जनता बिदाकालागि हुरुक्क हुने सरकारपनि बिदा दिन कन्जुंस्याइ नगर्ने भएपछि यो देशमा एउटा बिदा मात्र दिने मन्त्रालयको गठन नगरि भा छैन । संसारमा सबैभन्दा बढी बिदा दिने देश नेपालले सार्क सम्मेलनको बेला जनतालाई माया गरेर ४ दिन बिदा दिने भएको छ ।
यो बिदा दिएर जनतालाई माया गर्या हैन कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति सरकारले सम्मान प्रकट गर्या हो । यो भन्दा अघि साउनमा मोदी आउंदा पनि सरकारले बिदा दिएर सार्वजनिक ठाउँ खाली गराएको थियो ।
अहिलेपनि सरकार उदार भएर मोदीप्रतिको आफ्नो अनुराग र सदभाव जे भनेपनि प्रकट गरेर देखाउन चाहन्छ । आखिर देशमा मोदी भन्दा ठूला कदका नेता न आएका थिए न आउलान् । हरेक चाडपर्वमा जनतालाई भोज र मोजमा लठ्ठिनका लागि सरकारले बिदा दिएर पूण्य गरे कै थियो । अब सार्क सम्मेलनलाई पनि एउटा महापर्व मानेर सरकार बिदा दिन मरिहत्ते गर्दैछ । लाग्छ जनता लाई बिदा दिएर पूण्य न गरेमा मोदीले नेपाललाई दिने सहयोग नै रोकिदेलान् जस्तो । सुकोको झुसे सरकार भिजेको बिरालो झैं भएको छ त्यसैले बिदा दिएर वाहवाही कमाउन चाहन्छ ।
जब वर्षको ३६५ दिनमा आधा भन्दा बढी समय बिदामा नै खर्च हुन्छ भने त्यस्तो देशमा एउटा छुट्टै बिदा मन्त्रालय चाहिन्छ कि चाहिन्न ? कति गृह मन्त्रालयलाई मात्र यसको ठेक्का दिएर यसको भारवहन गर्न लगाउने भन्या ? बिचरो गृह मन्त्रालय देशको गल्ली र चोकलाई हेरोस् कि मान्छेको अनुहार ? जति बिदा दिए पनि बिदाको भोका जस्ता देखिने जनतालाई ३६५ दिन नै काम नगरेर बिदा मनाउन पाए कुम्भ मेलामा गए जस्तै खुशी हुन्छन् ।
अब जनतालाई खुशी पार्नु हरेक शासकको कर्तव्य हो । जनता जे मा खुशी हुन्छन् शासकले त्यही गर्नुपर्छ । तर नेपालको शासकले उल्टो गर्दछन् । जनता भोको भएको न हेर्ने जाली सरकारले अहिले राजधानीका टन्न खाएर अघाएकाहरुको घर सार्क सम्मेलनमा रगँरोगन गरिदिएर आफ्नो निर्लज्जता छताछुल्ल पारेको छ ।
यही बेलामा यो निर्लज्ज सरकारले एउटा छुट्टै बिदा मन्त्रालयको गठन गरे क्या राम्रो हुन्थ्यो । नेपालमा हुने सम्मेलनका लागि मात्र नभएर बिदेशमा हुने कुनै पनि सभा सम्मेलनमा पनि सरकारले जनतालाई बिदा दिएर आफ्नो उदारमना ब्यवहार देखाउनु पर्दछ । अबदेखि हरेक चाडपर्व वा सार्व जनिक समारोहको तीन दिन बिदा दिने चलन शुरु गर्नु पर्दछ । पहिलो दिन तयारीका लागि दोस्रो दिन पर्व मनाउनका लागि र तेस्रो तथा अन्तिम दिन पर्व मनाएर लखतरान भएपछि आरामगर्नका लागि ।
छुट्टै बिदा मन्त्रालय गठन गरे भने भइपरि आउने वा आकस्मिक बिदाहरुमा सरलाई सजिलो हुन्छ । एक्कासी आधारातमा भोली सार्वजनिक बिदाको घोषणा गर्नु भन्दा पहिले नै बिदाको ब्यवस्था गरिए जनताले कतै घुम्न जानको लागि योजना बनाउन आफ्नो दिमागको केही हिस्सा अलिकता भएपनि खर्च गर्थे । दशैंदेखि तिहारसम्म झ्याप्प लाएर सबैलाई एक महिना बिदा दिने, हप्तामा ५ दिन बिदा र दुई दिनमात्र काम गर्ने नियम ल्याउन सरकारले बेर गर्नु हुन्न । अनि त जनताको सरकारसँग दिक्दार भएको मुहारमा अलिकता भए पनि हाँसो थपिन्छ ।
सरकार काम गर्न चाहंदैन न देश विकासको बारेमा नै सोच्दछ । जनतापनि काम गर्न चाहंदैनन्, जाडोभरि घाम तापेर र गर्मीमा पँखा मूनि उँघेर बिताउने जनताको लागि छुटटै बिदा मन्त्रालयको आवश्यक्ता भइसकेको छ । जाडोभरि जनता नकठ्याग्रिंउन भनेर बदिा अनि गर्मीमा आईसक्रिम जस्तो पग्लेर नसकिउन भनेर पनि बिदा दिनेतर्फ पनि सरकारले अग्रसर हुनु जरुरी छ ।
सबै जनता जाडोमा चिसोले सोत्तर तथा गर्मीले पग्लेर बगे भनि सरकारले कसका लागि राज्य गर्ने अनि कोसँग चुनावमा भोट माग्ने । अरुबेला जन्तु भए पनि चुनावको बेला सरकारले यी दुईखुट्टे जन्तुलाई जनता नै देख्छ । सरकारले जति धेरै बिदा दिन्छ उति धेरै टोल र शहर सफा हुनेछ । छुट्टी भएपछि जनता घरमा बस्नेछन् अनि फोहोर हुने छैन । सरकारी कार्यालयमा हुने बिजुली, पानीको खपत पनि कम हुनेछ र त्यहाँका पर्दा र सोफा जनताको कम उपस्थितिले गर्दा सफा भएर टल्किने छ ।
भारतमा मोदीले स्वच्छता अभियान शुरु गरेकाछन् । मोदीको यो पूण्य अभियानमा समर्थन जनाउन सरकारले अहिलेदेखि नै सार्वजनिक बिदा दिए हुन्छ । हरेकको हातमा झाडु दिएर सडक र टोल सफ ागर्नका लागि खटाउन देशैभरि सार्वजनिक बिदा दिएर स्वच्छता अभियानलाई एउटा पर्वको रुपमा लिएमा झनै काइदा हुन्छ ।
त्यसकालागि जनतालाई बिदा चाहिन्छ, अब बिदाकालागि कति सरकार र गृह मन्त्रालयलाई गुहार्ने ? खुरुक्क एउटा बिदा मन्त्रालय थपि दिए देशका काम नपाएका हुत्तिहाराहरुले काम पाउंथे । अनि सरकारको पनि टेन्शन खत्तम जनता पनि सुत्न पाए संधै मक्ख !
प्रकाशन मितिः२०७१ कार्तिक २७ गते बिहीवार