तनगरपालिका–८ की  ती बालिका दुई महिनाअघि हराएकी थिइन् । माइती नेपालले भारतीय प्रहरीको सहयोगमा हिमाञ्चल प्रदेशको होल्हाल, पोण्डा भन्ने स्थानबाट बालिकाको उद्धार गरेको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनु भयो ।

हराएकी बालिका नभेटाएपछि गत चैतमा माइती नेपालमा समेत खोजीका लागि परिवारजनले निवेदन दिएका थिए। 'फोन लोकेसनबाट बालिकाको उद्धार सहज भएको संयोजक भट्टले भने– 'हामीलाई भारतीय प्रहरी र त्यहाँका विभिन्न मानव बेचबिखनविरुद्धका सङ्घसंस्थाले पनि उद्धारमा सघाए। 

SHARE THIS

Author:

Facebook Comment