निर्देशनालयबाट नाम निकाल्दा समेत काम गर्न बाट वञ्चित

राकेश साह
वीरगंज ,मंसिर १८,
नेपाल सरकारले लिने प्रक्रियागत परीक्षा दिएर नाम निकालेका स्वाथ्यकर्मीहरु अहिले काम गर्नबाट बञ्चित भएका छन् । कार्तिक २९ गते  प्रकाशित परीक्षाफल अनुसार बिभिन्न जिल्लाबाट यस जिल्लाका लागि ३५ जना हेल्थ अस्टिेन्ट (हेअ)ले नाम निकालेका छन् । तर उनीहरु अहिले  काममा जान सकेका छैनन् । मध्यमाञ्चल  स्वास्थ्य क्षेत्रिय निर्देशनालयबाट  सवै प्रक्रिया पुरयाएर पठाइ सक्दा समेत जिल्ला जन स्वास्थय कार्यालयले त्यसको कार्यान्वयनको बिरोध उत्रेको छ । बिभिन्न राजनितिक दवाव र सेनियर अहेव को दवावमा जिल्ला जन स्वास्थ्य कार्यालयले सो नियुक्ति बितरण गर्न नसकेको पिडित हे.अ समुहले बताए । हे.अ संर्घष समितले मंसिर १० गते पहिलो चरणको बार्ता गरेको थियो त्यो पनि सफल नभएपछि मंसिर १४ गते समितले जिल्ला जनस्वास्थ्यमा ताला बन्दी गरेको थियो । जिल्ला जन स्वास्थ्यले हरेक दिन एउटा नयाँ बहानामा स्वाथ्यकर्मीहरुलाई फर्काउने गरेको छ । यता जन स्वास्थ्य कार्यालय प्रमुख अरुण महतो संग बुझदा प्रक्रिया चलिरहेको बताए । हेल्थ अस्स्टिेन्ट लाई नियुक्ती नदिनु वा आलटाल गर्नु राजनितिक दलको प्रभाव वा आर्थिक चलखेलका कारण ढिलाई भइरहेको लाई स्वाथ्यकर्मीहरुले शंका व्यक्त गरेका छन् । 

SHARE THIS

Author:

Facebook Comment