आत्मवृत्तान्तको ऐनामा: पात्र जयप्रकाश नारायण

स्वयम्भुनाथ कार्की
साम्यवाद वा कम्युनिज्ममा पूूँजीवादले झान्दा प्रजातान्त्रिक समाजवाद जन्मन्छ जो भारतमा जयप्रकाश नारायणले जन्माएका थिए । यसलाई हुर्काउने टोलीमा बिपीको पनि महत्वपूर्ण योगदान रहेको थियो । त्यसैले कितापमा पात्र जयप्रकाश नारायणले महत्व पाउनु पर्ने थियो र पाएको पनि छ । जयप्रकाश नारायणको भाई राजा र बिपी एकै कक्षामा पढ्थे र छितरपुरमा दुईजनाले मिलेर एक घर भाडामा लिएर बसेका थिए । तल्लो तलामा राजा र माथिल्लो तलामा बिपी । बिपीसंग त्यतिखेर आमा र बहिनी पनि संगै थिए । पहिले खासै परिचय थिएन, चिनेको वा नाम सुनेको भने थियो त्यसैले आफुलाई भेट्न आएका दाजुसंग भेट्न् कि भनेर राजाभि सोधे । भाइको साथी भएकाले जयप्रकाशलाई बिपीको सामान्य पृष्ठभूमि थाहा भएको अनुमान हुन्छ । बिपीलाई त जयप्रकाश नारायण भेट्ने उत्सुकता नै हुन सक्छ ।
जे होस जयप्रकाश माथि नै आएर बिपी र आमालाई भेटे । आमालाई आदर दिएर कुरा गरे । अन्तर्राष्ट्रिय आन्दोलनको मातहतमा सोसलिष्ट पार्टीको संभावनामा काम गर्ने मुखियाले आÇनो आमालाई आदर दिएर कुरा गरेको कुराकानीमा सरलभाषा प्रयोग गरेको कुराले बिपीलाई प्रभाव पर्नु नै थियो र पर्‍यो पनि । छितरपुरको भेट पछि जयप्रकाश नारायणको व्यक्तित्वबाट प्रभावित वीपी काग्रेस सोसलिष्ट पार्टीको झण्डै शुरुको सदस्य भए । यहाँ झण्डै शुरुको सदस्य भन्नाले संस्थापक सदस्य पछिको समस्य हो कि भनेर बुझ्नु पर्ने हुन्छ । वीपीलाई बाहिरको काम भन्दा लोख्ने काममा बेशी खटाईको थियो । जयप्रकाश र आचार्यै नरेन्द्रदेखि संग घनिष्टता बढ्ने नै भयो । भारतीय स्वतन्त्रता आन्दोलनमा बिपी यहि सोसलिष्ट घटकबाट सकृय भए अर्थात जयप्रकाश नारायण आचार्य नरेन्द्रदेव आदिको नेतृत्वमा खटे ।
भारत स्वतन्त्र हुने प्रक्रियामा लागेपछि जयप्रकाश नारायणले वीपीलाई नयाँ परिस्थितिमा प्राप्त अवसर हथ्याउन नेपालीहरुको एउटा प्रजातान्त्रिक संगठन बनाउन उत्प्रेरित मात्र गरेनन् त्यसको निमित्त आवश्यक सबै किसिमको सहयोग पनि गरे । हरेक पल्ट बिपी थुनामा पर्दा जयप्रकाशले आÇनो बल लगाए । ती प्रयत्न कुनैवेला सम्पुर्ण सफल भयो भने कुनै बेला आंशिक सफल भयो । नेपाली कांग्रेसको काममा बिपीलाई जयप्रकाश नारायणको आड भरोसा थियो भन्ने कुराको छनक दिने प्रसंग परिच्छेद २७ मा छ । पटनामा बिपी बसेको घरमा नै काठमाण्डुको भारतीय राजदुतावासको रेडियो सन्देश सुन्न सकिने प्रबन्ध भएको कुरा त्यहा उल्लेख भएको छ । आफुले पाल्पा लैजान खोजेको राजा भारतीय राजदुतावासमा गएको थाहा पाउने वित्तिकै सल्लाह माग्न बिपीले जयप्रकाशलाई नै टेलिफोन गरे ।
बिपी र बिपीको परिवारले पनि जयप्रकाश र सोसलिष्ट पार्टीलाई आवश्यकताको वेलामा सहयोग गरेका उदाहरण छन । चाहे त्यो नेपालमा लुक्ने स्थान दिने काम होस वा चुनावमा आर्थिक मद्दत गरेको होस । कुनै कुनै स्थानमा त एक अर्काका पुरक जस्तो पनि देखा पर्दछन । तर आÇनो यस्तो बललाई बिपीले दिल्ली सम्झौताको वेला र सरकारको स्वरुप बनाइने बेलामा प्रयोगमा ल्याएको देखिंदैन । क्रान्तिमा हरेक तरिकाले साथ दिने, हतियार उपलब्ध गराउन सहयोग गर्ने जयप्रकाशलाई दिल्ली सम्झौताको बेला पनि बिपीले साथ राख्न सकेका भए संभवत आज नेपालको रुप नै फरक हुने थियो । अझ बिपी र मातृकाको खटपट मिलाउन आएका जयप्रकाशको कुरो केहि प्रतिशत पनि वीपीले मानेका भए के हुन सक्थ्यो होला त्यो कल्पना नै सुखद लाग्छ ।
जयप्रकाशले सत्रसाल पछि नजरवन्दमा रहेका बिपीलाई छुटाउन पनि प्रयत्न गरेको प्रसंग कितापमा आएको छ । राजा र बिपीमा मध्यस्थताको भुमिका पनि निर्वाह गर्न उनले खोजे । कितापका अनुसार बिपी टसमस नै भएनन् । राजा महेन्द्रको नजरबन्दमा बिपलिाई ज्यानको खतरा छैन भन्ने कुरामा नेहरु लगायत अन्य भने ढुक्क भएको प्रसंग संगै परिच्छेद ६० को अन्त तिर जयप्रकाशले भने बिपीको मृत्युको आशंका गरेको जस्तो देखिन्छ ।  “अब वी. पी.का मित्र र नातेदारहरुले मुटु दह्रो पार्नु पर्‍यो । मर्न पनि सक्तछन उनी” जयप्रकाशको यो घोर निराशाको विचमा वीपी नजरबन्दबाट मुक्त भए । राजा महेन्द्रको यो कदम जयप्रकाशको निमित्त आश्चर्यलाग्दो नै थियो । संभवत जयप्रकाशले राजा महेन्द्रलाई  यो घटनाले पुर्नमूल्यांकन गरे । त्यहि मुल्यांकनको आधारमा बिपी स्वनिर्वाशनमा भारत जानु हुदैन थियो । नेपाल मै आÇनो काम गर्न कुनै खतरा थिएन भन्न पुगे ।
बिपीको स्वनिर्वासनमा भारत भएको बेला भने जयप्रकाश संग त्यति बाक्लो भेट भएको र अन्य विशेष सम्बन्ध भएको उल्लेख छैन । बदलिएको भारतमा सोसलिष्टहरुले आÇनै संघर्ष गर्नु पर्ने अवस्था भएको र बिपी अब भारतको आन्तरिक राजनीतिमा प्रयोग हुन नसक्ने अवस्थामा पुगेकाले पनि सत्ताधारीहरु संग नै ज्यादा हेमचेम भएको हुन सक्छ । नेपालको सरकार प्रमुखको जिम्मेवारी सम्हाली सकेको व्यक्तिलाई भारतीय राजनीतिमा विपक्षी दलको भुमिकामा भएकाले ज्यादा सहायता गर्न सक्ने कुरा नहुनु स्वभाविक नै हो । तै पनि सोसलिष्ट इन्टरनेशनलका अभियानमा भने बिपी अझै ग्राह्य थिए । त्यसैले नेपालमा सशस्त्र कान्ति गर्न खोजेको हतियार बंगलादेशमा बिद्रोहीलाई सघाउन दिन भने बिपीको प्रयोग गरियो । यो प्रयोग सत्ताधारी दलले विपक्षमा रहेका जयप्रकाशलाई प्रयोग गरेरै गर्‍यो । बिपीसंग हतियार बंगलादेशीलाई दिने अनुरोध जयप्रकाशले गरे । तर सत्ताको चासो बेगर तीन प्रान्तको सिमाना कटाएर हतियारको ट्रक सामान्य मालवाहक ट्रक जस्तै बंगलादेश पुर्‍याउन संभव थिएन ।

प्रकाशित मितिः२०७१ माघ ०१ गते बिहीवार

(नोट: आफैले बोलेको आत्मवृत्तान्तमा मात्र आधारित भएर वीपीको र त्यस बेलाको पुनर्मुल्यांकल गर्ने प्रयत्न स्वरुपका पछिल्ला २८ लेखहरु चितवन पोष्टमा प्रकाशन हुदै आएका भए पनि प्रकाशनक्रममा बारंवार लापरवाही भएकाल यी श्रृखलाको बाँकी लेखहरु क्राइमचेकमा प्रकाशित हुँदैछन । पुराना लेखहरु पनि हेर्ने इच्छा भएमा  आत्मवृतान्तका पूराना श्रृङ्खलाहरु आत्मवृतान्ताका पुराना श्रृङ्खलाहरु  मा उपलब्ध छन ।—लेखक)


SHARE THIS

Author:

Facebook Comment