दाइजो नलिने घोषणा

वीरगंज,फागुन १
दाईजो  प्रथामा जातिय संगठनको भुमिका बिषयक एकदिनेअन्तरक्रिया कार्यक्रम रानीघाट स्थित  रामगढवा धर्मशालामा सम्पन्न भएको छ । बिरजेश चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सभासद , राजनितिक दलका नेता , पेशाकर्मी, जातिय संगठनका अगुवा एवं सरोकारवालाको सहभागितामा सम्पन्न  भएको हो । कार्यक्रममा बोल्ने सम्पुर्ण वक्ताहरुले दाइजो नलिने र समाजिक बिकृती समाधानमा आफनो तर्फबाट खेल्नुपर्ने भुमिकामा प्रतिवद्धता जनाएका थिए । दाइजो प्रथा लाई निर्मुल पार्न प्रहरी प्रसासन उदासिन देखिएकोमा आफनो भुमिका बाट पछि हटेकोमा वक्ताहरुले प्रहरीको आलोचना गरेको थिए । दाइजो प्रथा निर्मुल पार्नका लागि आ आफनो स्तरबाट इमान्दारीक पुर्वक लागे मात्र सम्भव रहेको बताउदै वक्ताहरुले हाल तराई मधेसमा दाइजोको निहुँमा ५० जना भन्दा बढी चेलीहरुले आफनो ज्यान गुमाउनु पर्ने तथा अधिकांस मात्रामा बालबिवाह भइरहेकोले उनीहरुको जिवन स्तर निकै पिडादायि अवस्थाबाट गुर्जिरहेको तितो यर्थात पनि बिर्सन नहुने वक्ताहरुले बताएका थिए ।
कार्यक्रममा सभासदहरु लक्ष्मणलाल कर्ण,लालबाबु राउत , रमेश कुर्मी , पुर्व मन्त्री रामचन्द्र कुशवाहा,राजनिती कर्मी शशिकपुर मियाँ,निजामुदिन समानी,रामनारायण कुर्मी, देवनाथ उपाध्याय, अनिरुध सिह, पुरुषोत्तमलाल झा, गणेश साह,शिव पटेल,मोहनलाल चौधरी, बिपीन यादव, युवा व्यवसायी मुकेश सरावगी, पत्रकार शितल महतो, अधिवक्ताहरु पन्नालाल गुप्ता, हरेराम सर्राफ,जातिय संगठनका अगुवाहरु बिजय प्रकास बिन , बाबुलाल कुम्हाल,संतोष पटेल,बिरेन्द्र कुमार आर्य,लक्ष्मीकान्त तिवारी लगायतकाले आ आफनो सुझाव दिएका थिए । कुर्मी सेवा सदनका अध्यक्ष एवं अधिवक्ता सुरेन्द्र कुर्मीले बनाएको  प्रतिवेदन बिवाहमा दहेज तथा समस्या र समाधान  बिषयमा छलफल भएको थियो । मनोज मिश्राले सहजीकरण गरेको कार्यक्रममा किरण ठाकुरले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन । 

SHARE THIS

Author:

Facebook Comment