-दीवाकर मैनाली
प्रजातन्त्र भन्ने बित्तीकै प्रजाको तन्त्र अर्थात जनताको अधीकार भन्ने बुझीन्छ । राजा को शासन रहदा जनता जनार्दनलाइ प्रजा भनेर चिनिन्थ्यो भने बहुदलीय ब्यबस्था पश्चात उही प्रजा लाइ जनता भनेर चिनीन थाल्यो । तत्कालीन जहानीया राणा कालीन अवस्थाको ज्यादती सहन नसकेर राजा श्री पाँच त्रीभुवन को नेतृत्वमा प्रजाको रक्षाको लागी बिर शहिद गंगालाल श्रेष्ठ , दशरथ चन्द , धर्म भक्त माथेमा र शुक्रराज सास्त्री लाइ भित्री रुपमा समर्थन र ऐक्वबद्धता जनाउदै राणा शासन बिरुद्ध ससक्त भुमीका खेलीबक्सेको थियो । परराष्ट्र मामीला , कुटनीतीक क्षेत्र र आफ्नो पंहुच पुग्ने मित्रराष्ट्र हरुमा आफुले परामर्श तथा सहयोग को अपील गरी बिर शहीद हरुलाइ जनताको नेतृत्वमा खटाइ बक्सेको थियो । श्री पाँच त्रीभुवन अन्तःत मुलुकको जहानीया राणा शासन अन्त गरी प्रजातन्त्र स्थापना गर्न सफल होइबक्स्यो । राणा शासनको अन्त र प्रजातन्त्रको बहाली संगै जनमानसमा प्रजातन्त्रका पिता बनेर ऊदाइबक्स्यो । मौसुफ सरकारकै कारण जनताले जहानीया राणा शासन पछी को न्यायको सास फेर्न पाएका थिए । आफुलाइ एक नेपाली भनेर गर्व गर्न पाएका जनताले आफुलाइ स्वतन्त्र प्रजा भयको महशुस गर्न पाएका थिए । राजा को पुर्ण अधिकार र प्रजा तन्त्रको अधीकार एक्कै चोटी , एक्कै पल बहाली भयकै कारण ले पनि राजतन्त्र र प्रजातन्त्र एक अर्कामा परिपुरक छन् । राजतन्त्र बिना प्रजातन्त्र को अनुभुती हुदैन भने प्रजातन्त्र बिना पनि राजतन्त्र कायम रहन सक्दैन । हालको नेपालको स्थीती लाइ राजनितीक दलहरुले जतिसुकै प्रजातन्त्र को ओकालत गरेपनि सत्याता भने कही कतै पनि पाँइदैन । राजातन्त्रको अन्त संगै प्रजातन्त्रको भ्रुण हत्या भै सकेको छ भन्दा फरक पर्दैन । यो तन्त्र प्रजातन्त्र नभै नेता तन्त्र मात्र हो भन्न सकिन्छ । जनतामा समेत नेतातन्त्रकै अनुभुती भैरहेको छ । त्यसैकारण ले पनि राजा हरुले प्रजा हरुलाइ आफ्ना रैती मानेका हुन । प्रजा बिना को राजा हुन्न भनेर राजा स्वयंले पनि बेलाबेलामा उद्दघोस गरिरहेका हुन्थे । यसको तात्पर्य यही हो कि राजा र प्रजा भनेका नंग र मासु बराबरको सम्बन्ध रहन्छ । यस बाट यो पनि साबित हुन्छ कि राजा द्वारा मात्र प्रजातन्त्रको बहाली र अनुभुती गराइबक्सन्छ ।
हाल नेपालमा बिभिन्न राजनितीक दलहरुले आफुलाइ प्रजातन्त्रबादी भन्दै छाती पिट्ने गरेको हामी देख्द छौ । वास्तब मै प्रजातन्त्र भनेको के हो ? प्रजातन्त्रको मुल्यमान्यता भनेर के के लाई बुझ्ने भन्ने सम्बन्धमा न कुनै नेता जानकार छन न त जनतानै जानकार छन् । कदमकथाचित जानकार भय पनि ब्यबहारमा भने कुनैपनि राजनीतीक दलका नेता हरु उतार्न तयार छैनन् । बर्षको एकदिन शहीद गेटमा गयर माला चढाउदैमा शहिद दीवस वा प्रजातन्त्र मनाइएको हुदैन । साँच्चै भन्नु पर्दा हालका राजनीतीक दलका नेता हरुले प्रजातन्त्र बहालीको दिन फाल्गुण सात गते लाइ एउटा पर्व को रुपमा मनाउदै आइरहेका छन् । त्यो पनि आफ्नो ब्यक्तीगत स्वतन्त्रताको पर्वको रुप मा मनाउदै आइरहेका छन । यो प्रजातन्त्रको नाम भजाएर नै कयौँ राजनीतीक दल हरु बाँचेका छन भन्दा फरक पर्दैन ।
श्री पाँच त्रीभुवन को शासन कालमा बहाली गरिएको प्रजातन्त्र लाइ श्री पाँच महेन्द्रले हुर्काउने काम गरिबक्सेको हो । जब मुलुकमा प्रजातन्त्रको अनुभुती जनताले गर्न थालीसकेका थिए तब ब्यक्तीगत स्वार्थको लागी नेपालमा बिभिन्न राजनीती दलको नाम मा संघ संस्था खोलीने काम भयो । जनता को हक र अधीकार भन्दै प्रजातन्त्रबादी को खोल ओढेर राजनीतीक दल हरु शसक्त रुपमा प्रस्तुत हून थाले । 2017 सालमा नेपाली कांग्रेश ले गाँउगाँउ पसेर भुमीगत राजनीती शुरु गर्न थाल्यो । काँग्रेशको भुमीगत ससक्त आन्दोलन ले प्रजातन्त्र बलीयो बनाउनुको साटो झनै कमजोर बनायो । जनतामा राजा प्रतीको अनावश्यक भ्रम फैलाएर जनता एकीकृत गर्ने काममा बिभिन्न राजनितीक दल हरु लागी परेका थिए । त्रीभुवन राजाले प्रजातन्त्रको टोपी सारा जनताको टाउको मा लगाइदीने मिठो सपना अन्ततः कमजोर बन्दै गयो । जनताहरु राजनितीक दलका ज्याजतीका कारण पुन राणा कालीन को झल्को दिएको महुस गर्न थाले । उक्त बेला देखी नै प्रजातन्त्रको टोपीमा दाग देखीन थालिसकेको थियो । राम्रो संग जनताले प्रजातन्त्रको अनुभुती गर्न नपाँउदै प्रजातन्त्रको टोपी काला धब्बा हरुले रंगीन शुरु गरिसकेको थियो । जनता आफु जे चाहन्छन त्यो पुरा गर्नु पर्छ भन्ने मान्यता राजाहरु राख्दथे । त्यसैको फाइदा राजनितीक दलहरुले श्री पाँच बिरेन्द्रको शासनकालमा मज्जैले ऊठाए । प्रजातन्त्रकाल लाइ राम्रो ब्यापार गर्न सफल राजनितीक दलहरुले पुःन जनतामा बहुदल को जाल फिजाए । उदारबादी राजा बिरेन्द्रको शहनशीलता र उदारताको भावना राम्रै संग बुझेका राजनीतीक दल हरुले दिनप्रतिदीन राजा र जनता बिचको सम्बन्ध कमजोर बनाउदै जान थाले । राजा र प्रजाको सम्बन्ध कमजोर भय संग संगै प्रजातन्त्र समेत झनै कमजोर बन्दै गयो ।
2062/063 को माओबादी तथा 19 दल ले गरेको सम्युक्त आन्दोलन ले राजा र राज संस्थाको अन्त गरायो । राजसंस्थाको अन्त संगै प्रजातन्तको पुर्णरुपमा हत्या भयो । तत्कालीन परिस्थितीमा जनतामा राजसंस्था बारेमा गलत भ्रम फैलाएर जनताहरुलाइ हतियार बनाएर फालिएको राजतन्त्र को बारेमा हाल आएर सम्पुर्ण जनतामा पश्चाताप हुदै जान थालेको छ । यसको कारण एउटै छ कि जनतालाइ त्यो बेला कुहिराको काग बनाइएको थियो । जनतालाइ एकोहोर्याईएको थियो । 2007 सालमा सीलाइएको प्रजातन्त्र को टोपी , सिंगारीन नपाउदै काला धब्बा हरु लगाउने काम भयो हाल आएर प्रजातन्त्रको टोपी लगाउनै नहुने गरी मैली सकेको छ । यो टोपी न कुनै राजनीतीक दल ले धुने र सिँगार्ने काम गरे न त कुनै ब्यबस्था ले नै । तसर्थ जनताले अब आफ्नो प्रजातन्त्रको टोपी राम्रै संग धुने बेला आएको छ । हरेक नेपालीको टाउको मा सजायर एक सच्चा देश भक्त नेपाली भनेर बिश्व सामु चिनाउने बेला आएको छ । संसारमा गुमी सकेको नेपालीको असली पहीचान खोज्ने बेला आएको छ ।
प्रकाशित मितिः२०७१ फागुन १४ गते बिहीवार