-स्वयम्भुनाथ कार्की
वीपीहरुलाई एकदिन साँझमा सुन्दरीजल सारियो , दिउसै लैजाउ भन्दा पनि नमानेर साँझमा पुर्याईएका वीपीले त्यहाँ आङ्खना मान्छेहरुको भिड भेटे । कम्पाउन्डले घेरेको घरमा वीपीलाई कोठन रोजाईयो । वीपीको निमित्त पूर्व दक्षिण खुलेको कोठा नरोजेर अर्को कोटा रोजेपछि यो कोठा तपाइलाई उपयुक्त हुन्छ जस्तो सोचाई थियो तपाईलाई यही कोठा राम्रो लागे ठिकै छ भनेपछि वीपीले आङ्खनो रोजाई फेरे । परिच्छेद ५९मा भन्छन ‘ त्यहाँको सबभन्दा राम्रो कोठा त्यही थियो , पूर्व दक्षिण भएको ’ । वीपीको अन्तिम रोजाई पछि पिपाहरुले त्यो कोठा वीपीका समान र सरकारले दिएका सामानले सजाई दिए । आधा कोठा पलङ्गले ढाकेको बाँकी आधा कार्पेटले ढाकेको कोठा आरामदायी थियो । यात्राले थाकेकाले भोली भेटौला भनेर वीपी चाँडै सुते । खाना कम्पाउण्ड भन्दा बाहिर बन्थ्यो , कम्पाउण्डमा ब्याडमिन्टन लगायतका खेलका साथै भित्र खेल्न तास आदिको पनि बन्दोबस्त थियो । कितावहरु पनि उपलब्ध थिए ।
बिहान चिया त्यसपछि ब्रेकफास्ट बनाएर ल्याईन्थ्यो , १ बजे दिउसो खाना ४ बजे बेलुका चिया अनि ८ बजे रातीको खाना । सबै जियमबद्ध तरिकाले ठिकठिक समयमा आउने गर्दथ्यो । खाना आफै बनाउन पहिले त दिईएन तर पछि वीपीलाई बाहिर पाकेको खानाले स्वास्थ्य खराव भयो भनेर उनलाई आफै खाना बानउने छुट दिईयो । उनको कुकर आयो, बिजुलीको कुनै समस्या थिएन । संभवत बस्यो, खायो खेल्यो, पढ्योको दिनचर्या एकनासे भयो, पटुयारलाग्दो भयो । पहिले चिया बनाउने अनुमति दिईयो, त्यही सुविधामा वीपी दालभात पनि बनाउन थाले अनि बल्ल समय सामान्य किसिमले बित्न थाल्यो । वीपीलाई पढ्न मन लाग्यो, एक बर्ष खूब पढे । इतिहास पढे, दर्शन पढे, साहित्य पढे । पहिले पढने गरेको बानीको पुनरावृत्ति भयो ।

हरेक आए गएको चिठीहरु पढेर मात्र आवागमन हुन दिईन्थो । यो कुरा कमाण्डरले नजानिदो किसिमले चिठी पढिने गरेको जानकारी वीपीलाई दिएका छन कुनै कुनै चिठीको नबुझिएको कुरा सोधेर । यो एक तरिका थियो कि कुनै चिठीमा राक्नुपर्ने बिषय बस्तु नपरोस भनेर मानसिक दवाव दिने । यदि सेन्सर गोप्यरुपले गर्न चाहेको भए कुरा नखोल्न अनेक उपायहरु थिए त्यस अवस्थामा पक्कै पनि कमान्ढरले यो बुझिएन भनेर सोध्ने थिएन न वीपी पत्नीको लेखनशैलीको प्रशंशा नै गर्ने थियो । ‘ ओहो, यहाँ त तपाईभन्दा राम्रो चिठी लेख्नु हँुदो रहेछ ’ भनेर कमाण्डरले दुवै तर्फका चिठी पढिने गरेका छन भनेर परोक्ष सुचना वीपीलाई दिएको छ । शायद यो उसको कर्तव्य भित्रै पर्दो हो । भेटघाट र बाहिर जाने चिठीको समय सिमित गरेर बाहिर सुवर्णजीले शुरु गरेको सशस्त्र अभियानलाई वीपीको निर्देश पुग्न रोकिएको पनि हुन सक्छ ।
जो सैनिक टोली नजरवन्द राख्न खटिएका थिए तिनीहरु उच्च प्रशिक्षित थिए कि भन्ने छनक दिने केही प्रसंगहरु वीपीले उल्लेख गरेका छन । छनक दिने केही प्रसंगहरु वीपीले उल्लेख गरेका छन । छनक दिने केही प्रसंगहरु वीपीले उल्लेख गरेका छन । ‘तिम्री छोरीलाई रेप गर भन्छ, गर्छौ ?’ भनेर वीपीले सोध्दा मेजर ‘सर, तपाईसँग म बहस गर्न सक्तिन ’ भनेर ठ्याक्क सेल्युट ठोकेर जान्छ । गणेशमानजी जनरललाई सामुन्ने नै ‘ यी मान्छे हुन् ? पशु हुन् । दुईखुट्टे पशु हुन्’ भन्दा संयमसाथ चुपचाप रहेको व्यवहार राम्रो भएनसम्म नभनेको कुरा मात्र हैन किशुनजीले मेजरको मुखमा जुठो पानी छ्याप्दा पनि हिउ झै चिसो रहनु असंभव जस्तो लागे पनि वीपीले भएको घटना भनेर कितापमा बर्णन गरेका छन । सारांशमा भन्दा सुन्दरीजलमा वीपीको समय नजरवन्दमा भएको मानसिक पिडा बाहेक अन्य पिडा बेगर नै व्यतित भएको छ ।
यस बिचमा राजाले वीपीको साथको निमित्त अनेकौ प्रयत्न गरेका छन । राजाको र वीपीको अहँ बाहेक सहकार्य हुन नसक्ने अन्य कुनै कारण कितापको यो खण्डमा त पाईदैन । बरु रमेशनाथ पाण्डे मार्फत राजाले एक मध्यममार्गिय भेटको अवसर बनाउन खोजेका छन । रमेशनाथ पाण्डेले सही ढंगले प्रस्तुत गर्न नसकेको हो वा किशुनजीको लेखाइमा व्यंगको पुट आएकोले हो राजाले आफै कोशिस गरेको भेट पनि सम्भव भएन । आङ्खनो तर्फबाट त रमेशनाथ उाण्डेले ‘म वीपी कोइरालालाई भेटन पाँउ ’ भनेर भेटन आएको कुरा गरे तर कुरा कुन किसिमले प्रस्तुत भयो कि रमेशनाथले राजासंग भेट पाउन अनुरोध पत्र लेख्न गरेको आग्रहमा किशुनजीले ‘त्यो गतिरोधलाई हटाउनको निम्ती मसँग कुरा गर्न सरकारको पनि इच्छा भएको बुझिएकोले’ भन्ने वाक्यांश पर्न गयो जसले त्यसपछि राजाले कहिल्यै वीपीलाई नभेटने काखम गरे । यसको उत्तर त यस कितापमा छैन केवल रमेशनाथ पाण्डे संग छ ।
विराटनगर–१
प्रकाशित मितिः २०७१ फागुन १४ गते बिहीवार
(नोट: आफैले बोलेको आत्मवृत्तान्तमा मात्र आधारित भएर वीपीको र त्यस बेलाको पुनर्मुल्यांकल गर्ने प्रयत्न स्वरुपका पछिल्ला २८ लेखहरु चितवन पोष्टमा प्रकाशन हुदै आएका भए पनि प्रकाशनक्रममा बारंवार लापरवाही भएकाल यी श्रृखलाको बाँकी लेखहरु क्राइमचेकमा प्रकाशित हुँदैछन । पुराना लेखहरु पनि हेर्ने इच्छा भएमा आत्मवृतान्तका पूराना श्रृङ्खलाहरु आत्मवृतान्ताका पुराना श्रृङ्खलाहरु मा उपलब्ध छन ।—लेखक)