- स्वयम्भुनाथ कार्की
धेरै यस्ता पात्रहरु छन जसको वीपीको निर्माणमा, नेपाली कांग्रेसको गठन विकासमा, क्रान्तिमा अनि वीपीको जीवनमा नै महत्वपूर्ण मोडमा भूमिका छ । तर, यस्ता कयौं पात्रहरुको यस कितापमा प्रसंग आउन सकेको छैन वा आए पनि धेरै कम आएको छ । यो यस कितापको सन्दर्भमा भने आपत्तिजनक मान्न मिल्दैन । यसका धेरै कारण छन , संकलकले दिएको भूमिका तथा कमल दीक्षितको अग्रलेखबाट यी कारणहरुको अनुमान हुन्छ । संकलक गणेशराज शर्माले आऊु वीपी भक्त भएको कुरा भूमिकाम छर्लङ्ग पारेका छन भने कमलमणिले पनि आफ्नो अग्रलेखमा त्यसको छनक दिएका छन । सम्पूर्ण टेप नै यसकितापमा लिपीबद्ध भएको सम्भव किन पनि हुन सक्दैन भने संकलकले टेपको जुन अवधी भनेका छन त्यो अवधीको सम्पुर्ण कुरा यो कितापको कलेवरमा आउन सम्भव देखिदैन । प्रकाशन योग्य बनउन सम्पादन गरिएको कुरा स्विकार गरिएकोछ , त्यसैले यहाँ संकलक तथा प्रकाशकको अवचेतनले केहि कुरा छुटाउन प्रेरित गरेको नहोला भन्न सकिन्न ।
जे होस माहवीर सम्सेर एक यस्तै पात्र हुन जो नभएको भए वीपीको नेपाली राजनीतिमा र नेपाली कांग्रेसको यो उचाई हुने थियो वा थिएन भन्ने शंका गर्ने ठाँउ भने रहन्छ । परिच्छेद १० मा माहवीरसम्सेरले आफ्नो साला मार्फत वीपीलाई बोलाएर भेटेको प्रसंग छ । त्यसरी बोलाईएर गएपछिपनि धेरैबेर पर्खनु परेकोले स्वभाविकरुपमा नै वीपीको माहवीर सम्सेरसंगको पहिलो अनुभव केहि तीतो नै रह्यो त्यो अन्तसम्मकायम रहेको देखिन्छ । त्यसैले जीवनकालको अन्त तिररेकर्ड गराएको टेपमा उनी भन्छन ‘ महावीर सम्सेर बडो उट्पट्याङ्ग किसिमका मान्छे थिए ’ । त्यतिले पनि नपुगेर अगाडी भन्छन ‘ तिनमा सम्पत्तिको ७ुलो अहंकार थियो ’ । तर त्यहि सम्पत्ति नै नेपाली कांग्रेस गठनको शुरुवाती आर्थिक आधार बन्यो । त्यतिमात्र नभएर माहवीर सम्सेरका भाई सुवर्ण सम्सेर पनि वीपीको सम्पर्कमा आए । वीपी, सुवर्ण अनि गणेशमानको तिकडी नै नेपाली कांग्रेसको मेरुदण्ड थियो भनियो भने त्यो सर्वथा उचित नै हुन्छ ।
माहवीर सम्सेर वीपीको जीवनमा, नेपाली कांग्रेसमा धेरै महत्व राख्ने तर करिवकरिव उपेक्षित पात्र जस्तो अनुभव हुन्छ । वीरगंजको हमलामा प्राप्त भएको ५० लाख रुपैयाले जव संगठनमा नै चिरा पर्ने खतरा भयो तब त्यो रुपैया राजा त्रिभूवनसंग थान्को लगाउने प्रयत्नमा वीपी, मातृका, सुवर्ण सम्सेरअनि सूर्यप्रसाद संगै माहवीर सम्सेर पनि गएको उल्लेख पछिउनकोस्मरण कितापका कतै गरिएको छैन । यस्तो किनभयो त्यसपछि माहवीर सम्सेर कता हराए र किन हराए भन्ने कुरामा यो किताप मौन छ । संभवत वीपीले बोलेको टेप जो भूमिकामा उल्लेख भए अनुसार मदन पुरस्कार पुस्तकालयमा जिम्मा लगाईएको भनिएकोछ त्यसमा केहि हुन पनि सक्छ । नेपाली कांग्रेस भित्रको एक प्रमुख विषेशता वीपी र त्यस पछि गिरीजाप्रसाद रहुन्जेल संगठन भित्रका सबैले हरेक कुरा उनिहरुको आँखाबाट मात्र हेर्ने रहेको छ । त्यसैले वीपीले ुन पात्रको जस्तो मूल्यांकन गरे कांग्रेसजनले पनि त्यहि मूल्यांकन गरे । गिरीजाप्रसादको मूल्यांकनमा असहमती जनाउदा नेपाली कांग्रेसका दुई स्तम्भ गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले आफ्नो जीवनको उत्तरार्ध भूमिकाविहिन भएर नै विताउनु पर्यो ।
यति हुँदाहुँदै पनि माहावीर सम्सेरको जति प्रसंग यो कितापमा आएकोछ त्यो उनको अपरिहार्यता सावित गर्न प्रयाप्त छ । साला मार्फत वीपीलाई बोलाएर संगठनको निमित्त पैसा मात्र दिएनन भाई सुवर्ण पनि दिए । परिच्छेद १० मै वीपीले भनेका छन ‘मलाई के भने भने – तपाईहरुलाई पैसाको जरुरत पर्छ भन म पैसाको इन्तजाम गर्छु, दिन्छु ।मेरो एउटा भाई छन सुवर्ण समसेर । हामीहरु दुईजनाको सल्लाह के छ भने मैले जति खर्च गर्दछु, जति दिन्छु,, उनले पनि त्यतिकै दिने । त्यसो हुनाले तर्उा आफ्नो काम गर्नुस ’ । संगठन बन्यो , वीपीले सोचे भन्दा धेरै झण्झटिलो किसिमले बन्यो । संगठनको नामा बहस भयो, पदाधिकारी कोको हुनेमा बहस भयो । अध्यक्षततामा पनि कडा बहस भयो । यहाँ गणेशमानको युक्ति काम लाग्यो , न वीपी न डिल्लीरमण बरु टंकप्रसाद अध्यक्ष अनि कार्यवहाक वीपी ।
संगठनको निर्माण पछि पैसाको आवश्यकता भयो । माहवीरसम्सेरले पच्चीस हजार रुपैया लोहिया मार्फत दिए । सुवर्णसम्सेरले पनि दाजु वरावरपच्चीस हजार रुपैया दिए । सुवर्णसमसेरले पनि रकम सिधै दिएनन, जयप्रकास नारायण मार्फत दिए । माहवीर सम्सेरको संलग्नता त्यो रकम दिनमा मात्र रहेन । एकिकरणको सम्मेलन पनि उनैको कलकत्ताको ‘टाईगर सिलेमाहल’मा भयो । बर्माबाट हतियार बोक्न माहावीर सम्सेरले आफ्नो प्लेन दिए । क्रान्ति अवधीमा पनि माहावीर सम्सेरको प्लेनले सकृय भाग लियो । राजा त्रिभूवनलाई पाल्पा भगाउन बनाइएको योजनामा त्यहाँको कमान्डर इन चिफलाई मिलाउनपनि माहवीर सम्सेर , सुवर्णसम्सेरको सम्वन्धले नै सम्भव भयो । यो योजनामा प्लेन प्रयोग हुनसक्ने अवस्था भएको भए वीपीलाई कुनै कठिनाई हुने थिएन । माहवीर सम्सेर आफु र आफ्नो सम्पूर्ण सम्पत्ति नै नेपाली कांग्रेसको सम्पत्ति सरह उपयोग भई रहेका थिए । सुवर्ण सम्सेर वीपी मिलनका सुत्रधार माहवीर सम्सेर नै थिए । माहवीर सम्सेरले आफ्नोसाला मार्फ वीपीलाई बोलाएर योसंलग्नता नदेखाएकोभए परिस्थिति के हुने थियो त्यो आकलन गर्ने जिम्मा इतिहासकार अनि विष्लेशकहरुको हो । यो आलेख त केवल आत्मवृत्तान्तलाई उभयपक्षबाट बुझ्ने प्रयास मात्र हो ।
(नोट: आफैले बोलेको आत्मवृत्तान्तमा मात्र आधारित भएर वीपीको र त्यस बेलाको पुनर्मुल्यांकल गर्ने प्रयत्न स्वरुपका पछिल्ला २८ लेखहरु चितवन पोष्टमा प्रकाशन हुदै आएका भए पनि प्रकाशनक्रममा बारंवार लापरवाही भएकाल यी श्रृखलाको बाँकी लेखहरु क्राइमचेकमा प्रकाशित हुने छन । पुराना लेखहरु पनि हेर्ने इच्छा भएमा आत्मवृतान्ताका पुराना श्रृङ्खलाहरु आत्मवृतान्ताका पुराना श्रृङ्खलाहरु मा उपलब्ध छन ।—लेखक)
प्रकाशन मितिः२०७१ मंसिर ०४ गते बिहीवार