राकेश साह ।
वीरगंज ।
नेपाल साधु महासंघका केन्द्रिय संरक्षक बाबा सौरभनाथले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै बाराको सदरमुकाम कलैयामा रहेको मालपोत कार्यालय र नापी कार्यालयका शाखाहरु सेवा केन्द्रको नाममा कलैयबाट सिमरामा सार्ने सरकारले गरेको को बिरोधमा आफनो एकवद्धता रहेको बताएका छन् ।
सिमरा क्षेत्रको मानिसलाई एकैदिनमा सिडियो , एस.पी र मालपोत जस्ता कार्यालयमा काम पर्छ भने त्यो कसरी गर्न सक्छ यो बिचार गर्ने कार्य हो । मन्त्रीपरिषदको निर्णयले बाराको कलैयाबाट मालपोत , नापी र भुमिसुधार जस्तो प्रमुख कार्यालयलाई सिमरामा सार्ने निर्णय बाराको जनमानसमा भावना बिपरित गरिएको निर्णय प्रति साधु महासंघले कडा आपति जनाएको छ ।
राष्ट्रमा जनता ठुलो हुन्छ र जनताको मनोभावना बिपरित काम नगर्न नेताहरुलाई महासंघले सुझाव दिएको छ । मन्त्री परिषदले गरेको निर्णय खारीज गर्न मांग समेत गरेको बाबा सौरभनाथले बताए ।
यसैवीच साधुमहासंघका केन्द्रिय संरक्षक बाबा सौरभनाथले बाराका प्रमुख जिल्ला अधिकारी मार्फत सम्मानिय प्रधानमन्त्री सुशिल कोइरालालाई ज्ञापन पत्र बुझाएका छन् । साधु महासंघका बारा जिल्ला अध्यक्ष महेन्द्र दास वैरागी,गोपाल दास झण्डा बाबा समेतको उपस्थिती रहेको थियो ।