– क्राइमचेक प्रतिनिधि
विकासको आधुनिक अवधारणा अनुसार शहरको विस्तार गरिन्छ तर हाम्रो वीरगञ्ज शहरलाई खुम्च्याउन खोजिएको छ । वीरगञ्जका केही उधोगी ब्यापारी मुखले ग्रेटर वीरगञ्जको भजन किर्तन गरेपनि ब्यवहारमा चाँहि यस शहरको विकास चाँहदैनन् भन्ने प्रष्ट देखिएको छ । वीरगञ्ज शहरको मुख्य मार्ग आवादिको हिसाबले अत्यन्त साघुँरो भइसकेको छ । त्यही भएर सरकारले त्रिभुवन राजपथ
अन्तर्गत रहेको वीरगञ्जको मेनरोडको दुबैतर्फ २५,२५ मिटर बढाउने भन्नासाथ यहाँका ब्यापारीहरुलाई ज्वरो आउन थालेको छ ।
मनमानि रुपमा सार्वजनिक जग्गा च्यापेर वीरगञ्जको मुख्य सडकमा ठूलठूला भवन ठड्याएका यी उधोगी ब्यापारीहरुलाई सडक चौडा पार्नकालागि त्यो तोडिने भएपछि उनीहरु आफुलाई बचाउ गर्न हार गुहार गर्दैछन् । प्रष्टै छ उनीहरुले सार्वजनिक जग्गा अवैध तरिकाले च्यापेर घर बनाएकोमा जग्गा मात्र जाँदैन कि त्समा ठडिएको उनीहरुको सपनाको महल पनि भताभुङ्ग हुन्छ । त्यसैले अहिले विभिन्न पत्रिकामा त्रिभुवन राजपथको अर्को विकल्प पनि भएकोले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने सुझाव दिइरहेका छन् । यिनै ब्यापारीहरुलाई महँगा गाडी पनि चढनु पर्दछ, भौतिक विलासिताका सामानहरु पनि यिनीहरु नै बढी प्रयोग गर्दछन् । गाडी चढेर अन्त कतै जाँदा ट्राफिक जाममा परेको बेला सडक सानो भएको गनगन पनि यी ब्यापारीहरु नै गर्दछन् । अनि मुख्य सडक चौडा पार्न सरकारले निर्णय गर्दा कोकोहोलो पनि यिनै उधोगी, ब्यापारीहरु मच्चाउँछन् । कहिलेसम्म ।।।आफै बोक्सी आफै झाँक्री’ भएर यिनीहरु सरकार र वीरगज्का नागरिकलाई झुक्याएर बस्न सक्छन् ?
वीरगञ्जका उधोगी ब्यापारीहरुको भनाइ अनुसार बाईपास वा भारत सरकारले बनाइदिन लागेको एकि कृत भन्सार चौकीबाट निक्लेको सडकलाई नै मुख्य राजमार्गको रुपमा विकसित गरेर लैजानु पर्दछ । तर शहरको नसा जस्तो भएर तेर्सिएको त्रिभसवन राजपथलाई जस्ताको त्यस्तै छाडेर मुख्य शहरको विकास नगर्नु भन्ने उनीहरुको आग्रह छ । भनिन्छ उधोगी, ब्यापारीले जहिले आफ्नो मात्र फाइदा हेर्दछ । यिनीहरु पनि अपवाद कसरी हुन सक्छन् । एकातिर वीरगञ्ज शहरको विकास भएन, पर्सा र वाराका केही गाउँलाई गाभेर वीरगञ्जलाई ठूलो र विकसित पार्नु पर्दछ भनेर नारा दिन्छन्, त्यसकालागि होटेलमा भव्य कार्यक्रम गर्छन् र सरकारसम्म डेलिगेशन जान्छन् । तर वीरगञ्ज शहर साँच्ची नै ग्रेटर बन्न खोज्दछ अनि यिनै उधोगी र ब्यापारी भाँजो हाल्न अगाडि सर्छन । कारण प्रष्ट छ शहरको ढल बग्ने नालालाई पनि आफ्नो निजि सम्पति बनाएर त्यसमा भव्य महल बनाउदा कुनै कानुनले छेकेन । मालपोत कार्यालयमा गोप्य लेनदेनको आधारमा रातारात त्यस्तो सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी भएर त्यसमा पर्खाल लगाईन्छ । शहरका नामी उधोगी ब्यापारी भएर सभ्रान्तको मकुण्डो लगाएर बसेकाहरुको वास्तविक अनुहार अब बल्ल छताछुल्ल भएको छ ।
आफ्नो करोर्डौको सम्पति र सभ्रान्तको छवि दुबै जोगाउनलाई त्रिभुवन राजपथ पुरानो भइसकेको ले यसको विकल्पको रुपमा अन्य मार्गमाथि ध्यान दिनुपर्ने नकच्चरो सुझाव दिन्छन् । उनीहरु त्रिभुवन राजपथलाई विस्तार गर्दा ऐतिहासिक संरचना ध्वस्त हुने हुँदा त्यसतर्फ ध्यान दिनुपर्ने भन्दै आफ्नो ढाकछोप गर्न खोज्दैछन् । तर रमाइलो कुरा त के छ भने वीरगञ्ज शहरको मुटुमा रहेको त्रिभुवन राजपथमा कुनै ऐतिहासिक संरचना अवस्थित छैन । जुन शहरको इतिहासनै सय वर्ष भन्दा बढीको
छैन त्यहाँ या त्यो मार्गमा कुन ऐतिहासिक संरचनाको निर्माण भएको होला सजिलै अनुमान गर्न सकिन्छ । तर ।।।लकिरका फकिर’ भएर यहाँका उधोगी ब्यवसायीहरु शहरको विकास होस् भन्ने चाहँदैनन् । यसैलाई भनिन्छ ।।।मुखमे राम राम, बगलमे छुरा’ । भन्नेबेलामा वीरगञ्ज शहरको वृहत्तर विकास गर्ने भनेर सबैलाई उचाल्ने तर जब ठोस् रुपमा काम गर्ने बेला आउँछ विकासमा अवरोध पुर्याउने ।
जब समय क्रममा देशमा ब्यवस्था परिवर्तन हुन्छ, शासनसत्ता बद्लिन्छ भने आधुनिक अवधारणा अनुसार कुनै शहरको डिजाइनमा परिवर्तन किन नगर्ने ? त्यहाँका सडकमार्गहरु चौडा किन नपार्ने ? विनास नभइ संसारमा कहिँ पनि विकास भएको छैन ब्यापारी महोदय । त्यसैले विनासको नाम दिएर शहरको विस्तारलाई नरोक्नुस् । विनासको नाममा जुन गोहीको आँशु तपाइँ बगाउँदै हुनुहुन्छ त्यो तपाइँको आफ्नो व्यक्तिगत सम्पतिको क्षय हुन लागेकोले बगेको हो ।
खुम्चिएको दिमाग भएकाहरुले मात्र शहरको विकासलाई पनि खुम्च्याउँछन् । शहरको विकास गर्नकालागि दिमाग पनि विकसित र विस्तृत भएमात्र काम लाग्छ तर वीरगञ्जको सन्दर्भमा भन्नुपर्दा यहाँका अधिकाँश मानिसको दिमाग अहिलेपनि खुम्चिएकै छ त्यही भएर भुस्याहा कुकुरर्झै साँघुरो गल्लीमा जीवन गुजार्न चाहन्छन् ।
(
प्रकाशन मितिः२०७१ मंसिर ४ गते बिहीवार)