भारतीय महावाणिज्य दूतावासले गृहमन्त्री बामदेव गौतमलाई वीरगंज बोलाउने

वीरगंज ।
भारतीय महावाणिज्य दूतावास वीरगंजले आज पत्रकार भेटघाट गर्दै फागुन ७ र ८ गते हुने नेपाल भारत वोर्डर समिट कार्यक्रम बारे जानकारी गराएको छ ।  सम्मेलनमा बोल्दै दुतावास वीरगंजकी प्रमुख अञ्जु रन्जनले नेपाल र भारतको रोटी बेटीको सम्बन्ध रहेको बताए ।

बिश्वकै सवभन्दा लामो १८७० किलोमिटर खुल्ला बोर्डर नेपाल र भारतको सिमामा  रहेको छ । व्यापार ,वाण्ज्यि, खुल्ला सिमाना बिवाद, जन सम्पर्क र समान परम्परा, एतिहासिक साास्कृतिक र भौगिलक रुपमा परापुर्वकाल देखि नै भारत र नेपाल अन्तर सम्बन्धि  आत्म निर्भर रहेका छन् । भारत नेपाल वीचको  सम्बन्धलाई प्रोत्साहित गर्नमा खुल्ला सिमा सुरक्षा र भन्सार तथा गैर भन्सार संग सम्वन्धित समस्याबारे बाधा अवरोध पुर्‍याइरहेको छ ।

 सिमा सुरक्षा बिवादको मैत्रिपुर्ण समाधान खोज्न भारतीय दुतावास वीरगंजले पहिलो पटक २ दिने भारत नेपाल बोर्डर समिट गर्ने भएको छ । समिटलाई ६ चरणमा संचालन गर्ने , जुन सिमाना सम्बन्धि सुमधुर सम्बन्ध , सुरक्षा र जनमानसको आवागमन, खुल्ला सिमाना व्यापार,खुल्ला सिमाना पर्यटन र अवरोध तथा समाधान बिषयमा समिट केन्द्रित हुने अञ्जु रन्जनले बताईन । कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमको प्रमुख आतिथ्यमा हुने भएको छ ।

 भारतीय पक्षबाट गृहमन्त्रालयका सचिव स्नेहलता  कुमार नेतृत्व गर्नेछन् । बोर्डर समिटमा नेपालका लागि भारतीय राजदुत रंजित रे , नेपालका गृह सचिव सुर्य सिलवाल,भारतको लागि नेपाली राजदुत दिप कुमार उपाध्याय,पुर्व अर्थ सचिव रामेश्वर खनाल,बाबा साहेव भिमराव अम्वेडर बिहार बिश्व बिद्यालय मुज्जफरपुरका उपकुल पति डा. पंडित पालाण्डे र मुज्जफरपुर एरियाका आईजिपी पारसनाथ समेतको सहभागिता रहने भएको छ ।

साथै दूतावासले फागुन ७ गते साास्कृतिक कार्यक्रम गर्ने भएको छ । जसमा भारत बिहार बेतियाका अस्लम कौवाल एण्ड पार्टीले आफनो प्रस्तुति देखाउने भएका छन् । पत्रकार भेटघाटमा भारतीय महावाणिज्य दूतावास वीरगंजकी प्रमुख अन्जु रन्जन ,कन्सुलर एसएम अख्तर, कृष्ण चैतन्य,राजेश कुमार र जसबिर सिंह लगायतको सहभागिता रहेको थियो । 

SHARE THIS

Author:

Facebook Comment