राजनीतिक दलहरूबीच सहमति हुन नसक्दा लामो समयको राजनीतिक अभ्यासपछि पनि नेपालको संघीय लोकतान्त्रिक गणन्त्र नामको संविधान निर्माण हुन सकेन । नेपालमा अहिले परिवर्तनका संवाहक राजनीतिक शक्तिहरूबाट नै इतिहासलाई बंग्याएर विदेशीको मार्गनिर्देशनमा हिंडेर ऐतिहासिक भौतिकवादको नै धज्जी उडाउने बेइमानीको धन्दा चलिरहेको छ ।
नेपाल सापेक्ष रुपले लामो इतिहास भएको देश हो । राज्यको पुन:संरचना, सामाजिक आर्थिक रुपान्तरणको नाममा नेपालको स्वरुप बदलेर नयाँ नेपाल निर्माण हुन सक्दैन । नयाँ नेपाल निर्माण गर्न इतिहास बुझ्नु पर्दछ । आफ्नो र पार्टीको तुच्छ र क्षणिक स्वार्थ छाडेर वृहत्त राष्ट्रिय हितलाई हेरेर अघि बढ्नु पर्दछ ।
के जनजाति र राष्ट्र भनेको एउटै या समनार्थी कुरा हो ? एकातिर नेपालले राष्ट्रको रुप लिएकै छैन भनेर झुठको खेती गर्नु, अर्कोतिर प्रत्येक जनजातिलाई राष्ट्रको पगरी गुथाइदिनुको पछाडी रहेको नेपाललाई विखण्डित गर्ने अन्तर्राष्ट्रिय षडयन्त्रको जालोलाई नेपाली जनताले चिन्ने कि नचिन्ने ?
देशको इतिहास, सामाजिक र आर्थिक विकास, नयाँ नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, संयुक्त राष्ट्र संघको सदस्यता, विगत ६० वर्षदेखि राष्ट्रिय राज्यको रुपमा अनेकौं अन्तर्राष्ट्रिय देशहरूसँग गरेका सन्धि संझौता आदिको पूरै बेवास्ता गरी नेकपा माओवादीले विश्वमा प्रतिष्ठा प्राप्त नेपाललाई राष्ट्रकै नाम जप्दै कविलातन्त्रतिर फर्काउन थालेको जाली कसरतलाई अज्ञानता भन्ने कि अत्यन्तै गम्भीर षड्यन्त्र ?
चीन र भारतजस्ता विशाल राष्ट्रको बीचमा रहेका च्यापिएको नेपाल हाम्रा छिमेकी राज्यका प्रान्तहरू नै नेपालभन्दा कति ठूला छन् । तिब्बत प्रदेश नेपालभन्दा आठ गुना ठूलो छ । विहार र उत्तर प्रदेश जनसंख्याको हिसाबले ६ र नौ गुना ठूला छन् । भू–भागको दृष्टिले पनि उत्तिकै विशाल छन् ।
जनयुद्ध र जनआन्दोलनको बेलाका एजेण्डा अनुपयुक्त साबित भई विवादास्पद बनेको प्रमाणित भइसक्दा पनि लेढेढिंपी गरेर राष्ट्रलाई ठप्प पार्नु, राष्ट्रलाई विवादमा पार्नु, विखण्डनको बाटो खोल्नु मूर्खता हो ।
एक्काइसौं शताब्दीको जागरुक नेपाली जनताहरूले पार्टीका नेताहरूले संघीय राज्यको विवाद छिनोफानो गर्न निकै ढिलाई गरेकाले निर्णायक बनाउन जनताहरूले संविधानसभा विघटन र जनमत संग्रहको माग गर्नु वाञ्छनीय देखिन्छ ।
धर्म परिवर्तनमा प्रतिबन्ध लगाउन जनताहरू अब कस्सिनु पर्दछ नत्र भने धार्मिक द्वन्द्वको डढेलो लाग्ने कुरालाई हामीले स्वीकार गर्नै पर्छ । परिवर्तनका नाममा नेपाललाई भत्काउने र बिगार्ने अधिकार कसैलाई छैन । राजनीतिक विवादको छिनोफानो नभई देशमा कुनै पनि समस्या समाधान हुन सक्दैन । देशलाई विकासतिर नभएर विनाशतिर लैजान खोज्ने सबै शक्ति र तत्व नेपाल र नेपालीका शत्रु हुन् ।
बहुजाती, बहुधर्म, बहुसंस्कृति भएको देश नेपालले अनेकतामा एकता, सबैखाले विभेद र शोषणको अन्त्य चाहेको हो । शासन सत्ताका नाममा वितण्डा होइन । अस्तु ।
प्रकाशित मितिः२०७१ फागुन ७ गते बिहीवार