-बिम्मी शर्मा
नेपालमा पत्रकार सम्मेलनको बाढी आएको छ । हरेक दिन जसो कुनै न कुनै पार्टीका नेताले पत्रकारलाई बोलाई पत्रकार सम्मेलन गरिरहेका छन् । यी नेताहरु पत्रकार सम्मेलनको बहानामा आफ्नो मनको भडास सबै पोख्दछन् । त्यस्तै पत्रकारहरु पनि प्रश्नको गोली दागेर उत्तर दिन बसेकालाई निरुत्तर पार्दछन् । पत्रकारहरुमा यो मानसिकताले जरो गाडिसकेको छ कि पत्रकार सम्मेलनमा प्रश्न गररे मात्र ठूला पत्रकार भइने र सबैको आँखामा पर्ने भइन्छ । त्यसैले समाचार राम्रो लेख्न नआउनेहरु पनि प्रश्नमाथि प्रश्न गरी नेताहरुलाई हायल–कायल पार्दछन् । अझ कतिपय पत्रकार त अलिकता पढेलेखेकाहरुसँग प्रश्न लेखाएर ल्याएर त्यसलाई सुगाझैं रटेर नेतामाथि मशिनगनझैं भट्भट् बर्सिन्छन् ।
राष्ट्रको चौथो अड्डको सम्मान पाएका पत्रकारहरु पनि कम छैनन्, पत्रकार सम्मेलनमा चियाको चुस्कीसँगै राम्रो नास्ताको पनि व्यवस्था छ भने मिठो मुस्कानकासाथ शिष्ट भाषामा विराजमान हुन्छन् । नत्र भने सो सम्मेलनमा आउँदै आउँदैनन्, आइहाले पनि ओछ्यानबाट सिधा मुख पनि नधोएर त्यहीं पुग्छन् । अझ जाडो महिना छ भने सिरक पनि ओढेर पुग्न बेर छैन । पत्रकारका लागि बिहानको कार्यक्रम मन पर्दैन, यसले एक दिन अगाडि उनीहरु कुन रेस्टुरेन्टमा कोंसंग भलाकुसारी गर्न बसेका थिए र त्यहाँ भोडका, रम, जीन कति प्याग पेटको इनारमा खन्याएका थिए त्यसको सबै पोल खुल्दछ । त्यसैले पत्रकारहरु सकेसम्म चाहन्छन् दिउँसो खाना खाने टाइममा पत्रकार सम्मेलन होस्, त्यसमा कुखुराको रोष्ट चपाउन पाइयोस् । अझ साँझपख वा राति पत्रकार सम्मेलन भए झनै राम्रो । तर साँझ वा रातिको पत्रकार सम्मेलनमा चिया वा कफी सर्म गरे यो चौथो अड्डले आफ्नो सबै मर्यादा बिर्सेर ताण्डव नृत्य देखाउन लाग्दछन् । सके त्यो चियाकफी सर्म गर्नेकै टाउकोमा खन्याउन बेर छैन ।
साँझ वा रातिको पत्रकार सम्मेलनमा देशको चौथो अड्ड जाँडले नुहाएपछि त्यो समाचार भोलि नभएर पर्सीपल्टको पत्रिकामा छापिन्छ, त्यो पनि नेताहरुको स्तुतीगान गर्दै । प्रशासन, प्रहरी वा दलका नेता कसैले पनि पत्रकार सम्मेलन गरेर त्यसको समाचार वा परिणाम राम्रो आओस् भन्ने चाहन्छन् भने पत्रकारहरुको ‘सम्मान’ राम्ररी गर्नुपर्दछ । अब पत्रकारको ‘सम्मान’ भनेको के हो यो सबैले बुझेकै छन् । पत्रकार सम्मेलनमा यी पत्रकार महोदयहरु आफ्नो मिल्ने पात्रसँग झुन्ड बनाएर बसेका हुन्छन् र कुनै गोप्य कुरालाई एक अर्कासँग बाँडीचुँडी पनि गरिराखेका हुन्छन् । पत्रकारहरु कलमसँगै आँखाको इसारामा पनि पोख्त हुन्छन् । इसाराबाट नै कतिवटा षडयन्त्र गरिसक्छन् भने कतिवटा भेद पनि त्यही आँखाको भावबाट व्यक्त हुन्छन् । पत्रकार सम्मेलनमा बोलाइएका ती अतिथि वा नेताको भाषणभन्दा सुन्न र केही टिप्न बसेका यी पत्रकार मनुवाहरुको हावभाव र गतिविधि रोचक हुने गर्दछ ।
कतिपय पत्रकार सम्मेलनमा पत्रकारहरु मोबाइलको हेडफोन दुवै कानमा लगाएर गोरुझैं टाउको हल्लाएर बसिराखेका हुन्छन् । कतिपयलाई भने पट्यार लागेर हाईहाई आउन थाल्दछ । यसैबीच टेबुलको तलबाट सुर्ती र खैनीको आदानप्रदान चल्न थाल्छ । मुखमा सुर्ती वा खैनीको सानो बुजो लगाएपछि उनीहरुमा केही गरौं भन्ने जोश चल्छ । जसले गर्दा कुरो न कन्तोको प्रश्न गरेर उपस्थित भएकाहरुका सामु आफ्नो हरिविजोग गर्दछन् । यस्ता कतिपय पत्रकार सम्मेलनमा कुनै कुनै पत्रकार बन्धुहरुलाई नाक, कान कोट्याउने र कपाल कन्याउने सनक चढ्दछ । छेउमा बसेको मान्छेको ख्याल नै नगरी उक्त पत्रकार ती क्रियाहरुलाई यसरी दोहोर्याउँछन् कि त्यहाँ बसे वमन नै हुन बेर, हैन भने अर्को कुर्सीमा गएर बस्नुपर्ने स्थिति आउछ । अनि कहिलेकाहीं सानो चिटमा कसैको बारेमा केही लेखेर पालैपालो सबैलाई पढ्न दिइन्छ । यसबाट पत्रकार सम्मेलनमा अर्को तरड्ड उत्पन्न हुन्छ । प्रश्न गर्न लागेकै समयमा नास्ताको प्लेट हाजिर छ भने पहिला नास्तामाथि हात साफ गरिन्छ । त्यतिन्जेल त्यो प्रश्न पनि नास्तासँगै पेटको कुनै कुनामा थन्किन पुग्दछ ।
पत्रकार सम्मेलनको सबैभन्दा ठूलो विशेषता हो – समयमा सुरु नहुनु । १० बजेको पत्रकार सम्मेलन ११ बजे सुरु भए पनि अहो भाग्य मान्नुपर्छ । आयोजक प्रमुख अतिथि सबै कुर्सीमा विराजमान छन् तर पत्रकार महोदयको अत्तोपत्तो छैन । पत्रकार समयमा नआएपछि आयोजकले के भन्नु र प्रमुख अतिथिले के सुनाउनु । अनि उनीहरुको समाचार कसले पढ्ने र कसले सुन्ने, परेन आपत । बिचराहरु नुन खाएको कुखुराझैं झोक्र्याएर बसेका हुन्छन् । यतिकैमा अबेर भए पनि अनुहारमा कुनै ग्लानीबोध नल्याएर पान चपाउँदै काँधमा क्यामरा झुन्ड्याएर मुसुक्क हाँस्दै पत्रकार महोदय ‘भगवान’ झैं प्रकट हुन्छन् । त्यसपछि सबैसँग हात मिलाएर भलाकुसारी गरेपछि उनी आफ्नो सिटमा विराजमान हुन्छन् । अब आयोजक र प्रमुख अतिथि दुवैको ओठको लुप्त भएको हाँसो फर्किन थाल्छ । कुनै कुनै पत्रकार सम्मेलनमा पत्रकार आइपुगे पनि प्रमुख अतिथि नै गायब हुने गर्दछन् । त्यसबेला देशको चौथो अड्डलाई आफ्नो समय बिनासित्ति खेर फालिदिएकोमा रिस उठ्दछ र आयोजकमाथि बमको गोला प्रहार गर्न थाल्दछन् । पत्रकारहरु आफू यति र उती महत्त्वपूर्ण भएको प्रलाप गर्दै प्रमुख अतिथिलाई सराप्न थाल्दछन् ।
पत्रकार सम्मेलन सार्है रमाइलो हुने गर्दछ । जानुपर्ने कर भएकाहरु त गइहाल्छन् । कहिलेकाहीं नजानुपर्नेहरु पनि सो पत्रकार सम्मेलनमा गएर भरपूर मनोरन्जन गर्न सक्दछन् । त्यो पनि फोकटमा, अझ चिया नास्ता पनि खान पाइने । हलमा गएर तीन घण्टाको फिलिम हेर्नमा जति मजा आउँदैन त्यति पत्रकार सम्मेलनमा आउँछ । यसरी एक पैसा खर्च नगरेर मनोरन्जन लिन पाउने ठाउँहरु नेपालमा सर्वत्र हुँदाहुँदै पनि मान्छेहरु त्यो नक्कली अभिनयलाई सिनेमाको पर्दामा हेर्न किन मरिहत्ते गर्छन् कुन्नी । जबकि पत्रकार सम्मेलनमा सबै जीवन्त र सक्कली हुने गर्दछन् । मलाई अचम्म लागेको छ कि अहिलेसम्म पत्रकार सम्मेलनलाई विषयवस्तु बनाएर किन कुनै टिभि सिरियल वा फिल्म बनाइएन, किन यस विषयमा कुनै साहित्यिक रचना लेखिएन । देशको चौथो अङ्गले कुर्सी तोडफोड गर्न र माइक भाँच्नुका साथै यति जीवन्त र दमदार अभिनय गर्दछ कि उसलाई राष्ट्रिय पुरस्कार दिनुपर्छ, भलै उसलाई समाचारको ‘स’ पनि लेख्न नआओस् । त्यसैले हाम्रा पत्रकार बन्धुहरु राम्रो खाजा र चियाको ( चियाको साटो अरु कुनै झोल कुरा पनि हुन सक्छ ) ब्यवस्था भएको पत्रकार सम्मेलन संधै होस भन्ने चाहन्छन् । उनीहरुको यो इच्छा हाम्रा योग्य नेताहरुले पूरा गरिदिउन ‘तथास्तु’ ।