– विम्मी शर्मा
एउटा १४३ नम्बरको बस राजमार्गमा एकतमासले प्रेमको अन्धोपथमा दौडिरहेको छ । यो बसमा सवारहरुलाई थाहा छैन उनीहरु कहाँ जाँदैछन् । बसमा चढेका युवायुवतीहरु एक अर्काको आँखामा डुबेर प्रेमलाई अभिव्यक्त गर्न आतुर देखिन्छन्् ।
गन्तव्यहीन दिशातर्फ गइरहेको यो बसको चालक पनि स्टेयरिंगलाई आफ्नी प्रेमिकाको अगाँलो ठानेर मुसारिरहेको छ । तर प्रेमपथमा जीवनभर एकअर्काको हात समातेर हिंड्नकालागि आपसमा बिश्वास र त्याग नभइ हुन्न भन्ने कुरा यी प्रेम यात्रीहरुले चटक्कै बिर्सेकाछन् । मात्र दैहिक आकर्षणमा डुबेर त्यसैलाई प्रेम मान्नेहरुको आँखा तब खुल्दछ जब कुनै ठूलो दुर्घटना भइसक्दछ । प्रेमलाई नाफा, नोक्सानको तराजुमा जोख्नेहरुले नै प्रेमलाई विकृत बनाई दिएकाछन् ।
प्रेमलाई साँघुरो घेराबाट मुक्त नगरिएसम्म भ्यालैन्टाई डे अर्थात प्रणय दिवसको कुनै अर्थ रहंदैन । अंग्रेजीको आई लव यू ( क्ष् ीइख्भ् थ्इग् ) लाई गणितीय भाषामा अक्षरको गणनाको हिसाबले १४३ भनिन्छ । यदि कुनै केटाले कुनै केटीलाई सांकेतिक भाषामा आफ्नो प्रेम व्यक्त गर्दछ भने उसलाई यो युगको ठानिन्छ नत्र भने गोलढ्यांग्रे । १४३ नम्बरको बसमा चढेर प्रेमपुरीको यात्रा गर्न पाउंदा त्यसै त्यसै मक्ख मक्ख छन् । हरेक वस्तुको ब्यापारिक र व्यवसायीकरण भएको आजको समयमा प्रेमले पनि गणितीय आकार लिएको छ । आजका युवायुवतीले आफु बीचको दैहिक आकर्षण र प्रेमलाई नै सर्वोपरि ठानेका छन् । प्रेम भन्नेकुरा दुई विपरीत लिँगी बीचको आकर्षणमा मात्र लुकेको हुन्छ भन्ने पाठ आजका सिनेमा र नाटकहरुले जसरी सिकाई रहेकाछन् त्यसले गर्दा व्यक्ति असमाजिक र एक्लो बन्दै गएको कटु सत्यलाई नकार्न सकिंदैन ।
पश्चिमी संस्कृतिलाई अन्धो भएर मान्नेहरु लुगा फेर्या झैं प्रेमी प्रेमिका फेर्नुमा नै आफ्नो शान सम्झिन्छन् । एउटा युवकको एकैपटकमा ५, ७ जना युवतीसंग र युवतीको पनि एकैपटकमा ५,७ जना युवकसंग प्रेमको चक्कर चल्नु अब कुनै नौलो कुरा होइन । सन्त कबिरले भनेका थिए “प्रेम गली अति सांकरी जा मे दो न समाय ।” तर अहिलेका प्ेरमी प्रेमीकाहरुको ह्दय यति विशाल छ कि त्यसमा जति पनि जो पनि अटाउन सक्छन् । तर चाईनिज मालसामान जस्तो कति समयकालागि त्यो ठोकुवा भने कसैले गर्न सक्दैन । त्यसैले होला, अहिलेसम्म मुटु विशेषज्ञ वा चिकित्सकहरुले कसैको मुटुको शल्यक्रिया गरेपछि भनेका छैनन् कि त्यसमा कति र ककसका लागि प्रेम थियो भनेर । प्रेमको सिधा सम्बन्ध मुटुसित हुन्छ भनेर प्रेमशास्त्रीहरु भन्छन् तर मुटु टुक्रिएर वा ह्दयाघात भएर मर्नेहरुको संख्या नै संसारमा सबैभन्दा बढी छ । प्रेमको वास्तविक शुरुवात घरबाट हुने गर्दछ, आमाको वात्सल्य र स्नेहको छायाँ अनि पिताले पाइला, पाइलामा गर्ने खबरदारी र मार्ग निर्देशन ।
त्यसैगरि दिदी र दाजुले भाइ र बहिनीको भविष्यले राम्ररी आकार लेओस भनेर गरेको चिन्ता भाइ र वहिनीले दिदी र दाजुको हात समातेर स्कुल जाँदा र आउंदा पाएको माया । हजुरआमा र हजुरबुवाले आफ्ना नातिनातिनी प्रति देखाएको अगाध माया र उनीहरुको बालक्रिडाबाट पाएको सुखद अनुभुति त्यसको कुनै वर्णन गर्न सकिदैंन । तर अपशोच ¤ अहिले यही मायाको अभाव छ र यो माया पाएकाहरुलागि पनि यसको कुनै महत्व छैन । छिमेकको पल्लो घरको झ्यालबाट बेलाबेलामा देखापर्ने एकजोडी सुन्दर आँखालाई नियाल्दै र कलेजमा मनपरेको केटा वा केटीलाई आफ्नो जालमा पार्न अनेक हावभाव गर्नमा नै बित्दछ आजका युवाहरुको बढी समय । आजका युवाहरुको सूत्र वाक्य हो कलेज गएपछि पढ्न आए पनि नआएपनि वा परीक्षामा फेल नै भए पनि प्रेम गर्न भने जान्नै पर्दछ । प्रेम गर्न नआए पनि वा नजाने पनि दुईचारवटा गर्लफ्रेन्ड र ब्वायफ्रेन्ड भने हुनु अनिवार्य छ । खाली समय बिताउनकालागि, एसएमएस गर्न र नेटमा च्याट गर्नकालागि नै भएपनि प्रेमको स्वांग त गर्नै पर्यो । नत्र भने यत्रो पहाड जस्तो जीवन अफिसको फाइल बोक्दा बोक्दै बित्न सक्दछ । कहाँ रातो गुलाफको फूल लिएर आफुलाई मनपरेको व्यक्तिलाई भेट्न जाने र उसको काखमा जीवन बिताउने चाहना र कहाँ हाकिमको आदेश र त्यो नकचरो फाइल । तर जीवनमा सिनेमामा देखाए जस्तै सबैकरा सजिलैसित पाइँदैन । विदेशमा परिवारप्रथा टुट्दै गएको छ, सानोमा साक्खे वा सौतेनी मातापिताको छत्रछायाँमा हुर्केको बच्चा १६ वर्षको किशोर हुनासाथ आफ्नो जिम्मेवारी आफै बोक्न र जिवीकाको खोजिमा भौतारिन थाल्छ । यस्तो परिस्थितिमा उसले जहाँबाट अलिकता सहानुभुति पाउंदछ त्यसैलाई प्रेम ठान्ने भूल गर्दछ । अझ सुन्दर विपरीत लिंगीतर्फको आफ्नो स्वाभाविक आकर्षणलाई त्यागन सक्दैन र बारम्बार प्रेमको भ्रममा त्यसमा डुबुल्की मार्दछ ।
ऊ यसबीचमा थुप्रै पटक १४३ नबरको बसमा चढिसक्दछ र गन्तब्यमा पुग्नुभन्दा पहिले ओर्लिन पनि सक्छ । उसले कहाँ पाउनु ? मातापिता, दिदीबहिनी र दाजुभाइको जीवन भरिको प्ेरम अनि कहाँ पाउनु हजुरआमा र हजुरबुवाको स्नेह र आशिष र अनि कहाँ पाउनु ? उनीहरुले सुनाउने कथा, किवंदन्ति र आहानहरु सुन्न र सुनाउन । विदेशमा ती व्यक्तिहरु विरलै पाइन्छन्, जो एउटा सम्पूर्ण प्रेमको परिधिभित्र हुर्केका हुन्छन् । तर हाम्रो जस्तो पारिवारिक संरचना भएको देशमा एउटा बच्चा जन्मिनु परिवारकालागि मात्र नभएर छिमेक र समाजकालागि पनि खुशीको कुरा हो ।
घरमा प्रेमपूर्ण वातावरणमा हुर्केको व्यक्तिले बाहिरपनि गर्ने प्रेम वास्तविक नै हुन्छ । ऊ विपरीत लिँगीप्रति आकर्षित अवश्य हुन्छ तर त्यो क्षणिक हुदैंन, उसलेपनि कसैलाई गहिरो प्रेम गर्छ पूर्ण आशा, बिश्वास र त्यागकासाथ । प्रेम गर्नेहरुले बुझ्नै पर्ने कुरा के हो भने प्रेमलाई गणितीय आधारमा हिसाबकिताब गरेर १४३ नम्बरको बसमा चढ्न जति सजिलो छ ओर्लिने बेलामा दुर्घटना भएर घाइते हुने सम्भावना पनि बढी छ । प्रेम अब सस्तो पनि रहेन प्रणय दिवस आउनु एक हप्ता अघिदेखि शुरु हुने रोज डे, चकलेट डे र कुनि के के जातिका डे हरुले खल्ति रित्याउने काम मात्र गर्दछ । जति खल्ति रित्तिन्छ त्यति नै प्रेम बढ्दै जान्छ भनेर सोच्ने ती युवायुवतीहरु हुन जसले बाउआमाको सम्पतिमा ढलीमली गर्न पाएका छन् । प्रणय दिवसको दिन आफ्ना प्रियतमा वा प्रियलाई दिने उपहारले ढाढ सेक्ने काम मात्र गर्दछ । कुनै पनि हिसाबमा बजारमा बिक्ने प्रेम अब सस्तो रहेन तर पनि युवायुवतीहरु एक वर्ष पनि नटिक्ने प्रेमको लागि मरिहत्ते गर्छन् । आमाले छोराछोरीलाई स्कुल, कलेज जान ढिला हुन्छ भनेर बिहान सखारै उठेर खाना पकाएर खुवाउँछिन् । छोराछोरीले राम्रोसँग खाना नखाएर गएको दिन आमालाई खान रुच्दैन । छोराछोरी पढाएर योग्य बनाउन बाउ आफ्नो कर्म क्षेत्रमा गोरु झैं जोतिन्छन् । आफ्ना छोराछोरीलाई योग्य बनाउन बाउले हरेक राम्रा नराम्रा काममा समझौता गर्छन् । तर त्यही छोराछोरी पखेटा लागेपछि उडेर अर्को गुँडमा गएर बस्छन् । ती सन्तानलाई आमाको कलेटी परेको ओठ देखिंदैन तर प्रेमिकालाई लिपिष्टिक किनेर उपहार दिन अलिकता लाज मान्दैनन् । बाउको कमिजको बाहुला मैलो कट्कटिएर च्यातिनै लागेको छ त्यो गरिबी देखिंदैन तर आफ्ना प्रेमीलाई प्रणय दिवसमा टाई वा परफ्यूम दिन जरुरी छ । आफुलाई जन्म र कर्म दिने अभिभावकको भन्दा हिजोसम्म अपरिचित र चिन्दै
नचिनेको मान्छेको माया बढी लाग्नु र उसैलाई हुरुक्क गर्नु भनेको प्रेम दिवस कै अपमान हो । आमाको कोख र बाउको काखको मात्र नभएर यो मानवता माथिको कलंक पनि हो । त्यसैले पहिला आफ्ना अभिभावकलाई प्रेम र सम्मान गर अनि मात्र अरुलाई । यो सम्पूर्ण सृष्टि प्रेममय छ र सृष्टि र प्रकृतिको यो प्रेमलाई पृथ्वीमा स्थायी र टिकाउ बनाउनु आवश्यक छ । जुनदिन देश र समाजबाट जातपात, वर्गविभेद, उचनिच, धनिगरिब, छुवाछुत र धार्मिक आडम्बरबाट मुक्त हुन्छ त्यो दिन नै वास्तवमा प्रेम दिवस हो ।
प्रकाशित मितिः२०७१ माघ २९ गते बिहीवार