वीरगंज । धनुषाको जनकपुरधाम शिवपथ वडा नं.१ निवासी विश्वनाथ महतोका छोरा पाँच वर्षदेखि हराइरहेको हुँदा निजको अवस्था पत्त लगाइ सहयोग गरिदिन डा. अरुण कुमार सिंहले आग्रह गरेका छन् ।बिबिएम अध्ययनकालागि भारतको बैंगलोरस्थित आचार्य कलेजमा ई.सं. २००८ गएका मोहन महतो इ.सं. २०१० सम्म परिवार र आफन्तको सम्पर्कमा रहेपनि २०११ ई.सं. देखि सम्पर्क विहिन भएका कारण निजका परिवार शोकमा परेेको डा. सिंहले क्राइम चेकलाई बताए ।
डा. सिंहका अनुसार हराइरहेका महतोका पिता लामोसमयदेखि क्यान्सरको अन्तिम चरणको विरामी भएर पीडित छन् ।
फेला पार्नुहुने व्यक्तिहरुले उनका दाजु सन्तोष कुमार चौधरीको मोबाइल नं. 00977 9801620337,
वा santoshchaudharynepal@gmail.com मा इमेल मार्फत जानकारी गरि सहयोग गरिदिन भनि डा. सिंहको अनुरोध छ ।
Nepalese Rupee Exchange Rate