दुई विद्यार्थी संगठन वीच झडप

गणेश बाबु

रुकुम, फागुन १ गते । अखिल क्रान्तिकारीका विद्यार्थीहरुले शुक्रवार नेपाल विद्यार्थी संघ रुकुमका सदस्य विकास वलीलाई कुटपिट गरेका छन् ।
श्री त्रिभुवन जनता उच्च माध्यमिक विद्यालय खलंगावाट पढाइ सकेर कोठामा पुग्नासाथ अखिल क्रान्तिकारीका आठ÷दश जनाको समूहले आफुलाई एक्कासि कुटपिट गरेको वलीले जानकारी दिनुभएको छ । वलीको शरिरमा चोट लागेको वताइएको छ । उपचारका लागि वलीलाई जिल्ला अस्पताल सल्लेमा पु¥याइएको छ ।
शुक्रवार जनयुद्ध दिवशको अवसरमा अखिल क्रान्तिकारी रुकुमले उक्त विद्यालयमा कार्यक्रम गर्न खोज्दा नेपाल विद्यार्थी संघ रुकुमले कार्यक्रम गर्न नदिएपछि आफुहरुलाई अखिल क्रान्तिकारीले आक्रमण गरेको नेविस रुकुमका अध्यक्ष लालवहादुर वलीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो–‘विद्यालय शान्ति क्षेत्र भएकाले कुनै पनि संघ संगठनले राजनीतिक कार्यक्रम गर्न खोज्दा हामीहरुले गर्न दिएका होइनौं ।’ विद्यालयमा राजनीतिक कार्यक्रमहरु गर्दा विद्यार्थीहरुलाई नकारात्मक प्रभाव पर्न जाने हुदाँ हामीहरु त्यसको विपक्षमा थियौं अध्यक्षले वलीले भन्नुभयो । विज्ञप्तीमा अखिल क्रान्तिकारीको उक्त समुह हतियार सहित वलीलाई कुटपिट गर्न गएको आरोप लगाइएको छ भने उक्त विषयको अखिल क्रान्तिकारीले खण्डन गरेको छ ।
शुक्रवार उक्त विषयलाई लिएर दुवै संगठनले विज्ञप्ती समेत निकालेका छन् । विज्ञप्तीमा एक अर्कालाई दोषि बनाइएको छ ।

SHARE THIS

Author:

Facebook Comment