– स्वयम्भुनाथ कार्की
सूर्यप्रसाद उपाध्याय वीपीको निमित्त घाँटीमा अड्केको हड्डी सरह भएको चित्रण किताप भरी नै पाइन्छ । सूर्यप्रसाद उपाध्याय र सृर्य बाबु नामले जति स्थानमा बिपीले स्थानमा सम्झेका छन् प्राय: ती सबै स्थानमा अवसरवादी, ढुलमुले चरित्र, स्वार्थी व्यक्तिको रुपमा चित्रित गरेका छन् । तै पनि सन १९४२ को आन्दोलनमा बृटिस भारतमा बनारसबाट समातिने नेपाली मध्येमा बिपीसँगै भएदेखि सुन्दरीजलबाट बिपी छुट्दासम्म सूर्यप्रसाद उपाध्याय देखिन्छन् । मोहन सम्शेरको थुनामा रहेको बेला आफ्नो विरोधमा दुश्प्रचार गर्ने नाइके नै सूर्यबाबु हुन झै छनक दिने बिपी उनलाई हमेशा साथ राख्न विवश भएका देखिन्छन् । यो कुरा बिपीको कितापमा देखिएको स्वभावसंग मेल खाँदैन । डिल्लीरमण रेग्मीदेखि आफ्नै दाजु मातृकाबाबुसम्मलाई नेपाली कांग्रेसबाट किनारा लगाउन सक्ने बिपीले पन्द्रसालको आम चुनावमा दुइ स्थानबाट हारेका सूर्यबाबुलाई महासमितिमा ल्याएर मन्त्री बनाउन बिपीलाई के कुराले विवश पारेको थियो त्यसको विवेचन यस कितापको आधारले हुन सक्दैन ।
पद्मसम्शेरको थुनामा बिपी हुँदा सूर्यप्रसाद डाक्टर महेन्द्रप्रसादको सहायक बनेर वीपीलाई भेटन आए । पद्मसम्शेरले चाहेर पनि बिपीको निमित्त केहि गर्न नसक्ने परिस्थिति अवगत गराएर आफु भारत जान लागेको कुरा बताउदै जयप्रकाशलाई चिठी लेखिदिन आग्रह गरे । सो चिठी संगै थुनामा रहेका मनमोहनले शंका व्यक्त गरेपछि लेखिएन । परिच्छेद १४ को यो प्रसंगमा बिपीले हलुकारुपले सूर्यप्रसाद उपर पाठकको शंका तान्न खोजेका छन । भन्छन “सूर्यप्रसादको बाबु भीम सम्शेरको दरवारिया भएकोले सूर्य बाबुको पनि पद्म सम्सेरसँग त्यहि किसिमको सम्पर्क थियो” । पछि यिनै भिम शम्शेरको नातीहरु नै बिपीका भरपर्दा र विश्वासीला सहयात्री भए । सूर्य बाबु भिम शम्शेरको नातीले खोलेको पार्टी नेपाली डेमोक्रेटिक कांग्रेसको सेक्रेटरी भए ।
डेमोक्रेटिक कांग्रेसका संस्थापक महावीर सम्शेर र सुवर्ण सम्शेरको आर्थिक लगायतका सहायता समेतले वीपीको राष्ट्रिय कांग्रेस गठन भएको कुरा यो कितापमा पनि अस्विकार गरिएको छैन । राष्ट्रिय कांग्रेसको अध्यक्ष भएको बेला नै बिपी मोहन सम्शेरको फन्दामा परेका थिए । आफुले सहयोग गरेर गठनमा योगदान पुर्याएको पार्टीको अध्यक्षलाई आफ्नै मुखपत्र “नेपाल पुकार” मार्फत किन हमला गर्यो त्यो गाँठी कुरा खोज्न यो किताप सहायक छैन । तर यसको दोष बिपीले अप्रत्यक्ष रुपमा सूर्य प्रसादलाई लगाएका छन् परिच्छेद २४ मा, महेन्द्र विक्रम शाह अध्यक्ष र सूर्य बाबु सेक्रेटरी भएको उल्लेख गरेर । यति हुँदा पनि जव विपी मोहनसम्शेरको कैदबाट छुटेर भारत गए डेमोक्रेटिक र राष्ट्रियको एकीकरणको प्रस्ताव लिएर बिपीको सामुन्ने सूर्य बाबु नै गएका छन् । यो प्रस्तावलाई बिपीले सहर्ष स्विकार गरेर उनीसंगै जोगवनी, पटना गएर आ–आफ्नो पार्टीको वकिङ्ग कमिटीको बैठक गर्दै पार्टी एकीकरण सम्भव बनाएका छन् ।
क्रान्तिकालमा पनि बिपीले सूर्यप्रसादको कामले क्रान्तिमा हानी भएको नै चित्रण गरेका छन् । हतियार खोज्न वित्थामा लाखौको खर्च गराई दिएको । आफुलाई सुम्पेको क्षेत्रमा राम्रो काम नगरेर के.आई सिंहको विद्रोह जन्माएको अनि उनैको संचालन कमजोरीको कारणले बालचन्द्रले लुटपाट गरेको उललेख गर्न छुटाएका छैनन । परिच्छेद २८ मा भन्छन “सूर्य बाबुको काम गर्ने स्वभाव नै त्यही छ । एक पटक यहाँ एउटा हडताल भयो । हडतालको लागि आर्थिक मद्दत माग्न आएका थिए । उहाँले पुलिन्दा दिनु भयो, नोटको साईजको अखबार काटेर एकसयको नोट एकातिर र आर्को एकसयको नोट आर्कोतिर गरेर पुलिन्दा बनाएर दिई पठाउनु भएको रहेछ । उहाँका यस्ता कुराहरुको त अनन्त उखानहरु छन” ।
सूर्यप्रसाद उपाध्याय प्रति बिपीको नकारात्मक धारणा सुन्दरीजल नजरबन्दमा यिनले एकान्तवास गर्नु, अरु भन्दा छिटै छुट्नु, अनि छुटेर जाँदा कसैसंग भेट नगरी सुटुक्क जानुले बनेको भन्ने आम धारणा छ । यो धारणालाई कितापको परिच्छेद ५९ मा भएका सूर्यप्रसाद सम्बन्धी वर्णनले पनि मलजल गर्छ । तर परिच्छेद ५० मा बिपीलाई सुन्दरीजलबाट छुटाउन सूर्यप्रसादले गरेको कामको पनि चर्चा छ । सूर्य प्रसादले तैयार गरेर ल्याएको वक्तव्य नदिई आफुले नै वक्तव्य तैयार गरेको र त्यसलाई सूर्यप्रसादले टाईप गराएको उल्लेखले बिपी रिहाईमा सूर्य प्रसाद उपाध्यायको भुमिका भएको प्रष्ट हुन्छ । गिरिजा लगायत अरुले गरेको प्रयत्न कसरी असफल भए भन्ने कुराको कितापमा राम्रो वर्णन छ । अरुको भन्दा सूर्य बाबुको प्रयत्न सार्थक भएको कुरो बिपीले बुझेनन् होला भन्नु बिपीको क्षमताको अपमान हो । त्यति हुँदा पनि सम्वन्ध नसुध्रनुले अनुमान गरिएको कारण हैन भन्ने आफै स्ष्ट हुन्छ ।
सम्बन्धको यो तीतोपनको निमित्त परिच्छेद २८ को एक प्रसंगले कुन कारण थियो होला भन्ने अनुमान गर्न सकिन्छ । आफ्नो घाँटीमा अड्केको हड्डी सरह सूर्य बाबुलाई मन नपराए पनि महत्व किन दिइयो होला भन्ने अनुमान पनि यसैले गर्न सकिन्छ र । “सूर्य बाबुको ग्रुप थियो, कितवईसँगको । सूर्य बाबुको जवाहरलालजीसँगको सम्बन्ध नै किदवईमार्फत भएको हो ” । अर्थात सूर्य प्रसाद उपाध्याय नेहरुको नजिकका थिए, वा नेहरु क्याम्पका थिए । बिपी जयप्रकाश नारायण नजिकका वा क्याम्पका थिए । भारत स्वतन्त्रता आन्दोलनमा नेहरु र जयप्रकाश संगै भए पनि स्वतन्त्र भारतमा उनीहरु एक अर्काका राजनैतिक विरोधी हुन् । यो पनि रोचक संयोग परेको छ कि भारतमा ईन्दिरा गान्धीले संकटकाल लगाएर जयप्रकाश नारायण लगायत विरोधी नेता थुनिन थालेको समयखण्डमा नै अर्थात ३० दिसेम्वर १९७६ मा अपिल गर्दै बिपी नेपाल फर्के । भारतमा २५ जुन १९७५ बाट लागेको संकटकाल २१ मार्च १९७७ मा समाप्त भयो । जे होस सूर्यप्रसाद उपाध्यायको पात्र कितापमा महत्वपूर्ण छ ।
विराटनगर–१
प्रकाशित मितिः२०७१ माघ २२ गते बिहीवार

(नोट: आफैले बोलेको आत्मवृत्तान्तमा मात्र आधारित भएर वीपीको र त्यस बेलाको पुनर्मुल्यांकल गर्ने प्रयत्न स्वरुपका पछिल्ला २८ लेखहरु चितवन पोष्टमा प्रकाशन हुदै आएका भए पनि प्रकाशनक्रममा बारंवार लापरवाही भएकाल यी श्रृखलाको बाँकी लेखहरु क्राइमचेकमा प्रकाशित हुँदैछन । पुराना लेखहरु पनि हेर्ने इच्छा भएमा आत्मवृतान्तका पूराना श्रृङ्खलाहरु आत्मवृतान्ताका पुराना श्रृङ्खलाहरु मा उपलब्ध छन ।—लेखक)