सञ्चार माध्यमले श्रोता र मुलुकको चाहनालाई बुझ्नु पर्छः मन्त्री पौडेल

प्रदिप गौतम, सिमरा, मंसिर ६
युवा तथा खेलकुद मन्त्रि एवंम रेडियो सिमराका अध्यक्ष पुरुषोतम पौडेलले सञ्चार माध्यमले श्रोता र मुलुकको चाहनालाई बुझ्न आवश्यक रहेको बताउनुभएको छ । हाम्रो समाज जागरण अभियानद्धारा सञ्चालित रेडियो सिमरा ९१.२ मेगहर्जले आफ्नो छैठौ बार्षिक उत्सवको अवसरमा आज आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै मन्त्रि पौडेलले यस्तो कुरा बताउनुभएको हो । संबिधान निमार्णमा संञ्चार माध्यमको भुमिका महत्वपुर्ण हुने भन्दै मन्त्रि पौडेलले सञ्चार माध्यबाट प्रशारित सुचनाले चेतना स्तर बृद्धि गर्ने बताउनुभयो । संबिधान जारि गर्ने दिन नजिकिएको भन्दै उहाले राजनितिक दलका नेताहरु गंभिर हुनुपर्ने बताउनुभयो । तोकिएको मितिमा संबिधान जारि गर्न शिर्षदलका नेताहरु गंभिर हुनुपर्ने भन्दै मन्त्रि पौडेलले सहमतिबाट नभए  प्रक्रियाबाट भएपनि माघ ८ गते भित्र कुनै पनि हालतमा संबिधान जारि गर्नुपर्ने बताउनुभयो । ४ बर्षमा पनि संबिधान जारि गर्न नसक्नु दुखद बिषय भएको भन्दै मन्त्रि पौडेलले दलिय अडान त्यागेर भएपनि माघ ८ मा संबिधान जारि गर्न तर्फ सबै केन्द्रित हुनुपर्ने बताउनुभयो ।
यस्तै, चियापान कार्यक्रममा बोल्दै नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सञ्चार माध्यमले जनताको स्वामित्व स्थापित गर्नुपर्ने बताउनुभएको छ । महासचिव पोखरेलले जनताको भाषा र भाकालाई सञ्चार माध्यमले समेट्नुपर्ने समेत बताउनुभयो । तोकिएको मितिमा संबिधान जार्न सञ्चार माध्यमको पनि महत्वपुर्ण भुमिका हुने भन्दै उहाले माघ ८ मा संबिधान जारि गर्न सञ्चार माध्यमले दबाब मुलक भुमिका निवार्ह गर्नुपर्ने बताउनुभयो । महासचिव पोखरेलले कुनै पनि हालतमा तोकिएको मितिमा संबिधान जारि गर्नुपर्ने बताउनुभयो । राजनितिक दलका नेताहरु सम्झौताको दस्ताबेज प्रति दृढ हुनुपर्ने भन्दै महासचिव पोखरेलले सहमतिबाट नभए प्रक्रियाबाट भएपनि संबिधान जारि गर्नुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा बोल्दै बाराका सहायक प्रमुख जिल्ला अधिकारि योगन्द्रप्रसाद दुलालले रेडियो सिमारले समुदायको आवाजलाई समेट्नुपर्ने बताउनुभएको छ । जिल्लाकै पहिलो सामुदायिक रडियोको रुपमा स्थापित रेडियो सिमराले लक्षित बर्गको मनोभावनालाई समेत समेट्नुपर्ने बताउनुभयो ।
यस्तै, कार्यक्रममा रेडियो सिमराका कार्यकारि निर्देशक अच्युत्त पौडेल, उपाध्यक्ष सुन्दर बिक, सह(सचिव भोला अधिकारि, जिल्ला प्रहरि कार्यालय बाराका प्रहरि उपरिक्षक लोकेन्द्रबहादुर मल्ल, नेपालि काग्रेसकी नेतृ निरु रायमाझि, ईलाका प्रशासन कार्यालय सिमराका बिश्वप्रकास न्यौपाने, जिल्ला बन कार्यालय बाराका बन अधिकृत श्रीप्रसाद बराल, नेकपा एमाले क्षेत्र नम्बर ६ का अध्यक्ष कृष्ण खनाल, डुमरवाना बहुमुखि क्यापसका किशोर शर्मा, पत्रकार महासंघ बारा शाखाका कार्यसमिति सदस्य बिदुर खड्का, नेपाल राष्ट्रिय उच्च माद्यामिक बिद्यालय औराहका प्राचार्य गणेश पौडेल, एन प्यावसन बाराका अध्यक्ष रामप्रसाद अधिकारि, ईलका प्रहरि कार्यालय सिमराका प्रहरि निरिक्षक कुमार बिक्रम थापा, जितपुर युवा क्लबका अध्यक्ष मनोजकुमार साह, नेकपा माओबादि जिल्ला सेक्रेटरि राजन पौडेल लगाएतको उपस्थिति रहेको थियो ।
यसैबिच, चियापान कार्यक्रमका बिच रामप्रसाद अधिकारि, सरु थापा, सिता अधिकारि, गोपाल पौडेल, शिरोमणि अर्याल, लोकन्द्रराज त्रिपाठि, बौद्धआचार्य भिक्षु पुशुराम चौधरि लगाएतले साहित्यिक रचना प्रस्तुत गरेका थिए । चियापान कार्यक्रमको सञ्चालन रेडियो सिमराका सचिव मनोज पौडेलले गर्नुभएको थियो । बार्षिक उत्सवको अवसरमा रेडियो सिमराले यसअघि हिजो लाईभ कन्सर्ट कार्यक्रम गरेको थियो । पथलैयास्थित स्थानिय द पनाम ब्यान्डको बिशेष उपस्थितिमा रेडियोले लाईभ कन्सर्ट कार्यक्रम गरेको हो । २०६६ सालदेखि सञ्चालनमा आएको रेडियो सिमराले लक्षित बर्ग र आवाज बिहिनहरुको आवाजलाई समेट्दै आएको छ ।


SHARE THIS

Author:

Facebook Comment