"देशमा फेरी गृह युद्धको संकेत "

 नेपाल आमाका सन्तानले देशको लागि दिएका वलिदानको कथा लेखि सकिएकै छैन ।  छिया छिया भएका मुटु र  टुक्रिएका शरीरको अंगहरुबाट रगताम्य भएर पोतिएका खेतवारी पहाड ,पखेरा,खोलानाला,ढुँगा बगर ,जंगल ,गोरेटो ,उकाली ओराली ,डाडा काँडा अझै सुसाउन छोडेका छैनन् ।  सबै तिर बम र बारुदको बिस्पोटबाट उछिटिएका त्यो आलो रगतको टाटा अझै सुकेका छैनन् । न त पिल्सिएर प्राण छाड्दा चिच्याएको त्यो आवाजमा पुकारी रहेको आफन्तको कोलाहल नै सेलाएको छ ।  शान्त र सुन्दर नै थियो हाम्रो हिन्दुराष्ट्र देश नेपाल मात्र  राजनीतिक परिवर्तनको खाँचो खड्केको थियो । तर देशमा भएका राक्षस प्रवृतिका मुकुण्डाधारी नेताहरुले आफुलाई महान बनाउन र हिन्दु राजा र राज्य एक आपसमा पुरक भएको देखेर असह्य भइ त्यो शक्तिलाई भत्काउन अशान्ति मचाएर देश भित्रको शान्तिलाई बिथोल्न थालेर जनताको आखाँमा धुलो छ्यापी सबैलाई सपनाको महल चलचित्र झैँ पर्दामा देखाएर ओझेलमा राख्दै गरिबी हटाउने र देशलाई सिङ्गापुर बनाउने सपना बाडेर उकास्न थाले,।
ठुला ठुला योजना र मिठा मिठा भाषण गर्दै देशका विद्धान,तथा  हामीजस्ता जनतालाई नै  अल्मल्याउन थाले । नचाहिने कुराहरु झिकेर जनतालाई एकापसमा लडाई घर भित्रै आगोको राँको बाल्न थाले ।  विभिन्न झुठा आश्वाशनहरु  दिदै देश बनाउने,गरिबी हटाउने,रोजगारी दिलाउने ,कारखाना खुलाउने ,बाटो घाटोको सुबिधा युक्त देश निर्माण गरि सबैलाई सुखी  बनाउने कुरा मिठासे कुराले लटपट्याउन थाले । अब नेपाली जनताले कहिलै बिदेशी माटोमा पसिना वहाउनु पर्ने छैन भनि आश्वाशन बाड्न  थाले यस्तै सपनाको भ्रममा परेर  आफन्त बिच नै  सलाईको काटीले सुकेको दाउरामा आगो सल्काए झैँ गरि के के न होला भनेर दाजुले आफ्नै भाईलाई गोलीले  भुटे ,बोकाको मन्दिरमा वली चढाए झैँ गरि तलवारको धारले रेटे । 

जवानीमै  सिन्दुर पुछिएर एक्लै  बाच्न विवस भएका नारीहरु जो बालक सन्तानको अनुहार टुलुटुलु हेरी लाचारको जीवन विताउदै आएका विधुवा नारी र बूढा आमा बाबाको सहारा भएका एक्लो सन्तानलाइ समेत गुमाउदा पीडाले बाच्न बाध्य भए, र आमा बाबु बिनाका जीवन विताउन लाचार बुढा बाबु,आमाको कथा उस्तै रह्यो ।  भएका टुहुरा बालक,बालिकाको घरपरिवार तहसनहस भएका ती दिनहरुका त्रासदी उस्तै गरी ताजै छन् आज पनि । जसरी कुनै दिन  आफै मारिने  सम्भावनाको  कुनै  आकलन  नै  नगरी महको मिठासको लोभमा परि माहुरीले नौ रंगी फूलको रस ल्याई थुपार्छ; त्यसरी नै  आफैले  गरेका कर्तुत ,ठुटा  बाचाहरु र थुपारेको सम्पतिकै  कारणले  आफ्नो पतन  हुनेछ  भनेर नेताहरुले कहिलै  सोचेनन् ।  राज्यभित्रको परिवेशसंग बिल्कुलै  नमिल्ने अपच हुने र बेतुकका कुरामा जनतालाई एक अर्काको विरुद्धमा  उकासेको भरमा मन नपरेर पनि त्रास भित्र लाचार भएर साथ दिन बाध्य भएका यी कयौ जनताले आफुलाई बोका राँगा झैँ वली चढाए पनि  आज उनका सन्तानले गणतन्त्रको नाममा देश भित्र यो लूट र ठगि बाहेक के पाए त ? 

यहा मैले भन्नु पर्दा एउटा नारीको अधिकार मात्र हैन सिङ्गै देशको प्रगति र जिम्मेवारीको प्रश्न आएको छ । तिनै गरिब, निमुखा ,दलित जनताले अभाबै अभावमा कामको खोजीले बिदेसिको गुलाम बन्नु परेको तितो सत्यले गर्दा आज सम्पूर्ण देशवासीहरु संग प्रश्न गर्न मन लागेको छ ।  
के अब पनि देश तहसनहस भएको यसरी नै हेरेर बस्ने हो ? 

यी नेताहरु त "छेपारोले रंग  फेरे झैँ गरि नेता पालै पालो फेरिदै आ-आफ्नो ढिकुटी भर्दै जादैछन । "जति जोगी आए पनि कानै चिरेको" भने झैँ उखान सबैको सामु घाम जतिकै छर्लंग छ । यसरी दिनरात जनताको आखाँमा छारो हाल्दै मिती,समय तोकी संबिधान बनाउने कुरा गर्छन अनि आपसको खिच्चातानीले न देशमा सम्बिधान बनाउन सक्छन ।  नकुनै प्रगति गर्न सक्छन ,के राजनीतिको मूल मन्त्र  नेताले देशलाई  तहसनहस गरि एक आपसमा कुर्शी तानातान गरि आफ्नो र आफन्तको दुनो सोझ्याउनु मात्र हो ? 
के नेताहरु  भनेको  भ्रस्ट गरि  अकुत  सम्पति  कमाउने  छुट पाउनु हो ? 
के देश भित्र जनताका छोरा-छोरीलाई एकापसमा लडाई ,काटाकाट र मारामारको सिकारमा मर्न बाध्य बनाई  आफुले बाँधले सिनो लुछेझै गरि मोजमस्ती  गर्नु हो ?
के  नेताहरुको  अर्थ  जनतालाई  जात, धर्म,,लिंग, भाषा ,आदिका  आधारमा  विभाजित  गरि आफ्नो  स्वार्थसिद्धि गर्नु हो ?
 देश भित्र धर्म निरपेक्षक भनेर सम्बिधान भित्र हुँदै नभएको कानुनले हिन्दुराष्ट्र नेपालको नामलाई विदेशीले हातपात गर्न खुल्लमखुल्ला धर्म परिवर्तनको नाममा नेताले राजनीतिको आड दिनु हो ?
 नेपाल सरकार र नेपालकै गरिमामय संबिधान सभा आज बिदेशी डलरका दलालहरु र भारतीय खुविया एजेन्टका छत्रछायाको परिधि भित्र हातपाउ जन्जिरले बाधेझै गरि मन्त्रिपरिषद भित्रका नेताहरु कैदी भएको  किन ?
नेपाल देश भित्र आफ्नो गरिमामय संबिधान निर्माण गर्न लाग्दा  बिदेशी दलालहरुको ,हस्तक्षेप र अबरोध किन ?

यदी नेपालको राष्ट्रियताको  ख्याल गरेर बहुभाषी र बहुसंस्कृती सबैको पहिचानलाई स्वनिश्चित हुने खालका संबिधान नबनी डलर बादी विदेसी दलाल र भारतीय एजेन्टहरुको दबाबमा आएर उनीहरुकै सल्लाह र शुझाब अनुरुप देशको गरिमालाई व्यपार बनाई  धर्म निरपेक्षक शब्दलाई कसिंगर झैँ नफाली  यदी हिन्दु राष्ट्रलाई अवहेलना हुने आँच आउने खालको संबिधान लेखियो भने हेर नेता हो नेपाली आमाका वीर सन्तानले फेरी एकपल्ट ज्वालामुखी बनेर सिंह झैँ तिमीहरुको विनासको लागि गणतन्त्रको नामलाई सधैको लागि अन्त गर्न र तिमीहरु जस्ता देश द्रोही ,लुटेरा नेताहरुको तहसनहस गर्न गृह युद्ध पक्का हुने  कुरामा दुइमत छैन |" क्रमशः
      "हिन्दुराष्ट्र हो मेरो ,म धर्म हुँ यो देशको "

निशा खनाल अर्याल 
राजविराज सप्तरी,
इजरायल

SHARE THIS

Author:

Facebook Comment