– स्वयम्भुनाथ कार्की
वीपीले कितापमा भरत सम्सेरको उल्लेख निकैकम स्थानमा गरेका छन । तर वीपकिो सम्पुर्ण जीवनमा निकै ठुलो परिवर्तन गर्ने मोड ल्याउने पात्र हुन भरत सम्सेर । यसको प्रष्ट छाप यो कितापमा पनि छ । राजनीतिमा हिजोको शत्रु आजको निकटतम मित्र हुन सक्छ भन्ने कुराको बलियो प्रमाण भरतसम्सेर हुन । चन्द्रसम्सेरको नाती, मोहनसम्सेरको भतिजा भरत सम्सेरको कितापमा पहिलो उल्लेख वीपी राणा कांग्रेसको संयुक्त सरकारको गृहमन्त्री हुँदाको बेलामा आएको छ । श्री ३ खोसिएका राणाहरुले दल खोल्ने प्रयत्न गर्नु कुनै अस्वभाविक कुरा थिएन न अवैध थियो । त्यही भएर त भरतसम्सेरको गिरफ्तारी पछि प्रधानमन्त्री मोहन सम्सेर र गृहमन्त्री वीपीको कडाकडी बहस भयो । परिच्छेद ३४ अनुसार मेहन समसेरले भरतलाइ किन गिरफ्तार गरेको भनेर सोधे । वीपीले उसको बारेमा धेरै रिपोर्ट आएकोले गिरफ्तार गरिएको भने पछि । मोहनसम्सेरले नियमको कुरो निकले , संगठनको अध्यक्ष म नै हुँ पनि भने । वीपीले पनि मोहनसम्सेरलाई गिरफ्तार गर्नसक्ने बताए । त्यसको लगत्तै जस्तोपछि ‘खुकुरी दल’ आक्रमण भयो ।
हुन पनि भरत सम्सेरलाई गिरफ्तार गर्ने कारणमा प्रमुख तत्व राणा पट्टि हतोत्साह ल्याउनु थियो । यो कुरा त्यहि परिच्छदमा वीिपीले स्विकारेका छन । ‘ मैले किन समात्न भनेको भने त्यसलाई समातेको खण्डमा एउटा हतोत्साह आउँथ्यो उता पट्टि । नत्र उनीहरलाई कसले समात्नसक्छ योरोलवाला राणाहरुलाइ भन्ने थियो । त्यसो हुनाले पनि समात्न जरुरी थियो ।’ वीपीको यो कदमले उनको ज्यान पनि लिन सक्थ्यो भन्ने कुरा त्यतिखेर उनलाई थाहा थिएन । खरीको बोटमा केशर सम्सेरले पल्टन संयमित राख्ने र जेल तोडेर ल्याइएको भरतसम्सेरले अरुलाई नियन्त्रण नगरेको भए शायद के हुन्थ्यो भन्न सकिन्न । ‘भन्थ्यो उ (भरत सम्सेर) पछि –या तपाई रहने या म रहने प्रश्न थियो ’ , ‘मलाई के लाग्यो भने , म पल्टनलाई अपील गरुँ । तर त्यो गरेको भए तर्पालाई मार्नु पथ्र्यो ’ ।
श्री ३ र उनका रोलक्रमवाला वीपीलाई समाप्त गर्न चहादैन थिए जस्तो बुझिन्छ । उनीहरुको देखाइमा राजा कारणले उनिहरुको यो स्थिति भएको थियो र नेपाली काँग्रेस राजाको टिममा थियो । यो टिम फुटाउनु थियो भविष्यमा राजा र वीपीलाई एकअर्काको सामुन्ने उभ्याउनु थियो , त्यसैले वीपीको ज्यान उनिहरकोनिमित्त महत्वपूर्ण थियो । आवेशमा आफ्ना समर्थकहरुले वीपीको जति क्षति पुर्याए त्यो भन्दा ज्यादा क्षति नहोस भनेर रोके पनि । त्यसैले विजय सम्सेरले तुरुन्तै फोन गरेर आफ्नो विजुली गारद वीपीको सुरक्षालाई पठाउने कुरा गरे । सोचेका हुन सक्छन यो हमलाबाट तर्सेरआफुले बढाएको सहायताको हात वीपीले थाम्लान र राजा कांग्रेसको टिमको साटो राणा कांग्रेसको टिम बन्ला । तर वीपीको महाराजधिराज कहाँबाट योगविक्रम निरक्षणमा आए र वीपी दरवारमा बस्न गए । यसले उनी राजाका विषेश नजिक आउन पाए । यस अगाडिसम्म राजपरिवार र वीपी बिच रहेको औपचारिकतायुक्त सम्बन्ध पारिवारिक झै बन्यो । परोक्षरुपमा यसकोकारण भरत सम्सेर नै बने ।
वीपीले भरतसम्सेरलई गिरफ्तार गर्नु, गोर्खादलकाले जेलबाट भरत सम्सेरलाई छुटाएर वीपी माथि हमला गर्नु एक अर्काको विरुद्धका घटनाभए पनि त्यस पछि भने भरतसम्सेर हमेसा वीपीका सहयोगी बने । जुन बेला संसदमा नेपाली कांग्रेसको प्रमुख विपक्षी दलको नेता भरत सम्सेर थिए उनले वीपीलाई बल दिई रहे । परिच्छेद ५४मा वीपी भन्छन ‘ विरोधी पक्षको नेता भरत सम्सेर आएरमलाइृ के प्रतिज्ञा गर्यो भने – यस संसद्लाई तपाइलाई बिथोल्ने कोशिश भयो भने मेरो पार्टीका १८ जना सदस्यहरुले तपाइलाई समर्थन गर्नेछन’ । यो वीपीको निमित्त यति ठुलो सहारा भयो कि उनले यसैको मद्दतले नेपाली कांग्रेसभित्र टाउको। उठाउन लागेको आफ्नो विरोध बेलैमा दबाउन पाए । पछि त गोर्खादल नै नेपाली कांग्रेसमा विलय नै भैहाल्यो । एक अर्काको विरुद्ध उत्रेका भन्ने ठानिएकाहरु यसरी एक नै भए एक अर्काको सहयोगी मात्र भएनन बरु एकाकार नै भए । अब यो सहकार्य थियो, सहयात्रा थियो, सैद्धान्तिक एकरुपता थियो वा स्वास्थ्र्यको मिलन त्यो सबैको आआफ्नो परिभाषा होला ।
सत्रसालको कदम चालिदैछ भनने जानकारी भरत सम्सेरले पनि वीपीलाई दिएका थिए । पुष १ कै दिन विहान सबेरै वीपीलाई ओछ्यान मै भेट्न भरत सम्सेर आए । उनले राजाले कदम चाल्दैछन भन्ने संकेत गरे । राजाले आफुलाई दर्शन भेटको निमित्त बोलाएको कुरोपनि बताए । यो घटनाको बर्णन परिच्छेद ५६मा छ । शायद राजाले वीपी अपदस्त गरेर भरतसम्सेरलाई प्रयोग गर्न खोजेका थिए कि भन्ने छनक यहाँ पाईन्छ । तर त्यसो भएन, तीनबजे तिर भरतसम्सेर नारायणहिटी ढोका मै समातिए । यता वीपीहरु एक वजेको आसपास नै समातिएका थिए । संभवत विहानै भरत सम्सेर वीपीसंग ओछ्यान मै भेटन गएको राजाले थाहा पाई सकेका थिए वा उनलाई त्यही पक्राउ गर्ने योजना थियो त्यो अनुमान कठिन छ । एक बजे वीपी पक्राउको खवर भरतसम्सेरले पाएका एिनन होला भन्ने कुरा अलि अपच हुन्छ , तर वीपी पछि म नै शक्तिमा हुन्छु भनेर गएको पनि हुन सक्छ । जे सुकै होस भरत सम्सेर यक अद्भूत पात्र हुन यस कितापको जसले संभवत आफ्नो श्री ३ खोसिएको मोल वीपीलाईआफ्नो तर्फ पारेर राजाहरुसंग असुल गर्न खोजे ।
(नोट: आफैले बोलेको आत्मवृत्तान्तमा मात्र आधारित भएर वीपीको र त्यस बेलाको पुनर्मुल्यांकल गर्ने प्रयत्न स्वरुपका पछिल्ला २८ लेखहरु चितवन पोष्टमा प्रकाशन हुदै आएका भए पनि प्रकाशनक्रममा बारंवार लापरवाही भएकाल यी श्रृखलाको बाँकी लेखहरु क्राइमचेकमा प्रकाशित हुने छन । पुराना लेखहरु पनि हेर्ने इच्छा भएमा आत्मवृतान्ताका पुराना श्रृङ्खलाहरु मा उपलब्ध छन ।—लेखक)
प्रकाशन मितिः२०७१ कार्तिक २७ गते बिहीवार