आत्मवृत्तान्तको ऐनामा : सात बर्ष पछिको स्वतन्त्रता

-स्वय्म्भुनाथ कार्की
रमेशनाथ पाण्डेको आग्रहमा किसुनजीले राजालाई लेखेको चिठी राजाले आफुले अनुरोध गरेर लेख्न लगाएको जस्तो भयो । स्वयं वीपीलाई पनि त्यो चिठी उपयुक्त लागेको थिएन , तै पनि त्यहि पठाईयो । सुन्दरीजलको नजरवन्दीबाट हेर्दा रमेशनाथ पाण्डेबाट आएको प्रस्ताव राजाले गतिरोध भएर त्यसको प्रवन्धन गर्न नसकेकोले आफुसंग मद्दत मागेको  निक्यौल गरेको सोच अनुरुप थियो । जुनकुरा त्यसपछिको भेटमा रमेशनाथ पाण्डेले नै भनेको उल्लेख छ । परिच्छेद ५९ मा रमेशनाथको भनाई भनेर वीपी भन्छन ‘त्यस्तो चिठी त मैले भनेको थिईन । खाली दर्शन पाऊँ भनेको भए पुगिहाल्थ्यो नि । त्यो गतिरोधको कुरा र राजाले इच्छा गरेको भन्ने मुरा मिलेन ।’ त्यसको एक डेढ बर्ष पछि किसुनजीको विरोध हुँदाहुदै वीपीले राजालाई चिठी लेखे । जसको जवाफ आयो ‘मैले तिमीलाई प्रिजर्भ  गरेर राखेको छु ’ भनेर ।

सुन्दरीजलमा आफु र साथीहरुमा आएको मानसिक तनाव र त्यस तनावमा भएको कुरामा वीपीले नेहरुको जेल बसाईसंग आङ्खनो यो सुन्दरीजल बसाईको तुलना गरेका छन । भन्छन ‘ हाम्रो ग्रुप जस्तोसुकै भएता पनि मिलेको थियो । जवाहरजीहरु अढाई बर्ष पनि लगातार जेलमा बसेनन क्यारे अहमदावाद फोर्ट जेलमा । त्यसमा जो उनीहरुको बीचमा तनाव हुने, बोलचाल बन्द हुने, त्यस्तो त हाम्रो भएन ’ ।  अन्तिम तिर अरु सबैलाई कि त छोडिसकिएको थियो कि अन्त सारि सकिएको थियो । सुन्दरीजलमा वीपी र गणेशमान मात्र थिए । गिरीजालाई थुनामुक्त गरेर मध्यस्थ बनाईएको थियो , राजा र वीपीको सम्वाद सुत्र । यो परिस्थितिलाई विपीले ‘राजा पनि मलाई लाग्छ, अगाडी बढ्ने अध्यारो गोरेटोमा छन् र हामीहरु पनि अन्यौलमा छौं ’ भनेर मुल्यांकन गरेको कुरा परिच्छेद ६०मा उल्लेख छ ।
गिरीजालाई मध्यस्थ बनाउदा कुरो बाहिर जादैन भन्ने राजाको सोच गलत भयो । सूर्यवहादुर थापाले गिरीजाबाट कुरो चुहाएर त्यो कुरो सूर्यबाबुलाई भन्ने र सुर्यबाबुले कुरो भारत पुर्‍याउने गर्दा रहेछन । त्यसैले राजाले गिरीजालाई ‘तिमीले मलाई दुईचोटी धोखा दियौ ’ भनेर गिरीजालाई छाँस्न पर्‍यो । यस परिच्छेदमा वीपीले भनेको कुराले के देखाउछ भने उनलाई छोड्ने कुरामा ढिलो भारतले गरेर भएको हो । अन्तमा राजा आफैले सूर्यप्रसादलाई लिएर वीपीलाई भेट्न जान गिरीजालाई भने । त्यस अघि नै गिरीजा माफैत राजाले आफुले गर्न लागेका  भूमिसुधार लगायतका काममा वीपीको विचार जान्न खोजेका थिए । तर वीपीले ‘पछि त्यो म नै कुरा गरिहाल्छु’ भनेर टारे । राजाको वीपीसंगै मिलेर काम गर्ने आश भने अझ नमरिसकेको कुरा सोहि परिच्छेदमा वीपीको भनाईले देखाउछ ,‘कुरा मिल्यो भने छोडिदिन्छु, छोडिमात्र दिन्न म सल्लाह गरेर काम गर्छु ’ ।


"सूचनाः आत्मवृतान्तका ऐनाका २८ भाग चितवनबाट प्रकाशन हुने चितवन पोष्ट दैनिक र त्यसपछिका २२ अंक वीरगंजबाट प्रकाशन हुने यस क्राइम चेक साप्ताहिकमा प्रकाशन भएपछी सबैको संगालोलाई लेखक स्वयम्भुनाथ कार्कीबाट यसलाई पुस्तकको रुप दिने निर्णय भएको जानकारी प्राप्त भएपछी अागामी हप्ता अर्थात चैतको पहिलो हप्तामा क्राइमचेकमा अन्तिम श्रृङ्खला प्रकाशन हुनेछ त्यसपश्चात निकट भविष्यमै पाठकहरु सामु किताबको रुपमा प्रस्तुत गरिने सहर्ष जानकारी गराउन चाहन्छौं....
-सम्पादक"

राजा के कुरा मिलोस भन्ने चाहान्थे र वीपीले कुन कुरा स्विकार गरेनन त्यो भने वीपीले स्पष्ट भनेका छैनन, परिस्थिति र अन्य कुराले अआङ्खनो अनुमान लगाउने कुरामात्र हो । वीपीको नजरवन्दको यो लामो समयमा वीपीले अनुमान गरेजस्तो गतिरोधको अवस्था भने थिएन । त्यस कालखण्डमा भूमिसुभार लगायतका धेरै कामहरु लगातार भई रहेका थिए । महेन्द्र राजमार्ग शुरु भई सकेको थियो, मुलुकको पुर्नसंरचना मात्र भएको थिएन त्यहाँ स्थानिय निकायको रुपमा पञ्चायतहरु गठन पनि भई सकेका थिए । शायद राजा आङ्खना त्यहि काम र वीपीको विचार बिचमा तादम्य खोज्दै थिए वा अन्य कुनै विषय थियो यस बारेमा यस कितापमा कुनै उल्लेख छैन । राम्रो वा नराम्रो जस्तो मुल्यांकन गरे पनि मुलुक संक्रमणकालमा भने थिएन ।

वीपी र गणेशमानलाई छोड्नुभन्दा पहिले गिरीजालाई मध्यस्थताबाट हटाए । छनक दिए कि अब वीपीलाई अनन्तकालसम्म छोडिने छैन । गिरीजा जयप्रकाशकहाँ पुगे, जयप्रकाशले ‘अब वीपीका मित्र र नातेदारहरुले मुटु दह्रो पार्नु पर्‍यो । मर्न पनि सक्तछन उनी’ सम्म भनन पुगे । तर एक दिा अचानक सूर्यबाबु वीपी पत्नी सुशिलाको साथ भेटन आए । त्यहिदिन बेलुका वीपी र गणेशमानलाई चाबेल लगियो । त्यहाबाट जरनेलले कसैलाई फोन गर्‍यो र भन्यो अब तपाई छुट्नु भयो । प्रेसवालाहरु त्यहाँ थिए, सूर्यबाबुले वक्तव्य ल्याएका थिए तर वीपीले आफै वक्तव्य तैयार गरेर त्यो प्रेसवालाहरुलाई दिईयो । डेढ घण्टाको पर्खाई पछि प्रेसले वक्तव्य पायो । गणेशमानले भने भोलिपल्टमात्र वक्तव्य दिए ।
परिच्छेद ६१मा एक रोचक कुरा छ , राजा इलाजको निमित्त बाहिर जानेवबला थिए । वीपी राजालाई भेट्न चाहान्थे तर प्रधानमन्त्रीले पछि भेट्नु भने । तर राजाले वीपी आफुलाई भेट्न आउलान भनने आश गरेका रहेछन ।  यहाँ सूर्यबहादुर थापाको चलाखी झल्केको छ , राजा र वीपीको भेट हुन नदिनुमा । यस कितापको आलोकमा हेर्ने हो भने सूर्यबहादुर थापाको बारेमा राजा महेन्द्रको संकटको समयमा सूर्यबहादुरलाई सम्झनु भन्ने भनाई थियो भन्ने कुराको खण्डन गर्छ । शायद राजा र वीपीको फेरी मेल भयो भने आङ्खनो अस्तित्व हराउछ भन्ने परेको हो कि जस्तो गरेर काम गरेको छनक यस कितापमा छ । आङ्खनो र वीपीको बीच गिरीजा मार्फत भएको कुराकानी बाहिरिएको शायद राजालाई मन परेको थिएन त्यसैले अब नछोड्ने संकेत दिएर अचानक वीपीलाई मुक्त गरे । त्यसैले सूर्यबहादुर थापा राजाका विश्वास पात्र भने थिएनन , तर राजाद्वारा नियुक्त प्रधनामन्त्री भएकोले गिरीजा वीपी दुबै उनलाई राजाको विश्वास पात्र मान्न पुगे ।

विराटनगर–१


प्रकाशित मितिः २०७१ फागुन २८  गते बिहीवार




(नोट: आफैले बोलेको आत्मवृत्तान्तमा मात्र आधारित भएर वीपीको र त्यस बेलाको पुनर्मुल्यांकल गर्ने प्रयत्न स्वरुपका पछिल्ला २८ लेखहरु चितवन पोष्टमा प्रकाशन हुदै आएका भए पनि प्रकाशनक्रममा बारंवार लापरवाही भएकाल यी श्रृखलाको बाँकी लेखहरु क्राइमचेकमा प्रकाशित हुँदैछन । पुराना लेखहरु पनि हेर्ने इच्छा भएमा  आत्मवृतान्तका पूराना श्रृङ्खलाहरु आत्मवृतान्ताका पुराना श्रृङ्खलाहरु  मा उपलब्ध छन ।—लेखक)


"सूचनाः आत्मवृतान्तका ऐनाका २८ भाग चितवनबाट प्रकाशन हुने चितवन पोष्ट दैनिक र त्यसपछिका २२ अंक वीरगंजबाट प्रकाशन हुने यस क्राइम चेक साप्ताहिकमा प्रकाशन भएपछी सबैको संगालोलाई लेखक स्वयम्भुनाथ कार्कीबाट यसलाई पुस्तकको रुप दिने निर्णय भएको जानकारी प्राप्त भएपछी अागामी हप्ता अर्थात चैतको पहिलो हप्तामा क्राइमचेकमा अन्तिम श्रृङ्खला प्रकाशन हुनेछ त्यसपश्चात निकट भविष्यमै पाठकहरु सामु किताबको रुपमा प्रस्तुत गरिने सहर्ष जानकारी गराउन चाहन्छौं....
-सम्पादक"




SHARE THIS

Author:

Facebook Comment