– स्वयम्भुनाथ कार्की
डा. के. आई. सिंहको नामले चिनिने कुँवर ईन्द्रजीत सिंह पश्चिम तर्फका थिए । उनी कसरी नेपाली कांग्रेसमा आए भन्ने कुराको वारेका कितापले ज्यादा केहि बताउदैन । वीपी आफैले काल्पनिक भनेको दिल्ली सम्झौतालाई उनले धोकाको संज्ञा दिए , हतियार विसाउन मानेनन् । त्थस अवस्थामा उनलाई सम्झाउने प्रयत्न भएको छनक यो कितापले दिदैन । बरु वीपीको गृहमन्त्रीत्वमा नै उनैको आदेशले डा.के. आई. सिंह पक्राउ परे तर भैरहवामा उनी जेल तोडेर भाग्न सफल भए । नेपाली इतिहासमा छाप छोड्न सफल र ‘हिमालयका रविनहुड’ नाम समेत पाएका नेपाली कांग्रेसका योद्धा जस्ताको उल्लेख यो कितापमा अत्यल्त हलुका तवरले किन भयो होला भन्ने चौचौ लागे पनि यो किताप जसरी जन्म्यो त्यसलाई हेर्दा समय अपुग भएको वा संकलकले उल्लेख्य नठानेर छुटाईएको हुन सक्छ । तर जति पनि उल्लेख छ त्यसले डा. के. आई. सिंहको चमत्कारिक व्यक्तित्वको बखान गरेको छ । वीपी स्वयं उनको मूल्यांकनमा भ्रमित भएको आभाष हुन्छ , यो नै के. आई. सिंहको व्यक्तित्वको चमत्कार हो ।
जब सशस्त्र क्रान्तिको अवधि भर कसैलाई सर्वोच्च कमाण्डर बनाउने कुरा बैरननिया सम्मेलनमा आयो अनि त्यो कमाण्डरमा मातृका बाबुको नाम आयो त्यो अप्रजातान्त्रिक भयो भनेर विरोध गर्नेमा वीपीले के. आई. सिंहहरु भनेर भनेका छन । परिच्छेद २९मा बर्णित यो घटनामा के. आई. सिंहको विरोध सर्वोच्च कमाण्डर हुनुको थियो कि जसरी कमाण्डरको नाम आयो त्यसमा थियो त्यो स्पष्ट छैन । तर ‘(मातृका) जहिले पनि भन्नुहुन्थ्यो, म त सुप्रिम कमाण्डर । तर त्यो मेरो जोडबाट उहाँ हुनुभयो ’ भनेबाट के लख काट्न सकिन्छ कि विरोध नाम प्रस्ताव भएको तरिकाको भएको थियो । तर त्यसको उचित सम्बोधन भएन बलात नै प्रस्ताव पारित भयो । पाल्पाको कमाण्डर इन चिफको छोरा गोपाल सम्सेरले के. आई सिंहको टुकडीलाई पठाएको हतियार आफैले रोकेर राखे । यस्तोमा के. आई. सिंहको केन्द्रिय नेतृत्व प्रतिको आक्रोश अस्वभाविक मानिनु नपर्ने हो ।
परिच्छेद ३१मा वीपी के. आई. सिंहको त्यो आक्रोश शान्त गर्न आफै गएको कुरा उल्लेख गर्छन । एकातर्फ हतियार रोकेर उनीमाथी अन्याय जस्तो भएको स्विकार पनि गर्छन भने साथसाथै के. आई. सिंहलाई दम्भी पनि भन्छन । जनस्तरमा काम गर्ने मान्छे पनि मान्छन अनि उनको आक्रोशको आलोचना पनि गर्छन । ‘बालचन्द्रले लुट्ने र यस्तै कामहरु गरिरहेका थिए । तर के. आई. सिंहले त्यस्तो गरेका थिएनन् ’ भने पनि परोक्ष रुपमा के. आईं सिंहले आफ्नो दम्भ पुरा गर्न नपाएर दिल्ली सम्झौताको विरोध गरेको आफ्नो निक्यौल रहेको देखाउँछन । परिच्छेद ३९मा के. आई. सिंह भाग्न सफल हुनुको दोष बडाहाकिम कुम्भ सिंह, पी.बी. मल्लको षड्यन्त्र भन्न पुगेका छन । यसमा मोहन सम्सेर र हरि सम्सेरलाई योजनाकार भनेका छन । यो भने अलि अनौठो लाग्छ । राणाहरुलाई सुरक्षित अवतरणको बाटो दिने दिल्ली सम्झौताको विरोधमा जाने के. आई. सिंहलाई मद्दत गर्ने गरेर मोहन सम्सेर साँच्चै मुर्ख थिए होलात ? भन्ने प्रश्न उव्जन्छ । त्यस्तै मोहन सम्सेर र हरि सम्सेरले मिलेर काम गर्नु अचम्म कै कुरा हो ।
जे होस भारतिय सेनालाई प्रयोग गरेर के. आई सिंहलाई पुन पक्राउ गरियो । वीपीको आदेशले उनलाई सिंहदरवार मै कैद गरियो । वीपीले गणेशमानवीलाई भने त्यसलाई राम्रो हेर्नु होला, अलिकति दिन राखेर छोडी दिनु पर्छ । यसबाट के प्रष्ट हुन्छ भने के. आई. सिंहलाई थुन्नुको कुनै अर्थ वीपीको निमित्त थिएन । भैरहवामा आफ्नो आक्रोश काम्य पार्न आएका वीपीलाई सलामी दिएर मान दिएका के. आई सिंहलाई यीनले त मेररो कुरा बुझ्लान भन्ने आशा लागेको हुनु पर्छ । त्यसैले के आई. सिंहले वहिले पनि वीपीबाबु संग भेट्न अनुरोध गरि रहे , तर वीपीले आफुले भेटेनन् र गणेशमानजीलाई दैनिक भेट्न पठाए । वीपीले यसो किन गरे भन्ने कुरा यस कितापको सेरोफेरोमा पाइन्न । सिंहदरवारको माथिल्लो तलामा वीपीको कार्यालय थियो त्यसैको छिंडि कोठामा के. आई सिंह थुनिएका थिए ।
सामान्यतया आफ्नो नेतृत्वको लडाईमा आफ्नो साथ रहेको एक सेनापति आफ्नै थुनामा छ, उ आफुलाई भेटेर केहि कुरा गर्न चाहिरहेको छ भने त्यो त्यस सेनापतिको हक हुनु पर्ने हो । त्यसो नहुनुको कुनै कारणको अनुमान गर्नु वीपी र कें आई. सिंह दुबैको अपमान हुन सक्ने भएकालाई यो प्रश्नको उत्तर खोज्ने जिम्मा इतिहासकारलाई छोड्न उपयुक्त हुन्छ । तर जे होस त्यस्तो कडा पहरामा पनि आफ्नो चमत्कारिक व्यक्तित्वको बलले सरकार नै केहि समय कब्जा गरेर आफ्ना सहयोगीहरुको साथ चीन जान के. आई. सिंह सफल भए । यो घटना हुनुको कारण वीपी आफुले गृहमन्त्रीबाट राजिनामा दिनुलाई पनि देख्छन । भन्छन ‘जबसम्म म गृहमन्त्री थिएँ, यसलाई छुटुँला भन्ने भर थियो । तर मेरो सरकार गईसकेपछि र मातृका बाबुको सरकार भएपछि उसको आशा हरायो ’।
संगै पक्रिएका बालचन्द्र शर्मालाई वीपी भारतको दवाव नमानेर मुक्त गर्छन, अनि के. आई. सिंहलाई आफुले भेट्दैनन र गणेशमानजीलाई दैनिक भेटन खटाउछन । केहिदिन पछि छोड्ने पनि कुरा गर्नछन । तर त्यहि के. आई. सिंह जब आफु थुनिएको सिंहदरवार मै विद्रोह मच्चाएर केहि समय सत्तमा कव्जा गर्न सफल हुन्छन त्यसमा मोहन सम्सेर र हरि सम्सेरको हात देख्छन । यसरी जीवनको अन्तकालमा यो किताप रेकर्ड गराउने समयसम्म पनि डाक्टर कुँवर ईन्द्रजित सिंहको व्यीक्तत्वको चमत्कारबाट वीपी मुक्त हुन सकेका छैनन् । के. आई. सिंह पछि प्रधानमन्त्री भएकोले थस काण्डमा दरवारको हात देखेका हुन भने पछि यनी नेपाली कांग्रेस (सुवर्ण)मा पनि त गए । वीपी जस्तो कुशाग्र, क्षमतावान व्यक्तिलाई पनि यसरी मूल्यांकनमा नै भ्रमित पार्न सक्ने के. आई. सिंहको व्यक्तित्वलाई चमत्कारिक भन्न सकिन्छ ।
(नोट: आफैले बोलेको आत्मवृत्तान्तमा मात्र आधारित भएर वीपीको र त्यस बेलाको पुनर्मुल्यांकल गर्ने प्रयत्न स्वरुपका पछिल्ला २८ लेखहरु चितवन पोष्टमा प्रकाशन हुदै आएका भए पनि प्रकाशनक्रममा बारंवार लापरवाही भएकाल यी श्रृखलाको बाँकी लेखहरु क्राइमचेकमा प्रकाशित हुने छन । पुराना लेखहरु पनि हेर्ने इच्छा भएमा आत्मवृतान्ताका पुराना श्रृङ्खलाहरु मा उपलब्ध छन ।—लेखक)
प्रकाशन मितिः२०७१ मंसिर १८ गते बिहीवार