– स्वयम्भुनाथ कार्की
तोरण शम्शेर र नरशम्शेर पछि तात्कालिन नेपाल पुलिसको (जसलाई पछि नेपाल प्रहरीको नाम दिइयो) आईजी पद सम्हालेका अनि पछि बर्मा (म्यान्मार)का राजदुत भएका ज्ञानबहादुर याक्थुम्बाको उल्लेख यो कितापमा प्रशस्त त छैन, तर जतिपनि छ महत्वपूर्ण छ । परिच्छेद २९ मा बिपी भन्छन् “हाईकमाण्डको तर्फबाट कारबाईको ठाउँमा म छु, सुवर्णजी हुनुहुन्छ र हाम्रो मिलिटरीको तर्फको सबभन्दा महत्वपूर्ण मान्छे पूर्णसिंह र याकथुम्बा छन् । मलाई याकथुम्बा असाध्यै मनपर्ने, बडो साहसी किसिमको मानिस थियो” । यो सशस्त्र युद्ध संचालन गर्ने जिम्मा भएको संयन्त्रमा सुवर्णजी जेनरल नै अझ मिलिटरी स्ट्रेटेजी पढेको, पूर्णसिंह नेताजी सुभाषचन्द्र बोसले गठन गरेको आजाद हिन्द फौजको सिनियर अफिसर अनि बिपी राजनैतिक नेता याकथुम्बा सहासी र वीपीलाई साथ दिने क्रान्तिकारी योद्धा थिए ।
वीरगंजमा पहिलो सफल तर महंगो कारवाहीको नेतृत्व सुवर्णजीले गरेका थिए । मोर्चामा पूर्णसिंह र थीरबम मल्ल थिए । बडाहाकिम सोम शम्शेरलाई थीरबमले आत्मसमर्पण गराए । तहविल कब्जा भयो ५० लाख रुपैयाँ, २५० नाल राईफल गोलीगठ्ठा कब्जामा त आए तर थीरबम गुमाउनु पर्यो । थीरबमको सम्मानका साथ अन्तिम संस्कार पछि बिपीको हौसला बढ्यो भीमफेदी गढीसम्म सजिलै पुग्ने आकलन गरे । सुवर्णशम्शेर र पूर्णसिंहले वीरगंज बजार छोडेर जंगलमा मुख्य कार्यालय बनाउन उचित देखे । याकथुम्बा र वीपी, अनि सुवर्णजी र पूर्णंिसंहको मतान्तर जस्तो भयो । भिमफेदी कब्जा गर्ने कि वीरगंज आसपासका जंगलमा मुख्य कार्यालय स्थापना गर्ने निर्णय भई नसक्दै पटनाबाट आई. जी. आएर सेना हिंडिसकेको खबर दियो । “मैले भने बमोजिम गरेको भए त मार्च गरेर हामी भोलिपल्टै भीमफेदी पुगिसक्ने थियौं” भनेर सुवर्णजीको मिलिटरी स्ट्राटेजी र पूर्णसिंहको आजाद हिन्द फौजको अनुभव भन्दा आफ्नो र याकथुम्बाको साहस उचित हुने थियो भन्ने सोच रहेको देखाएका छन् ।
विराटनगर हमलामा याकथुम्बा मिलिटरी कमाण्डर थिए । बडाहाकिम उत्तम विक्रम बसेको घरको घेरा पर्खाल बाहिरबाट हालेर राखेको अवस्था थियो । पूरा बजार अझ पुरा जिल्ला कब्जामा लिई सकेको कुरा कितापमा उल्लेख छ तैपनि बडाहाकिम कब्जा गर्न नसकिएको कुरा बिपी कै शव्दमा “अलि रोमान्टिक” नै हो । परिच्छेद ३० मा भन्छन् “उसले (याकथुम्बा) भन्यो, अब राति उनिहरुले आक्रमण गरे, पसे भने त हामीहरु टिक्नै सत्तैmनौ, हामीहरुसँग गोलीगठ्ठा छैन ” । यस्तो अवस्थामा चाहिएजति पूर्णियातिर पनि पाईएन । नेहरुले पनि दिएनन बरु उल्टै हथकडी लगाइदिने धम्की दिए । यहाँ सुवर्णजीको ज्ञान काम लाग्यो पहिले जुटमिलको फाउन्ड्रीमा रकेट तैयार गरियो । त्यो पनि असफल भएपछि एउटा क्याटरपिलर टाइपको ट्याक्टरलाई टैंकमा रुपान्तरण गरेर बडाहाकिम निवासको कम्पाउण्ड तोडियो । उत्तम विक्रमलाई समर्पण गर्न करै लाग्यो सेतो झण्डा देखाएर ।
सेतो झण्डा देख्ने वित्तिकै याकथुम्बा पल्टन लिएर पसे । गोली चलाउदै पसेको याकथुम्बाको टोलीले उत्तम विक्रमको एउटा छोरा मारिदियो अर्को घाइते भएको छोराको जिउमा टेकेर पुरै परिवार कब्जामा लियो । बिपी दौडदै भित्र पसे, एकै छिन ढिला भएको भए समर्पण गरेको उत्तम विक्रमलाई सपरिवार याकथुम्बाले छिनाई सकेका हुने रहेछन् जस्तो लाग्ने वर्णन परिच्छेद ३१ मा छ । याकथुम्बालाई रोक्न बिपीलाई पनि कति हम्मेहम्मे पर्यो भन्ने कुरा सोहि परिच्छेदमा छ, भन्छन् “याकथुम्वालाई मैले त्यहाँबाट घचेटर हटाएँ । त्यसले रिसमा जोसिएर त्यहाँको एउटा खम्भामा हानेको खुकुरी त्यहाँ अड्क्यो र थरर्र हल्लिन थाल्यो” । यसले याकथुम्बा भयंकर रिसाहा भएको कुरा देखाउछ । तर, कस्तै पनि हालतमा बिपीको आदेशको उपेक्षा गर्दैन थिए भन्ने पनि जनाउछ ।
राणा कांग्रेस संयुक्त सरकार ढलिसकेपछि अनुमान अनुसार बिपी प्रधानमन्त्री हुन पाएनन् । बिपीको साटो मातृकाबाबुले प्रधानमन्त्रीको शपथ लिएको दिनको दुई घटना परिच्छेद ३९ मा वीपीले उल्लेख गरेका छन् । सुवर्णजी, उनकी पत्नी र बहिनी आएर वीपीलाई दुवाको माला र टिका लगाई दिए । आजको दिनको निर्माता तपाई हो यो पद तपाइको हुनु पर्ने थियो भनेर एक घण्टा जति उनीहरु रोए । राति १०/११ बजेतिर याकथुम्बा २/३ अफिसर समेत आए । उनिहरुको भनाई सत्ता कब्जा गर्ने थियो । “आज सबैलाई थुनौ ? प्रधानमन्त्री लगायत सबैलाई ? ल, त, तपाई डिक्टेट गर्नुस ” । अगाडी भन्छन् “मलाई एक मन त लाग्यो, झोकजस्तो पनि चलेको थियो, गरिदिऊँ जस्तो लाग्यो ” । तर देवेन्द्रले रोके, बिपी कै शब्दमा “उनीहरु भन्थे राजदरवारलाई पनि हामी घेरिदिन्छौ । त्यो उनीहरुले गर्न सक्थे । हथियारहरु थिए उनिहरुसँग, त्यो उनीहरु गर्न सक्थे । तर देवेन्द्रले मलाई रोक्यो ” ।
जब आचार्य नरेन्द्रदेवले यो कुरा थाहापाए, उनले बिपीलाई त्यसो नगर्नु गलती भएको भने । त्यस्तै एशियन सोसलिष्ट कन्फ्रेन्समा मिलोभन जिलासले त त्यो नगर्नुलाई मुर्खतापूर्ण काम नै भन्यो । यस्तो याकथुम्बालाई आफ्नो दोश्रो कार्यकालमा मातृकाबाबुले नेपाल पुलिसको तेश्रो आई. जी. बनाए । उनैको कार्यकालमा पुलिस संगठनको निमित्त ऐन र नियम बनेर आधुनिक प्रहरीले संगठनको रुप लिनेबाटोमा लाग्यो । पछि याकथुम्बा बर्मामा राजदुत भएर गए, प्रधानमन्त्री बिपीको औपचारिक बर्मा भ्रमण गराउने याकथुम्बा नै थिए । शुरुमा रिसाहा, सहासी अनि होसमा भन्दा जोसमा काम गर्ने देखा परेका याकथुम्बा सुरक्षा संगठन हाँक्ने मात्र भएनन् एक कुटनीतिज्ञ समेत भएर देखा परे । उनको जोसको सम्मोहन यति तीव्र थियो कि मातृकाबाबुलाई थुनेर राजदरवार लगायत सम्पूर्ण नेपाल कब्जा गरेर त्यतिखेर सजिलै सत्ता हात लगाउन सकिन्थ्यो भन्ने धारणा बिपीको जीवन पर्यान्त रह्यो । देवेन्द्र साथमा नभएको भए इतिहासको कस्तो मोड हुने थियो कल्पना पनि भयानक हुन्छ । याकथुम्बाको सम्मोहन नै हो यो ।
विराटनगर–१
प्रकाशित मितिः२०७१ माघ २९
गते बिहीवार

(नोट: आफैले बोलेको आत्मवृत्तान्तमा मात्र आधारित भएर वीपीको र त्यस बेलाको पुनर्मुल्यांकल गर्ने प्रयत्न स्वरुपका पछिल्ला २८ लेखहरु चितवन पोष्टमा प्रकाशन हुदै आएका भए पनि प्रकाशनक्रममा बारंवार लापरवाही भएकाल यी श्रृखलाको बाँकी लेखहरु क्राइमचेकमा प्रकाशित हुँदैछन । पुराना लेखहरु पनि हेर्ने इच्छा भएमा आत्मवृतान्तका पूराना श्रृङ्खलाहरु आत्मवृतान्ताका पुराना श्रृङ्खलाहरु मा उपलब्ध छन ।—लेखक)