फागुन ७ गते, हाम्रो देशले ६४ औं “मजातन्त्र दिवस” मनाउंदैछ । जब जब देशमा व्यवस्था परिवर्तन हुन्छ, जनताले केही नपाए पनि नेताहरुले त्यसमा मजा गर्न छुट पाउँछन् । सात सालपछि काँग्रेसले सत्तामा गएर मजा गर्यो । सत्र सालपछि पञ्चहरुले सत्तामा तीस वर्षसम्म लडिबुडी गरे । छ्यालिस सालपछि देश र जनताप्रति कुनै निष्ठा नभएका कम्युनिष्टहरुले तबदेखि सत्तामा गरेको ढलिमली अहिलेसम्म गर्दैछन् । अब यो दिवसलाई मजातन्त्र नभनेर के भन्ने त ?
हुन त देशमा थुप्रै महत्वपूर्ण दिवसहरु छन् । त्यसमध्ये फागुन ७ गते संभवत सबैभन्दा पुरानो र महत्वपूर्ण दिवस हो । बैशाख ११ गतेको “लोकतन्त्र दिवस” को नेताकालागि “ठोकतन्त्र” र जनताकालागि “भोकतन्त्र” अनि जेठ १५ गतेको “गणतन्त्र दिवस” नेताहरुकालागि “गनतन्त्र” र जनता कालागि “गनगनतन्त्र” बनिसकेको छ । देशमा धेरै तन्त्र आयो तर जनताले चाहेको तन्त्रचाँहि आउन सकेन । यी
विभिन्न नामधारी तन्त्र नामका जन्तु ल्याउनलाई जनतालाई नै प्रयोग गरियो तर दुर्भाग्यवश जनतन्त्र भने आउन सकेन ।
हरेक तन्त्रलाई ल्याउने बेला केही व्यक्तिहरु देशको नाममा “शहीद” हुन्छन् । नेताहरु तिनै “शहीद” को बुई चढेर जनतालाई नै बलिको बोको बनाउँदछन् । अनि नेताद्वारा सताइएका जनता धुरुधुरु रुदैं उनीहरुको स्वार्थको खड्कुलोमा पकाइन्छन् । व्यवस्था परिवर्तन हुन्छ, त्यसका नाममा नेताहरु रँजाइ गर्छन् तर जनताको अवस्था भने कहिल्यै फेरिन्न ।
हो देशमा विकास भएको छ । हिजो खाना पकाउनकालागि जंगलमा दाउराको जोहो गर्न जानेहरु आज ग्यासकोलागि लाम बस्न बाध्य छन् । जनताले हिजो मट्टितेल किन्नु पर्थयो आज पानी किनेर सांस धान्नु परेको छ । हिजो आफ्नै देशमा उब्जिएको चामलको भात खाने जनता आज भारतबाट आयात गरिएको चामलको भात खान्छन् । हिजो आफ्नै खेत, खलिहानमा मजदुरी गर्ने जनता विदेशको भेंडीगोठ सफा गर्न गएकाछन् । हो विकास त भएको छ तर नेताको थैली र भुँडीको मात्र ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तन्त्रै तन्त्रमा जेलिएको यो देशमा संयन्त्रको विकास भने कहिल्यै भएन । राणकालदेखि हेर्ने हो भने विभिन्न तन्त्रको लोभ लाग्दो नारा दिएर नेताहरुले जनतालाई उचालेका मात्र छन् । जब जनताले रोजेको भन्दा आफुले खोजेको तन्त्र देशमा स्थापित भएपछि तिनै जनता नेताहरुको हातबाट नराम्ररी पछारिएका छन् । जनताले त जुन तन्त्र आएपनि उसको परिश्रमको कमाइ नखोसियोस र अनुहारमा एक पित्को हाँसो कायम रहोस् भन्ने मात्र चाहेका छन् । तर जनताले आफ्नो आँशुको सौदा गरेर त्यसको बदलामा हाँसो कहिल्यै पाएनन् ।
हाम्रो देश चौसठ्ठी वर्षदेखि कुनै न कुनै तन्त्रले लादिएको छ । देश र जनताको स्वार्थभन्दा नेता र सत्ताको स्वार्थमा चल्ने यो देशको सबै तन्त्रमा धमिरा लागिसकेको छ । तर पनि नेताहरु तिनै तन्त्रलाई भजाएर खांदैछन् । अनि जनता पनि देशको नागरिक भन्दा बढी विभिन्न दलको कार्यकर्ता भएर आफ्नो दुनो सोझो गर्न माहिर भइसकेको छ । यो देशका जनतालाई राम्ररी थाहा भइसकेको छ कुनै दलको झण्डा नबोकेसम्म उसको जीवनको “वैतर्णी” पार हुनेवाला छैन ।
कुनै एउटा तन्त्र स्थापित नभइसकेको देशमा राणाशासन फालेर ल्याएको प्रजातन्त्र दिवस पनि मनाउनु पर्या छ । राजा फालेर ल्याएको लोकतन्त्र र गणतन्त्र दिवस पनि मनाउनु पर्या छ । चिची र पापा दुबै खान पाइन्छ र ? यो त राजतन्त्र र गणतन्त्र दुबैको अपमान हो । केही वर्षको आन्दोलन गरेर देशमा फागुन ७ गते प्रजातन्त्र आयो । केही महिनाको आन्दोलनबाट देशमा ४६ सालमा बहुदलीय व्यवस्था आयो । ०६२।६३ सालमा १९ दिनको आन्दोलनको भरमा गणतन्त्र आयो । देशमा अहिलेसम्म भएको कुनै पनि आन्दोलनले आफ्नो जरालाई छोएर परिपक्व नै हुन सक्यो । फलस्वरुप त्यसबाट प्राप्त भएको कुनै पनि तन्त्रले स्थायित्व हासिल गर्न सकेन ।
देशमा अहिले गणतन्त्र छ, यो तन्त्रमा राष्ट्रपति (भैंसीपति) र सभामुख बाहेक अरु कसैलाई चीर कालसम्म फाइदा भएको छैन । संविधान बनाउने नाममा ६०१ साँढेहरु जसरी कुश्ती खेलिरहेका छन् । त्यसले उनीहरु सबै तन्त्रमा मजा गर्न मात्र चाहन्छन् भन्ने प्रष्ट रुपमा देखिएको छ । त्यसैले प्रजातन्त्र दिवसलाई पनि नेताहरु र देशको सत्ता सम्हालेकाहरुले मजातन्त्रको रुपमा लिएर देशलाई अन्तर्राष्ट्रिय रुपमा मजाकतन्त्र बनाइ सकेकाछन् । अब “प्रजातन्त्र” दिवसलाई “मजातन्त्र” को नयाँ नाम दिंदा केही बिग्रिंदैन । नेताहरुकोलागि देश र सत्ता मोज, मजा गर्ने ठाउँ हो भने तिनै नेताले जनताको आँशु र परिश्रमको मजाक त उडाएका छन् नि अहिलेसम्म । –बिम्मी शर्मा
प्रकाशित मितिः२०७१ फागुन ७ गते बिहीवार